विश्व

उत्तर कोरियाली हठले बढाएको चिन्ता

२०७२ चैत २७ शनिबार, काठमाडौँ। विश्व मानचित्रमा लगभग एक्लिएजस्तो देखिने उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको कार्यलाई विश्वका नेताहरुले हठको सङ्ज्ञा दिएका छन् । यो हठले विश्वमा शान्ति खल्बलाउने भन्दै चिन्ता बढाएको धारणा उनीहरुको छ । दई हप्तामात्र अघि संयुक्त राज्य अमेरिकामा भएको आणविक विषयको सम्मेलनमा यस्तै प्रतिक्रिया विश्वका नेताहरुले व्यक्त गरे ।    त्यस सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका नेताको सहभागिता थियो । उनीहरुको चिन्ता पन ... बाँकी अंश»

वित्तीय सुधार योजनासहित केरी बग्दादमा

२०७२ चैत २६ शुक्रबार, बग्दाद (इराक) । अमेरिकी विदेशमन्त्री जोन केरी जिहादी विद्रोही समूहसँगको द्वन्द्वका कारण सङ्कटग्रस्त इराकमा वित्तीय समस्यालगायतका अन्य बिषय सुधार प्रयासका योजनासहित शुक्रबार इराक आएका छन् । यसै सन्दर्भमा अमेरिकी विदेशमन्त्री केरीले इराकका प्रधानमन्त्री हैदर अल अवादी र इराकी विदेशमन्त्री इब्राहिम अल जाफिरीसँग शुक्रबारै भेट गरेका छन् ।    अमेरिकी विदेशमन्त्री केरीले इराकको स्वशासित कुर्दिस क्षेत्रका प्रधानमन्त्री नेचियान बर्जानीलाई प ... बाँकी अंश»

ब्रसेल्स हमलाका थप एक संदिग्ध इटालीमा पक्राउ

२०७२ चैत २६ शुक्रबार, रोम । बेल्जियमको राजधानी ब्रसेल्समा गत महिना भएको आतङ्कवादी आक्रमणमा संलग्न रहेको आशङ्कमा एकजना अल्जेरियालीलाई इटालीमा पक्राउ गरिएको समाचार छ । उक्त हमलाका एकजना संदिग्धलाई इटालियन प्रहरीले पक्राउ गरेको जनाएको हो । अल्जेरियाली नागरिकलाई पक्राउ गरेको इटालियन सञ्चारमाध्यम आन्साले शुक्रबार जानकारी दिएको छ ।    दक्षिणी इटालिनको तटीय प्रान्त सालेर्नोको बेल्लीजी सहरबाट जमाल एडिन ओवालीलाई पक्राउ गरेको उक्त समाचार संस्थाले जनाएको छ । यसअघि प ... बाँकी अंश»

दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन 'राक्षस स्वरुप भएकी महिला' : उत्तर कोरिया

२०७२ चैत २६ शुक्रबार, सोल । उत्तर कोरियाले दक्षिण कोरियाली राष्ट्रपतिको निन्दा गरेको छ । उत्तरले दक्षिणलाई आपत्तिजनक शब्दमा गालीगलौज समेत गरेको समाचारमा उल्लेख छ । उसले दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइलाई राक्षसी स्वरुप भएकी महिलाको संज्ञा दिएको छ । उत्तर कोरियाले दक्षिणमाथि गर्ने गरेको बिगतदेखिकै आक्रमणको शृंखलाको यो अन्तिम रुप हो । गत हप्तामात्र अमेरिकामा सम्पन्न भएको आणविक सम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर उत्तरको विरोध गरेकोमा विशेषगरी उत्तर कोरिय ... बाँकी अंश»

फ्रान्समा यौनको लागि पैसा तिर्नेको पाता फर्कने !

२०७२ चैत २५ बिहिबार, एजेन्सी । फ्रान्सका संसदहरुले यौन सम्बन्धिको  विधेयकलाई सच्याउन सिफारिस गरेको छ  ।  विधयक सच्चएपछि यौन सम्बन्धको लागि रकम भुक्तानी गर्नेलाई कडा सजायको प्रावधान रहनेछ । उक्त कानुन अनुसार यौन सम्बन्धको लागि रकम तिर्ने व्यक्तिलाई ३ हजार ७ सय ५० यूरो अर्थात ४ लाख ५६ हजार २ सय ६२ नेपाली रुपैँया जरिवाना तिर्नुपर्नेछ ।  पहलो पटक पक्राउ परेमा १५०० यूरो जरिवाना हुनेछ ।    यदी कुनै व्यक्ति दोस्रो पटक पनि पक्राउ परेमा जरिवाना दस्तुर दोब्बर लाग्न ... बाँकी अंश»

दक्षिण भारतमा तातो हावाबाट सत्तरी जनाको मृत्यु

२०७२ चैत २५ बिहिबार, नयाँ दिल्ली । गत केही दिनयता दक्षिणी भारतीय राज्य तेलाङ्गानामा तातो हावाबाट कम्तीमा ७० व्यक्तिको मृत्यु भएको छ । एक वरिष्ठ सरकारी अधिकारीले बिहीबार सो जानकारी दिएका छन् । यस प्रकोपबाट सो राज्यको मेहबुबनगर जिल्लामा सबभन्दा बढी व्यक्तिले ज्यान गुमाएका बताइएको छ ।    यसप्रकार तातो हावाबाट ज्यान गुमाउनेहरुमा खुल्ला आकाशमुनि काम गर्ने श्रमिक र कृषिजन्य कामको लागि भूमिमा काम गर्ने व्यक्ति रहेका अधिकारीले  जानकारी दिए । आगामी दिनका मौसममा तातो ... बाँकी अंश»

पानामा पेपर लिक पछि आइसल्यान्डका प्रधानमन्त्रीको पद चैट

२०७२ चैत २४ बुधबार, एजेन्सी । आइसल्यान्डका प्रधानमन्त्री सिगमुन्दुर गनलाउसनले पानामा पेपर लिकमा आफ्नो पत्नीको साथ मिलेर विदेशमा गुप्त रुपमा लगानी गरेको खुलेपछि राजिनामा दिनु परेको छ ।प्रधानमन्त्री सिगमुन्दुरले करोडौं डलर गुप्त रुपमा देश बाहिर लगानी गरेको खुलासा भएको हो ।   गनलाउसनले सम्पूर्ण सेयर आफ्नो पत्नीलाई बेचेको र आफू कुनै आर्थिक अपचलनमा संलग्न नरहेको जिकिर गरेका छन् । पानामा पेपर लिकबाट बाहिर नाम आएर दर्जनौं विशिष्ठ व्यक्ति मध्ये उनी पनि एक हुन् तर, प ... बाँकी अंश»

‘पानामा पेपर्स स्क्यान्डल’ अमेरिकाको षड्यन्त्र : रसिया

२०७२ चैत २४ बुधबार, पेरिस । रसियाली प्रशासन केन्द्र क्रेमलिनले रसिया र नेता पुटिनको नाम जोडेर आएको यस अफवाहलाई अमेरिकाको षड्यन्त्र भनेको छ । रसियाली नेता पुटिनको निकट सहयोगीको नाम समुद्रपारको वित्तीय कारोबार गर्ने शासकको शीर्षस्थानमा राखिनुलाई अमेरिकाको बेइमानी भनेको छ । पुटिन निकट सहयोगीको नाममा २ अर्ब अमेरिकी डलरको अकुत सम्पत्ति आर्जन गरी विदेशी बैंकमा राखेको आरोप छ ।    विश्व नेता तथा प्रतिष्ठित व्यक्तित्वलगायतका नाम जोडी आएको ‘पानामा पेपर्स स्क्यान् ... बाँकी अंश»

चीनले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन सुरु

२०७२ चैत २३ मंगलबार, बेइजिङ (चीन)। चीनले उत्तर कोरियाबाट आयात गर्दै आएका सामान कोइला तथा फलाम आयातमा कडाई गरेको बेइजिङले मङ्गलबार जनाएको छ।   बेइजिङले उत्तर कोरियासँगको सामान खरिदमा कडाई गरिनु चीनको संयुक्त राष्ट्रसङ्घद्वारा उत्तर कोरियामाथि लगाइएको आर्थिक नाकाबन्दीप्रतिको समर्थन स्वरुप आएको निर्णय भएको बुझाई विश्व समुदायको छ।   अमेरिका, दक्षिण कोरियालगायतका अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा निरन्तर गरेका आणविक तथा अन्य क्षेप्यास्त्र प ... बाँकी अंश»

उत्तर कोरियाले दक्षिण कोरियालाई रकेट हानेको भिडियो सार्वजनिक (भिडियो)

२०७२ चैत २३ मंगलबार, सोल। उत्तर कोरियाले दक्षिण कोरियाको राष्ट्रपति भवनमा हानेको भिडियो सार्वजनिक गरेको छ । उत्तरले दक्षिणको राष्ट्रति भवनमा रकेट हानेको सो भिडियो सार्वजनिक गरेको हो । उत्तर कोरियाको सरकारी बेभसाइटमा उसले दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय, ब्ल्यु हाउसमा हानेको सो भिडियो राखेको छ ।   उत्तर कोरियाको सरकारी वेभसाइटमा यो भिडियो मङ्गलबार मात्र राखिएको छ । यस भिडियोमा उत्तर कोरियाका तर्फबाट पटक÷पटक दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा रक ... बाँकी अंश»

श्रीलङ्काली प्रधानमन्त्रीको चीन भ्रमण

२०७२ चैत २३ मंगलबार, बेइजिङ। श्रीलङ्काली प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको छ । उहाँले यही अप्रिल ६ देखि ९ सम्म चीन भ्रमण गर्न लाग्नुभएको हो ।   चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा विक्रमसिङ्घे चीन भ्रमणका गर्न यही बुधबार जानुहुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ्ग लिले जानकारी दिनु भएको छ ।   श्रीलङ्काली ६७ बर्षीय प्रधानमन्त्री यस अघि पनि १९९३ देखि १९९४ सम्म, २००१ देखि २००४ सम्म र सन् २०१५ को जनवरीमा ते ... बाँकी अंश»

पाकिस्तानमा भीषण बाढी, ६० जनाको मृत्यु

२०७२ चैत २२ सोमबार, एजेन्सी । पाकिस्तानमा भारी वर्षापछि आएको बाढीको चपेटामा परी कम्तिमा पनि ६० जनाको मृत्यु भएको छ । अधिकारीहरुले खैबर पख्तून ख्वाहका केही क्षेत्र, पाकिस्तान प्रशासित कश्मीर र गिलगित–बल्तिस्तानमा शनिबार वर्षा सुरु भएको बताएका छन् । मनसुन सुरु हुनु भन्दा पहिले नै भएको वर्षाले पाकिस्तानको देहाती क्षेत्रमा बढी क्षति पुर्याएको र स्थानीयलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको अधिकारीहरुको भनाई छ ।    राष्ट्रिय विपद् व्यवस्थापन विभागका अ ... बाँकी अंश»

विश्वका शक्तिशाली व्यक्तिले कालो धनलाई सेतो बनाउन प्रयोग गरेका गोप्य दस्तावेज सार्वजनिक

२०७२ चैत २२ सोमबार, एजेन्सी । विश्वका शक्तिशाली व्यक्तिहरुले अपनाउने कर छलीको तरिका र सम्पत्ति लुकाउनेबारे कम्तिमा पनि ११ मिलियन गोप्य दस्तावेज सार्वजनिक भएका छन् । जसले ठूला र शक्तिशाली व्यक्तिको कर छलिको पर्दाफास भएको छ । पानामाको एउटा अति गोप्य कानुनी फर्म मोस्याक फोन्सेकासंग भएका दस्तावेज सार्वजनिक भएपछि यस विषयको सतही चर्चा भएको हो । सो ल फर्मले कालो धनलाई सेतो बनाउन, कर र विभिन्न प्रतिबन्धहरु छल्न आफ्ना सेवाग्राहीलाई सहयोग गरेको खुलेको छ ।    कम्पनिले भ ... बाँकी अंश»

विश्वकै शक्तिशाली रुसी राष्ट्रपति पुटिनको प्रेमिका शौख

२०७२ चैत २१ आइतबार, एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको २३ बर्षीय एलिशा खार्चेवासँग प्रेमको चर्चा हुन थालेको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति पुटिनले मस्को नजिकै ब्यूटी क्वीन एलिशा खार्चेवाको लागि सुविधा सम्पन्न फ्ल्याट गिफ्ट दिएका छन्। एलिशा उमेरमा पुटिन भन्दा चालीस वर्ष कान्छि छिन्। ... बाँकी अंश»

अफगानिस्तानमा जारी द्वन्द्वमा सुरक्षा अधिकारीसहित छको मृत्यु

२०७२ चैत २१ आइतबार, पुल ए खुम्री (अफगानिस्तान) । उत्तरी बाघलान प्रान्तमा दाँद ए साहाबुदिन जिल्लामा तालिवान र सुरक्षा अधिकारीबीच सुरु भएको एक झडपमा पाँच आतङ्ककारी र एक सुरक्षा अधिकारीको मृत्यु भएको समाचार छ ।    प्रान्तीय प्रहरी प्रवक्ता जाबिहुल्लाह सुजाले आइतबार सो जानकारी दिएका छन् । साहाबुदिन जिल्लामा सरकारी सुरक्षाबलले तीन अगाडिदेखि सुरु गरेको तालिवान विरुद्ध कारबाहीको क्रममा पाँच सशस्त्र आतङ्ककारी मारिएका हुन् ।    सो कारबाहीको क्रममा अन्य पाँच आत ... बाँकी अंश»

सुरक्षा परिषद्ले सिरिया र यमनको मुद्दा हेर्ने

२०७२ चैत २० शनिबार, संयुक्त राष्ट्रसंघ । राष्ट्रसंघीय सुरक्षा परिषदले सिरिया र यमनको विषयमा हाल भइरहेको प्रगतिको मुद्दा हेर्ने भएको छ । अप्रिल महिनामा राष्ट्रसंघीय सुरक्षा परिषदको अध्यक्षता चीनले गर्दैछ । यसै महिनादेखि नै चीनको अध्यक्षताको यस परिषदले हालैका दिनमा सिरिया र यमनमा भइरहेको प्रगतिका बारेको मुद्दा हेर्ने भएको हो ।    साथै उक्त परिषदले अन्य मध्यपूर्वी राष्ट्रहरुका आन्तरिक द्वन्द्वको मुद्दा पनि हेर्ने भएको बताइएको छ । चीन संयुक्त राष्ट्रसंघको स् ... बाँकी अंश»

जापानमा ६.१ रिक्टर स्केलको भूकम्प

२०७२ चैत १९ शुक्रबार, टोकियो । जापानको मिए प्रान्तमा शुक्रबार बिहान ६.१ रिक्टर स्केलको भूकम्प गएको मौसम विज्ञान निकायले जनाएको छ । जापानको प्रमुख द्वीप होन्सुको कन्साई क्षेत्रमा सो भूकम्प गएको बताइएको छ ।    यस भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रको १० किलोमिटर गहिराईमा ३३.४ डिग्री उत्तरी आक्षांस र १३६.४ पूर्वी देशान्तरमा रहेको बताइएको छ ।    तर यस भूकम्पपछि सुनामी चेतावनी भने नदिएको बताइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय र एवम् भौतिक सम्पत्ती क्षतिको भन ... बाँकी अंश»

भारतमा आकाशेपुल भत्किँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

२०७२ चैत १९ शुक्रबार, कोलकाता । भारतीय उत्तरी राज्य कोलकाताको मध्यभागमा बिहीबार फ्लाइओभर (आकासेपुल) भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । पुल भत्किएको सो स्थानमा कैयौँ व्यक्ति अझै पुरिएको आशङ्का भएकाले सयौँ उद्धारकर्ता बिहीबार राति पनि उद्धारकार्यमा व्यस्त रहेका बताइएको छ ।    व्यस्त सडकमा भएको यस दुर्घटनामा करिब १०० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । भारतको कोलकातामा निर्माणाधीन सो आकासेपुल बिहीबार भत्किएको हो । पुल भत्किँदा कम्तीमा २२ व्यक् ... बाँकी अंश»

भारतमा आकाशे पुल भत्किँदा दशको मृत्यु, कयौँ च्यापिएको अनुमान

२०७२ चैत १८ बिहिबार, नयाँ दिल्ली। भारतको कोलकातामा बिहीबार  आकाशे पुल (फ्लाईओभर) भत्किँदा कम्तीमा पनि दशजनाको ज्यान गएको  छ । भारतीय उत्तरी राज्य कोलकातामा निर्माणाधीन अवस्थामा रहेको सो आकाशे पुल भत्किँदा दशको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुकाअनुसार भत्किएको सो स्थानमा कैयौँ व्यक्ति पुरिएर रहेका पाइएको बताइएको छ । उक्त भत्किएको संरचनाबाट कम्तीमा पनि दशवटा शव निकालिएको छ ।  ... बाँकी अंश»

संसारकै धनी राजा

२०७२ चैत १७ बुधबार, काठमाडौं। विश्वमा सबैभन्दा लामो समय शासन गर्ने राज्य प्रमुख, असीमित शक्ति सहित जनताका लोकप्रिय राजाका रुपमा थाइयाण्डका राजा भूमिबल अतुल्यतेजसले ख्याती नै कमाएका छन् । त्यसबाहेक उनको अर्को परिचय पनि छ, जसबारे धेरैलाई जानकारी नहुन सक्छ । उनी संसारकै धनी राजा पनि हुन । टाइम्स म्यमगजिनका अनुसार उनको सम्पत्ति ३० अर्ब अमेरिकी डलर छ । ८८ वर्ष पुगेका उनी संसारका सबैभन्दा धनी राजाको शीर्षस्थानमा छन् ।  ... बाँकी अंश»

नयाँ