विश्व

१६ वर्षदेखि अनसनरत शर्मिलाले अदालतमा भनिन्– म मुख्यमन्त्री बन्न चाहन्छु

२०७३ श्रावण २५ मंगलबार, काठमाडौं । भारतको मणिपुरमा १६ वर्षदेखि सशस्त्र बलको विशेषाधिकार ऐनको विरोधमा आमरण अनसन बस्दै आएकी इरोम शर्मिलाले मंगलबार अनसन तोड्ने भएकी छन् ।    शर्मिलाले ‘अफस्पा’ विरूद्धको अभियान चलाएकी हुन् । अफस्पा (जसले मणिपुर, जम्मु कश्मिर लगायतका सशस्त्र बललाई आफुखुसी बल प्रयोग गर्न दिने जस्तो विशेष अधिकार दिएको छ ।    मणिपुरको ‘आइरन लेडी’ नामले परिचित शर्मिलाले जुलाई २६ मा आफुले अगष्त ९ को अदालत सुनुवाईसँगै अनसन तोड्ने घोषणा गरेकी थिइन ... बाँकी अंश»

चीनले विवादित टापूमा पानी जहाज राखेकोमा जापानद्वारा चासो व्यक्त

२०७३ श्रावण २५ मंगलबार, टोकियो (जापान) । जापानका विदेश मन्त्री फुमियो किसिदाले जापानका लागि चिनियाँ राजदूतलाई मङ्लगबार बोलाएर चिनियाँ पक्षद्वारा चीन जापान सिमास्थित केही विवादित टापू वरपर पानी जहाजको अनावश्यक आहोर दोहोर भएको भनी चासो व्यक्त गरेको छ ।    पूर्वी चिनियाँ समूद्रि इलाकामा रहेको केही विवादास्पद टापू वरपर चिनियाँ सामुद्रिक सुरक्षा गार्ड सहित विगत केही दिन देखि पानी जहाजको सङ्ख्या अस्वभाविक रुपमा वृद्धि भएको भनी मन्त्री किसिदाले ध्यानाकर्षण गराएका हु ... बाँकी अंश»

पाकिस्तानमा तीन दिने शोक, आइएसको आत्मघाती आक्रमणमा ७० बढीको मृत्यु

२०७३ श्रावण २५ मंगलबार, इस्लामावाद । पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरमा सोमबार बिहान एक अस्पतालको इमर्जेन्सी वार्डमा आतंकवादी समूह इस्लामिक स्टेट आइएसले गराएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ७० पुगेको छ ।    उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकीलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरु माझ गराइएको थियो ।    बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारि ... बाँकी अंश»

जापानी सम्राटले भने - राजगद्दी सम्हाल्न सक्दिन

२०७३ श्रावण २४ सोमबार, टोकियो। वर्तमान जापानी सम्राट आकिहितोले आज आमजनताका नाममा एक भिडियो सन्देश प्रसारण गर्दै आफ्नो बिग्रदो स्वास्थ स्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । क्षीण हुँदै गएको जर्जर शरीर र दुर्वलताका कारण राष्ट्रको प्रतीक राजसिंहासनको कर्तव्य निर्वाह गर्न सम्भव नभई गद्दी परित्याग गर्नसक्ने समेत उनले सङ्केत दिएका छन्  ।    सो भिडियो सन्देशमा ८२ वर्षीय सम्राटले ‘पहिलाजस्तो आफ्नो कर्तव्य निर्वाह पूरा गर्न अव मेरो स्वास्थस्थिति अनुकूल भएन, तसर्थ ... बाँकी अंश»

पाकिस्तान विष्पोटमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो

२०७३ श्रावण २४ सोमबार, इस्लामावाद (पाकिस्तान) । पाकिस्तानको दक्षिण–पश्चिममा अवस्थित क्वेटा सहरमा सोमबार बिहान एक अस्पतालको इमर्जेन्सी वार्डमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या साँझसम्म ९३ पुगेको स्थानीय सञ्चारमाध्यम तथा सरकारी अधिकारीले बताएका छन् ।    उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष तथा वरिष्ठ वकीलको निधनप्रति शोक व्यक्त गर्न उपस्थित भएका व्यक्तिहरु माझ गराइएको थियो । बार एसोसियसनका ती अध्यक्ष पनि सोमबार बिहान सबेरै भएको ... बाँकी अंश»

पाकिस्तानको क्वेटास्थित एक अस्पतालमा बम विष्फोट, कम्तिमा ५३ जनाको मृत्यु

२०७३ श्रावण २४ सोमबार, एजेन्सी । पाकिस्तानको क्वेटास्थित एक अस्पतालमा बम विष्फोट हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ। विष्फोटमा परी कयौं घाइते भएका बीबीसीले जनाएको छ।    सोमबार बिहान  अस्पतालको आकस्मिक विभागको प्रवेशद्वारमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । जहाँ एक उच्च कानुनविद्को गोली हानि हत्या भएको थियो।    पाकिस्तानी प्रहरीका अनुसार सो विष्फोट कुनै आत्माघाती हमलाकारीले गरेको हुनसक्ने जनाएको छ।    पाकस्तानी प्रधानमन्त्री नवाज सरिफले घट ... बाँकी अंश»

युरोपकै ठुलो 'ला ब्रादरी डे लिले' मेला नलाग्ने

२०७३ श्रावण २३ आइतबार, पेरिस। उत्तरी फ्रान्सको लिले नगरमा हरेक बर्ष सेप्टेम्बर महिनाको पहिलो आइतबारका दिन लाग्दै आएको मेला र हाट बजार (फ्ली मार्केट) आतङ्कवादी आक्रमणका भयले यस पटक नलाग्ने भएको छ । बाह्रऔं शताब्दीदेखि लिले नगरमा चल्दै आएको ला ब्रादरी डे लिले नामबाट परिचित यस बार्षिक मेला युरोपमा सबभन्दा ठूलो र अत्यन्त पुरानो मानिएकोले विश्व प्रसिद्ध थियो ।    यस मेलामा हाट बजार लागी अत्यन्त सस्तो मूल्यमा सरसामान पाइने हुँदा युरोप तथा विश्वभरीका दसौं लाख मानिसहरुक ... बाँकी अंश»

कराँचीमा हिन्दू चिकित्सकको हत्या

२०७३ श्रावण २३ आइतबार, कराँची (पाकिस्तान)। पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ ।    सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रुपमा लिइएको बताएका छन् । पाकिस्तानमा यसअघि पनि अतिवादी मुसलमान समूहद्वारा अल्पसङ्ख्यक हिन्दू तथा अन्य धर्मावलम्बीमाथि शृङ्खलाबद्ध रुपमा हत्या गरिएका बताइँदै आएको छ ।    डा प्रितम लखवानी, ५६, लाई आफ्नो क्लिनिकमा काम गरी गार्डेन इ ... बाँकी अंश»

अरब र कुर्द लडाकूबलद्वारा म्यानबीज सहर कब्जा

२०७३ श्रावण २२ शनिबार, बेरुत। उत्तरी सिरियाको ऐतिहासिक सहर म्यानबीज अरब र कुर्द लडाकूहरुले शनिबार कब्जामा लिएका छन् ।    इस्लामिक स्टेटस् (आइएस)आतङ्ककारी समूहको बलियो प्रभाव रहेको सो सहर ‘द सिरियन डेमोक्र्याटिक फोसेस् (एसडीएफ)’ नामक अरब–कुर्द लडाकू समूहको संयुक्तबलले कब्जा गरेको एक मानव अधिकार समूहले जानकारी दिएको छ ।    शनिबार म्यानवीज सहर एसडीएफले कब्जामा लिएको मानव अधिकावादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । सो सहर जिहा ... बाँकी अंश»

सात हजार नौ सय शरणार्थी कङ्गोमा

२०७३ श्रावण २१ शुक्रबार, किन्सासा। दक्षिण सुडानमा शरणार्थी जीवन यापन गरिरहेका कम्तीमा सात हजार नौ सय शरणार्थी कङ्गो पुगेका स्थानीय अधिकारी हालै जानकारी दिएका छन् ।    दक्षिणी सुडानमा जारी झडपका कारण ती शरणार्थीहरु गत दुई हप्तायता त्यहाँबाट विस्थापित भएर कङ्गो पुगेका अधिकारीले जनाएका छन् ।    सो स्रोतका अनुसार विस्थापित भएका ती शरणार्थी जुबा, मोरोबु र येइ क्षेत्रका रहेका र त्यसमा महिला बालबालिका र बृद्धहरुको सङ्ख्या बढी रहेका थिए ।    यसैगरी दक्षिण सुडान ... बाँकी अंश»

उत्तरपूर्वी भारतमा बन्दुकधारीको आक्रमण १४ मारिए

२०७३ श्रावण २१ शुक्रबार, गुवाहाटी । उत्तरपूर्वी भारतको एक व्यस्त बजारमा शुक्रबार बन्दुकधारीहरुले गरेको अन्धाधुन्द गोली प्रहारमा परी १४ व्यक्तिको मृत्यु भएको समाचार छ । यस आतङ्ककारी आक्रमणमा परी अन्य कैयौँ व्यक्ति घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।    असामको दुर्गममा भाग अर्थात भुटानको सीमा क्षेत्रमा यो दुर्घटना भएको बताइएको छ । असामको कोकाराझार बजार इलाकामा भएको यस आक्रमणमा परी बालबालिकासहित १५ व्यक्ति घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  ... बाँकी अंश»

भारतीय सैनिक विमान दुर्घटनाग्रस्त, चालक सकुशल उद्धार

२०७३ श्रावण २० बिहिबार, नयाँदिल्ली (भारत)। भारतीय वायुसेना (आईएएफ) को तालिम प्रयोजनका लागि प्रयोग गरिने जेट विमान पश्चिम मिडनापुरको कालाइकुण्ड वायुसेना आधार शिविरबाट उडेको केही मिनेटमै बिहीबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।    विमानभित्र रहेका दुई विमान चालकलाई सुरक्षित निकालिएको प्राप्त समाचारमा बताइएको छ । हक एडभान्स जेट ट्रेनर उडेको केही समयमै आधार शिविरको सीमा क्षेत्र मै बिहीबार करिब ११ बजे दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यम ... बाँकी अंश»

प्रचण्ड प्रधानमन्त्री भएपछि यस्तो छ चिनियाँ मिडियाको दृष्टिकोष

२०७३ श्रावण २० बिहिबार, एजेन्सी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड औपचारिक रूपमा मुलुकको ३९ औं प्रधानमन्त्री पदमा निर्वाचित भएलगत्तै भारतीय मिडियाहरूले समाचार लेख्यो। तर त्यही समाचार चीनियाँ मिडियामा आउन निकै ढिला गर्‍यो।    प्राय सबै भारतीय मिडियाहरूले सामान्य शैलीमा प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएको कुरा उल्लेख गर्‍यो। केहीले प्रचण्डको उग्र स्वभावको थोरै चर्चा पनि गरे। तर प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएको खबर चिनि ... बाँकी अंश»

इजरायलमा १२ वर्ष उमेर पुगेकालाई थुनामा राख्ने कानुन पास

२०७३ श्रावण २० बिहिबार, जेरुसेलम । इजरायली संसदले १२ वर्ष माथिका बालबालिकालाई समेत आतङ्कवादी गतविधिमा संलग्न भएको पाएमा जेल चलान गर्न सक्ने कानुनलाई पास गरेको छ ।    इजरायलमा प्यालेस्टाइनद्वारा बालबालिकालाई प्रयोग गरी एकपछि अर्को आक्रमण गर्न थालेपछि यो कानुनलाई पास गरिएको संसदद्वारा अङ्ग्रेजी भाषामा जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ ।    विज्ञप्तिमा भनिएको छ, पछिल्लो समय इजरायली भूमिमा भएका आक्रमणप्रति गम्भीर बन्दै यी आक्रमणले के बालकालिका के वृद्ध सब ... बाँकी अंश»

२७५ जना सवार इमिरेट्स एअरलाइन्सको विमान ‘ क्रयास ल्यान्डिङ’

२०७३ श्रावण १९ बुधबार, भारत। भारतबाट दबईको लागि उडेको इमिरेट्स एयरलाइन्सको विमान बोइङ ७७७-३०० दुबई अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ। दुर्घटना स्थानिय समय अनुसार १२:४५ बजे घटेको उक्त एयरलाइन्सले आफ्नो अफिसियल टुइटर पेजमार्फ जनाएको छ।    दुर्घटना घटेपनि अहिलेसम्म कुनै मानवीय क्षतिको खबर भने नआएको भारतीय सञ्चार माध्याम हिन्दुस्तान टाइम्सले जनाएको छ। विमानमा चालकदलका सदस्यसहित जम्मा २७५ यात्रु थिए।    “हामी अवस्थालाई कसरी चाडो ... बाँकी अंश»

ट्रम्प अमेरिकी इतिहासकै अयोग्य उम्मेदवार –ओबामा

२०७३ श्रावण १९ बुधबार, वासिङ्गटन। अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको लागि योग्य नभएको दाबी गरेका छन् ।    रिपब्लिकन पार्टीले ट्रम्पको समर्थन गरेकोमा उनले प्रश्न गरेका छन् । विश्वकै शक्तिशाली पद ओगट्न तयार भएका ट्रम्प त्यस लायक नभएको ओबामाले बताएका हुन् ।    विगतका रिपब्लिकन पार्टीका अन्य राष्ट्रपति वा उम्मेदवारसँग नितीगतरुपमा मत भिन्नता र ... बाँकी अंश»

भारतीय राज्य महराष्ट्रमा पुल भत्किदा २२ बेपत्ता

२०७३ श्रावण १९ बुधबार, नयाँ दिल्ली। भारतीय राज्य महाराष्ट्रको एक राजमार्गमा रहेको पुल भत्किदा कम्ती २२ व्यक्ति बेपत्ता भएका छन् । बुधबार बिहान भएको यस घटनामा राज्यद्धारा सञ्चालित दुई वटा बसमा सवार रहेका २२ व्यक्ति बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् ।    केही दिनयता परेको अबिरल बर्षाको कारण सो पुल भत्किँएको बताइएको छ । मुम्बइ सहरबाट ६३ किलोमिटर दक्षिणमा पर्ने एक राजमार्गमा यो घटना भएको हो ।  सो दुर्घटनामा दुईवटा बसमा रहेका २२ व्यक्ति ५० फिट गहिराईमा खस ... बाँकी अंश»

ग्रीष्मकालीन आँधीका कारण फिलिपिन्समा नौ हजार मानिस विस्थापित

२०७३ श्रावण १८ मंगलबार, मनिला (फिलिपिन्स)। सोमबार आएको निडा नामक ग्रीष्मकालीन आँधीका कारण फिलिपिन्समा नौ हजार नागरिक विस्थापित भएको फिलिपिन्सको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन समितिले जनाएको छ ।    आँधीका कारण करिब दुई हजार परिवार अर्थात् आठ हजारभन्दा बढी व्यक्ति फिलिपिन्सको उत्तरी भूभागमा प्रभावित भएको प्रकोप व्यवस्थापन समितिले बताएको छ ।    निडा नामक आँधीका कारण उक्त क्षेत्रमा रहेका विद्यालयहरूको पठनपाठन अनिश्चित कालका लागि बन्द गरिएको छ ।    ... बाँकी अंश»

अमेरिकी राष्ट्रपति निर्वाचन : सर्वेक्षणमा हिलारी क्लिन्टन आठ अंकले अगाडि

२०७३ श्रावण १८ मंगलबार, वासिङ्टन । अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि सर्वेक्षणमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन अगाडि देखिएकी छिन् । क्लिन्टनको समर्थनमा पाँच अङ्क बराबरको समर्थन थप भएको छ ।   यसअघि क्लिन्टनको पक्षमा तीन अंक रहेको थियो । योसंगै रिपब्लिकन पार्टीका उम्मेदवार डानियल ट्रम्पलाई झड्का लागेको छ ।    आदिवासी अमेरिकीहरुले हेर्ने दृष्टिकोण डेमोक्रेटिकको उम्मेदवार हिलारीका लागि समस्या भए पनि फिलाडेल्फियामा भएको डेमोक्रेटिक पार ... बाँकी अंश»

टोकियोले चुन्यो पहिलो महिला गभर्नर

२०७३ श्रावण १७ सोमबार, एजेन्सी।भुतपूर्व रक्षामन्त्री युरिको कोइके टोकियोको गर्भरनरमा निर्वाचित भएकी छिन्। निर्वाचित भएसँगै कोइके टोकियो गर्भरनरमा निर्वाचित हुने पहिलो महिला बनेकी छिन्।    आइतबार सम्पन्न निर्वाचनमा कोइकेले २९ लाख भन्दा बढी मत आफ्नो पक्षमा पार्दै कोइके निर्वाचित भएकी हुन्। कोइके स्वतन्त्र उमेरद्वारको रुपमा चुनावी मैदानमा उत्रेकी थिइन्।    निर्वाचित भएसँगै कोइकेलाई जिम्मेवारी साथै चुनौति थपिएको छ। उनको प्रमुख चुनौति भनेको वर्तमान आर्थ ... बाँकी अंश»

नयाँ