//

विश्व

हवाई आक्रमणमा १० तालिवान मारिए

२०७३ बैशाख १३ सोमबार, कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सुरक्षाकर्मीको कारबाहीका क्रममा १० जना तालिवान लडाकू मारिएको छ । उक्त प्रान्तको आर्ची जिल्लामा आश्रय बनाएर लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी सोमबार गरिएको हवाई आक्रमणमा ती तालिवान मारिएका हुन् ।    अफगानिस्तानको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । त्यस क्रममा अरु केही घाइते पनि भएका सो विज्ञप्तिमा उल्लेख गरिएको छ । आर्ची जिल्लाको दसत ई इलाकाम ... बाँकी अंश»

नरेन्द्र मोदीले मागे सरकारी सेवा र फौजमा रहेका मुस्लिमको आँकडा

२०७३ बैशाख १३ सोमबार, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सरकारी सेवामा रहेका मुस्लिमहरुको आँकडा मागेका छन् । भारत अल्पसंख्यक मामिला मन्त्री नजमा हेपतुल्लाले दुई साता पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी नोकरीमा मुस्लिमको संख्या मागेको बताएकी छन् ।    भारतीय संचारमाध्यमसंग मन्त्री हेपतुल्लाले भनिन्, ‘भारतमा मुसलमानहरु पीछडिनुमा भाजपा नभई पुरानै सरकार दोषी छ ।’ उनले भनेकी छन्, ‘नरेन्द्र मोदीले थाहा पाउन चाहेका छन् की, सरकारी नोक ... बाँकी अंश»

ओबामाको जर्मनी भ्रमण, ट्रान्स एटलान्टिक सम्झौता लागि उपयोग गर्दै

२०७३ बैशाख १३ सोमबार, अर्जेन (जर्मनी) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइतबारदेखि जर्मनीको भ्रमण सुरु गरेका छन् । राष्ट्रपति बाराक ओबामालाई जर्मन चान्सलर एन्जेला मर्केलले दुईपक्षीय वार्तालाप हुनुपूर्व जर्मनीको हरेनहसेन प्यालेसमा ठूलो सम्मानकासाथ स्वागत गरेकि हुन् ।    राष्ट्रपति ओबामाले आफ्नो जर्मनी बसाइँमा युरोप–अमेरिकाबीचको व्यापारिक सम्झौता निर्माण गर्न उपयोग गर्ने विश्वास लिइएको छ । अमेरिकी राष्ट्रपतिको जर्मनी बसाइँमा जर्मन चान्सलर एन्जेला मर्क ... बाँकी अंश»

फेरी उत्तर कोरियाले गर्‍यो शक्तिशाली क्षेप्यास्त्र परीक्षण

२०७३ बैशाख १२ आइतबार, प्योङ्गयाङ्ग । उत्तर कोरियाले सबम्यारिन युद्धपोतबाट प्रहार गर्न सकिने शक्तिशाली जल क्षेप्यास्त्र (अण्डर वाटर ब्यालिस्टीक मिसाइल) को सफल परीक्षण गरेको छ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ्ग उनले उक्त क्षेप्यास्त्रको प्रथम परीक्षण गर्नुभएको यहाँको आधिकारिक समाचार समिति कोसिएनएले जनाएको छ ।    पानी मुन्तिर निकै लामो दूरीसम्म अत्यन्त तेजगतिका साथ जाने, आकाशमा पनि तेज गतिमा ठाडो सिधा (भरटिकल) गई लक्ष्यमा प्रहार गर्नसक्ने अत्यन्त शक्तिशाल ... बाँकी अंश»

विश्वका एक सय पचहत्तर राष्ट्रले गरे पेरिस सम्झौतामा हस्ताक्षर

२०७३ बैशाख ११ शनिबार, युनाइटेड नेसन्स । विश्वका १७५ राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख मन्त्रीहरु, विशेष प्रतिनिधिलगायत राजदूतले संयुक्त राष्ट्रसङ्घको सभा हलमा शुक्रबार पङ्क्तिवद्ध रहेर आ–आफ्नो देशको प्रतिनिधित्व जनाएँदै विश्वव्यापी जलवायु परिवर्तको गतिलाई कम गर्ने पेरिस सम्झौतामा हस्ताक्षर गरेका छन् ।    सम्झौतामा हस्ताक्षर गर्न पुगेका प्रतिनिधिको उत्साहजनक उपस्थितिले अब हस्ताक्षर गर्ने देशहरुको संसद्ले पनि यसलाई अनुमोदन गर्न सघाउ पुग्ने विश्वा ... बाँकी अंश»

बेलायत यूरोपबाट बाहिरिए बेलायतका लागि घातक : ओबामा

२०७३ बैशाख ११ शनिबार, लण्डन (बेलायत) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शुक्रबार बेलायत यूरोपबाट बाहिरिन नहुने बताएका छन् । यूरोपप्रति अविश्वास गर्ने बेलायती एक समूहलाई लक्षित गर्दै ओबामाले भने, “बेलायत यूरोपबाट बाहिरएमा व्यापारिक सहमति त गर्न सकिने छ तर यसका लागि बेलायतले लामो समय पर्खिनुपर्ने हुन्छ ।” यो बेलायतका लागि घातक बन्नसक्ने अमेरिकी राष्ट्रपतिको धारणा थियो ।    अमेरिकी राष्ट्रपति ओबामाले बेलायतको जुन २३ मा यूरोपियन यूनियन (इयू) सदस्य रहने वा नरहने ... बाँकी अंश»

पाँच अमेरिकीलाई हत्या गर्ने शंकास्पद व्यक्ति आफै मृत

२०७३ बैशाख ११ शनिबार, एप्लिङ (अमेरिका) । पाँच जना अमेरिकी नागरिकको ज्यान लिएका छुट्टाछुट्टै दुई बन्दुक आक्रमणमा संलग्न रहेको शंकास्पद व्यक्ति मृत अवस्थामा फेला परेको जर्जियाको प्रहरीले बताएको छ । मृतक आक्रमणकारीको शरीरमा गोलीको चोट भेटिएकोले आँफै गोली हानी आत्महत्या गरेको शंका प्रहरीको छ ।    गोली आक्रमणमा मृत्यु भएको मानिस तथा मृतक आक्रमणकारीको परिचय भने प्रहरी सार्वजनिक गरेको छैन । घटनामा तीन पुरुष र दुई महिलाको मृत्युभएको थियो । शुक्रबार एप्लिङमा भएको आक्र ... बाँकी अंश»

पेरिस जलवायु सम्झौतालाई सन् २०१६ भित्रै कार्यान्वयनमा ल्याउन आग्रह

२०७३ बैशाख १० शुक्रबार, युनाइटेड नेसन्स(अमेरिका) । फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले युरोपियन युनियनका सदस्य २८ राष्ट्रमा पेरिस जलवायु सम्झौतालाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । पछिल्ला दशकमा विश्वको तापमानमा व्यापक बृद्धि हुनथालेपछि पेरिसमा हालै सम्पन्न जलवायु सम्मेलनले तापमानलाई बृद्धि गर्ने स्रोतलाई नियन्त्रण गरी थप स्थितिलाई थप भयावह हुन नदिन पेरिस जलवायु सम्झौता गरिएको हो ।      सहमतिलाई फ्रान्सले सन् २०१६ भित्रै प्रयोगमा ल्याउने बताउ ... बाँकी अंश»

दक्षिण कोरियामा रेल दुर्घटना एकको मृत्यु आठ घाइते

२०७३ बैशाख १० शुक्रबार, सोल । दक्षिण कोरियामा शुक्रबार बिहान सबेरै भएको एक रेल दुर्घटनामा परी एक मृत्यु भएको योनहाप समाचार समितिले जनाएको छ । स्थानीय समयाअनुासर शुक्रबार बिहान ३:४१ का रेलको डिब्बा पटरीबाट छुट्टिएर सो दुर्घटान भएको बताएको छ । सो दुर्घटनामा रेलको इन्जिनसम्बन्धि एक इन्जिनियरको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका छन्.। उक्त रेलमा चालक दलका सदस्यसहित २७ जना यात्रु सवार रहेका जनाइएको छ । सो दुर्घटनामा घाइते भएका मध्ये छ जना सामान्य उपचारपछि घर फर्किएका र अ ... बाँकी अंश»

इक्वेडर भूकम्पमा २७ विदेशी नागरिकको मृत्यु

२०७३ बैशाख १० शुक्रबार, क्विटो । इक्वेडरको तटिय क्षेत्रमा गत हप्ता गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिहरुमा २७ विदेशी नागरिकसमेत रहेका छन् । सो भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २७ जना विदेशी नागरिकसहित ५८७ पुगेको इक्वेडर सरकारले बिहीबार जानकारी दिएको छ । सरकारद्वारा जारी पछिल्लो प्रतिवेदनअनुसार भूकम्पमा परी मृत्यु हुने व्यक्तिहरुमध्ये ५३९ जना भने परिचय खुलेको र परिवारजनले ती व्यक्तिहरुको शव बुझेका बताइएको छ    तर ४८ शवको भने परिचय खुल्नक ... बाँकी अंश»

खाडी मुलुकहरुसँग सहयोग माग्दै ओबामा

२०७३ बैशाख १० शुक्रबार, रियाद (साउदी अरब)। अमेरिकी राष्ट्रपति बाराक ओबामाले साउदी अरबमा खाडी मुलुक राष्ट्र प्रमुखलगायतका नेतालाई बिहीबार भेटेका छन् । अमेरिका र खाडी मुलुक तेलको मूल्यमा भएको गिरावटलाई उकास्न सँगसँगै काम गर्ने र तेलको मूल्यमा आएको गिरावटबाट परेका असरलाई विस्तारै कम गर्दै जाने अमेरिकी राष्ट्रपति ओबामाले रियादमा खाडी मुलुकका नेतासँगको भेटमा बताए ।    अमेरिका र खाडी राष्ट्रहरुले छिट्टै आर्थिक विषयमा उच्चस्तरीय वार्ता गर्ने र यसले तेलको मूल्यमा देख ... बाँकी अंश»

मेक्सिकोको तेल कारखानामा परी मृत्यु हुनेको सङ्या १३ पुग्यो

२०७३ बैशाख ९ बिहिबार, मेक्सिको सिटी । दक्षिणपश्चिमी मेक्सिकोमा अवस्थित एक तेल कारखानामा भएको भीषण विस्फोटनमा परी १३ कामदारको मृत्यु भएको छ भने करीब ३० जना अन्य घाइते भएका यहाँको सरकारले बुधबार बताएको छ ।    तेल कारखाना इनर्जी जाइन्ट पेमेस्का अधिकारी र भेराक्रुज राज्यका गभर्नर जाभिएर डुआर्तेले जानकारी दिए अनुसार व्यस्त कारखानामा विस्पोट हुँदा कारखानामा कार्यरत करीव तीन दर्जन कर्मचारी घाइते भएका छन् ।    कारखानामा भएको भीषण विस्फोटपछि लागेको आगो निभाउन अग ... बाँकी अंश»

इक्वेडरमा ५२५ मृत्यु ५ हजार भन्दा बढी घाइते

२०७३ बैशाख ९ बिहिबार, क्विेटा । इक्वेडरको तटिय क्षेत्रमा गत शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५२५ पुगेको छ । साथै यस भूकम्पबाट अन्य ५ हजार ७३३ जना घाइते भएका छन् । यस भूकम्पमा अझै पनि १६३ जना वेपत्ता रहेका पनि ती अधिकारीहरले जानकारी दिएका छन् ।    अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी हालसम्म ५२५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५ हजार ७३३ जना घाइते भएका सरकारी अधिकारीहरुले बिहीबार ... बाँकी अंश»

महाअभियोग विरुद्ध बोल्न रुसेफलाई राष्ट्रसङ्घीय समारोह महत्वपुर्ण

२०७३ बैशाख ९ बिहिबार, ब्रार्सिलिया । संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी समारोहमा भाग लिन ब्राजिलकी राष्ट्रपति दिल्मा रुसेफ शुक्रबार न्युयोर्क जाने ब्राजिलको राष्ट्रपति कार्यालयले खुलासा गरेको छ । यसअघि विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी ठूलो सम्मेलनको आयोजना भएको थियो । सो सम्मेलनले यस वर्ष ‘यु्एन पेरिस एग्रिमेन्ट’मा हस्ताक्षर गर्ने गराउने निधो गरेको थियो ।    राष्ट्र सङ्घको अग्रसरतामा गतवर्ष आयोजित तेस्रो शिखर स ... बाँकी अंश»

मेक्सिकोको तेल कम्पनीमा शक्तिशाली विष्फोट, ३ को मृत्यु

२०७३ बैशाख ९ बिहिबार, एजेन्सी । दक्षिण पूर्वी मेक्सिकोको वेराक्रुज राज्यको एक तेल कम्पनीमा भएको शक्तिशाली विष्फोटमा तीन जनाको मृत्यु भएको छ । एक सय ३६ जना घाइते भएका छन् । विष्फोट कोटजाकोलोस स्थित सरकारी तेल कम्पनी पेमेक्समा भएको हो । स्थानीयलाई सुरक्षित स्थानमा सारिएको र सबै स्कुलहरु बन्द गरिएको अधिकारीहरुले बताएका छन् ।    विष्फोटबाट लागेको आगो नियन्त्रणमा आएको र निस्किएको धुँवा कम हुँदै गएको बताइएको छ । यस्तै, वातावरणमा विषालु ग्याँस फैलने खतरा समेत कम भएको छ ... बाँकी अंश»

ओबामालगायत युरोपेली नेताबीच सोमाबार जर्मनीमा भेट हुने

२०७३ बैशाख ८ बुधबार, पेरिस (फ्रान्स) । अमेरिकी राष्ट्रपति बाराक ओबामालगायतका युरोपेली नेताहरुबीच सोमबार जर्मनीको ह्यानओभरमा अनौपचारिक भेट हुने भएको फ्रान्सले बुधबार जनाएको छ । भेटका क्रममा अमेरिकी राष्ट्रपति ओबामा, फ्रेन्च राष्ट्रपति फ्रास्वा अलान्द, जर्मन चान्सलर एन्जेला मर्केल, इटालीका प्रधानमन्त्री भटेओरेन्जी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनबीच अनौपचारिक भेट हुनेभएको फ्रान्सको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।    भेटका क्र ... बाँकी अंश»

युरोपमा कानुनी शासनमा संकट गहिरियो

२०७३ बैशाख ८ बुधबार, ब्रसेल्स । दुईवटा विश्वयुद्ध खेपेका युरोपेली मुलुकहरुले एकीकरण र आपसी सहयोगको मद्दतबाट विश्वमै सबैभन्दा ठूलो परीक्षण गरे, र साझा स्वतन्त्रताको अवधारणा प्रयोगमा ल्याए । तर, दशकौंदेखि युरोपमा महत्वपूर्ण उपलब्धि हासिल भएपनि युरोपेली परियोजना अहिले विघटनको जोखिममा छ । सुल्झन नसकेको आर्थिक संकट, शरणार्थी संकट, खस्कदो सुरक्षा वातावरण र रोकिएको एकीकरण प्रक्रियाले युरोपभर नै विषालु काँडाको रुप लिँदैछ, र अस्थिर राजनीतिक वातावरणले जरा गाड्दैछ जहाँ राष ... बाँकी अंश»

टर्कीलाई इयुभन्दा इयुलाई टर्की बढी आवश्यक छ : राष्ट्रपति एर्डोगान

२०७३ बैशाख ७ मंगलबार, अङ्कारा (टर्की) । टर्कीलाई युरोपियन युनियन (इयु)भन्दा बढी इयुलाई टर्कीको आवश्यकता हुने अङ्कराले जनाएको छ । मङ्गलबार टर्कीका राष्ट्रपति टेसेप तैयप एर्डोगानले इयु संसद्को हालै आएको प्रतिवेदनप्रति लक्षित गर्दै इयु संसद्को पछिल्लो प्रतिवेदनप्रति लक्षित गर्दै इयु संसद्को पछिल्लो प्रतिवेदन अङ्कराको विधिको शासनविरुद्धको अभिव्यक्ति भएको बताए ।    “टर्कीलाई इयुकोजति आवश्यकता पर्छ त्योभन्दा बढी इयुलाई टर्कीको आवश्यकता पर्छ ”–राष्ट्रपति ए ... बाँकी अंश»

काबूल आक्रमणमा २८को मृत्यु, तालिवानले लियो जिम्मेवारी

२०७३ बैशाख ७ मंगलबार, इस्लामाबाद। अफगानिस्तानको राजधानी काबूलमा स्थानीय समयाअनुसार मङ्गलबार बिहान ८: ३० बजे भएको आतङ्ककारी आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ । तालिवान आतङ्ककारी समूहले आक्रात्मक कारबाही बढाउने भनिएको एक हप्तापछि सो आक्रमण भएको छ । हालसम्म प्राप्त समाचारअनुसार यस आक्रमणमा परी २८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३२७ जना भन्दा बढी घाइते भएको छन् । बिशिष्ठ ब्यक्तिहरुको सुरक्षा हेर्ने बिभागको गेटमा आत्मघाती बिष्फोट गराईएको थियो। ट्र ... बाँकी अंश»

अफगानिस्तानको कावुलमा विष्फोट, थुप्रै हताहती भएको अनुमान

२०७३ बैशाख ७ मंगलबार, एजेन्सी । अफगानिस्तानको राजधानी कावुलमा आत्मघाती विष्फोट भएको छ । विष्फोटले  थुप्रै हताहती भएको र क्षतिको विवरण आउन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् । घटनाको जिम्मा तालिवानले लिएको छ । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले घटनाको जिन्दा गरेका छन् । घटनास्थल वरिपरी शतर्कता अपनाइएको छ । घटनामा परी थुप्रै घाइते भएका समाचार संस्था एपीले जनाएको छ ।  ... बाँकी अंश»

नयाँ