//

विश्व

आणविक हतियार परीक्षणको हठ त्याग्न राष्ट्रसङघका महासचिवको आग्रह

२०७३ बैशाख १६ बिहिबार, भियना (अस्ट्रिया)। संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले संयुक्त राज्य अमेरिका, चीनलगायतका अन्य आणविक हतियार उत्पादक मुलुकहरुलाई आणविक हतियार बनाउने होडलाई त्याग्न बुधबार आग्रह गरेका छन् । राष्ट्रसङ्घ प्रमुख बानले आणविक परीक्षण प्रतिबन्ध सम्झौता भएको २० औँ वर्षको अवसरमा सबै आणविक हतियार निर्माण गर्ने राष्ट्रहरुलाई हतियार परीक्षणको ‘पागलपन’ लाई त्याग्न र सम्झौताको पूर्णरुपमा पालना गर्न अनुरोध गरेका हुन् ।    आणविक हतियार प्रतिब ... बाँकी अंश»

सम्पत्ति जफत गर्ने निर्णय ‘खुल्ला चोरी’ : इरान

२०७३ बैशाख १५ बुधबार, तेहरान (इरान) । इरानले अमेरिकी एक अदालतले सुनाएको इरानी सम्पत्ति जफत गर्ने निर्णय ‘खुल्ला चोरी’ भएको बताएको छ । बुधबार इरानी राष्ट्रिय टेलिभिजनले बताएअनुसार अमेरिकी अदालतले इरानी सम्पत्ति जफत गर्ने र सन् १९८३ मा लेवनानमा भएको इरानी आक्रमणबाट पीडित परिवारजन तथा अन्य इरानी आक्रमणबाट पीडित परिवारलाई दिने भन्ने निर्णयको इरानी राष्ट्रपति हसन रौहानीले कडा आलोचना गरेका छन् । अमेरिकी अदालतको यस निर्णय इरानी सम्पत्तिमा डाँकामार्ने अभिप्रायबाट आएक ... बाँकी अंश»

उत्तरी अफगानिस्तानमा १० आतङ्ककारी मारिए

२०७३ बैशाख १५ बुधबार, कुन्दुज, (अफगानिस्तान)। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चार्दर जिल्लामा लुकेर बसेका तालिवान आतङ्ककारीलाई लक्ष्यगरी अफगान सुरक्षाबलको विशेष इकाइले मङ्गलबार गरेको एक कारबाहीमा १० आतङ्ककारी मारिएका छन् । यस कारबाहीमा कम्तीमा अन्य १० जना आतङ्ककारी पक्राउ परेका प्रान्तीय प्रवक्ता गुलाम हज्रात करिमीले बुधबार जानकारी दिएका छन् ।    सुरक्षा अधिकारीहरुका अनुसार चार्दर जिल्लाको हजाराता घोन्दी जिल्लामा भएको विशेष कारबाहीको क्रममा १० सश ... बाँकी अंश»

युगान्डाले सन् २०१८ सम्म तेल उत्पादन सुरु गर्ने

२०७३ बैशाख १५ बुधबार, कम्पाला (युगान्डा) । तान्जानिया र टङ्गा बन्दरगाहमा पाइप विछ्याउने सम्झौतापश्चात युगान्डाले कच्चा तेलको उत्पादन सन् २०१८ सम्ममा सुरु गर्नेमा युगान्डाका अधिकारीले आफूहरु विश्वस्त भएको बताएका छन् । युगान्डाका ऊर्जा मन्त्रालयका प्रवक्ता बुकेन्यामाटोभुले पाइप लाइन विछ्याउने सम्बन्धमा महिनौँ लामो अन्यौलपछि मङ्गलबार तान्जानियासँग सम्झौता भएको बताउँदै युगान्डाले अबको दुई वर्षभित्र कच्चा तेल उत्पादन गर्न सुरु गर्ने बताए ।    केन्याका राष्ट ... बाँकी अंश»

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गर्दैछ : दक्षिण कोरियाली राष्ट्रपति

२०७३ बैशाख १४ मंगलबार, सोल। दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाले फेरि पनि अर्को पटक आणविक परीक्षण गर्ने तयारी पूरा गरेको बताएकि छन् । उत्तर कोरियाले पुनःअर्को ब्यालेस्टिक परीक्षण गर्ने तयारी गरिरहेको आशङ्का यसअघि पनि त्यहाँका सञ्चारमाध्यमले व्यक्त गरेका थिए ।    यसअघि पनि उत्तरको यस्तो आशङ्काका कारण राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन निर्देशन दिएको समाचारमा जनाइएको थियो । उत्तर कोरियाले पुनः अर्को शक्तिशाली आणविक पर ... बाँकी अंश»

चीनमा भेटियो तीन हजार वर्ष पुरानो कफिन

२०७३ बैशाख १४ मंगलबार, चेनजाउ (चीन) । चीनमा करिब तीन हजार वर्ष पुरानो कफिन भेटिएको समाचारमा जनाइएको छ । तीन हजार वर्ष पुरानो भएको विश्वास गरिएका तीनवटा कफिन फेला परेको समाचारमा जनाइएको छ । मध्य चिनियाँ प्रान्त हेनान्मा ती कफिन फेला पारिएको समाचारमा जनाइएको छ । स्थानीय पुरातत्व विभागले दिएको जानकारी अनुसार ती कफिन मङ्गलबारै एनियाङ् सहरको सङ्ग्रहालयमा पठाइएको छ ।    स्थानीय विज्ञहरुले प्रारम्भिक रुपमा गरेको उत्खनन्का क्रममा ती कफिनका साथै करिब २२ वटा चिहान पनि भेटि ... बाँकी अंश»

भ्लादिमिर पुटिन युरोपेली एकतादेखि डराए : ओबामा

२०७३ बैशाख १४ मंगलबार, वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन युरोपेली देशहरुको एकतादेखि डराएको आरोप लगाएका छन् ।  साथै ओबामाले रसियाली राष्ट्रपति पुटिनले पछिल्लो समयमा विकसित हुदै गएको युरोपेली युनियनको एकतालाई कम आँकलन गर्ने गरेको पनि बताएको समाचारमा जनाइएको छ ।    मङ्गलबार बिहान प्रशारण गर्नेगरी सोमबार सिबिएस न्युजलाई दिएको अन्तरवार्तामा राष्ट्रपति ओबामाले सो धारणा राखेका हुन् । उनले युरोपमा हालैका दिनमा अप्रवा ... बाँकी अंश»

पाकिस्तानमा विषाक्त मिठाईले लियो २३ व्यक्तिको ज्यान

२०७३ बैशाख १३ सोमबार, लाहोर (पाकिस्तान) । मध्य पाकिस्तानमा विषाक्त मिठाई खादा कम्तीमा २३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन् । प्राप्त समाचारमा मिठाइकै कारण ती व्यक्तिको ज्यान गएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।    प्रहरीका अनुसार यस मिठाइमा किटनासक औषधी परेको अनुमान गरिएको छ । पञ्जाव प्रान्तको कारोर लालइसान क्षेत्रमा उमार हयात नामक एक व्यक्तिको निवासस्थानमा सो घटना भएको हो । गत हप्ता ती व्यक्तिका नाती जन्मिएको उपलक्ष्यमा आफन्त र छ ... बाँकी अंश»

हवाई आक्रमणमा १० तालिवान मारिए

२०७३ बैशाख १३ सोमबार, कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा सुरक्षाकर्मीको कारबाहीका क्रममा १० जना तालिवान लडाकू मारिएको छ । उक्त प्रान्तको आर्ची जिल्लामा आश्रय बनाएर लुकेर बसेका तालिवान लडाकूलाई लक्ष्यगरी सोमबार गरिएको हवाई आक्रमणमा ती तालिवान मारिएका हुन् ।    अफगानिस्तानको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । त्यस क्रममा अरु केही घाइते पनि भएका सो विज्ञप्तिमा उल्लेख गरिएको छ । आर्ची जिल्लाको दसत ई इलाकाम ... बाँकी अंश»

नरेन्द्र मोदीले मागे सरकारी सेवा र फौजमा रहेका मुस्लिमको आँकडा

२०७३ बैशाख १३ सोमबार, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सरकारी सेवामा रहेका मुस्लिमहरुको आँकडा मागेका छन् । भारत अल्पसंख्यक मामिला मन्त्री नजमा हेपतुल्लाले दुई साता पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी नोकरीमा मुस्लिमको संख्या मागेको बताएकी छन् ।    भारतीय संचारमाध्यमसंग मन्त्री हेपतुल्लाले भनिन्, ‘भारतमा मुसलमानहरु पीछडिनुमा भाजपा नभई पुरानै सरकार दोषी छ ।’ उनले भनेकी छन्, ‘नरेन्द्र मोदीले थाहा पाउन चाहेका छन् की, सरकारी नोक ... बाँकी अंश»

ओबामाको जर्मनी भ्रमण, ट्रान्स एटलान्टिक सम्झौता लागि उपयोग गर्दै

२०७३ बैशाख १३ सोमबार, अर्जेन (जर्मनी) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइतबारदेखि जर्मनीको भ्रमण सुरु गरेका छन् । राष्ट्रपति बाराक ओबामालाई जर्मन चान्सलर एन्जेला मर्केलले दुईपक्षीय वार्तालाप हुनुपूर्व जर्मनीको हरेनहसेन प्यालेसमा ठूलो सम्मानकासाथ स्वागत गरेकि हुन् ।    राष्ट्रपति ओबामाले आफ्नो जर्मनी बसाइँमा युरोप–अमेरिकाबीचको व्यापारिक सम्झौता निर्माण गर्न उपयोग गर्ने विश्वास लिइएको छ । अमेरिकी राष्ट्रपतिको जर्मनी बसाइँमा जर्मन चान्सलर एन्जेला मर्क ... बाँकी अंश»

फेरी उत्तर कोरियाले गर्‍यो शक्तिशाली क्षेप्यास्त्र परीक्षण

२०७३ बैशाख १२ आइतबार, प्योङ्गयाङ्ग । उत्तर कोरियाले सबम्यारिन युद्धपोतबाट प्रहार गर्न सकिने शक्तिशाली जल क्षेप्यास्त्र (अण्डर वाटर ब्यालिस्टीक मिसाइल) को सफल परीक्षण गरेको छ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ्ग उनले उक्त क्षेप्यास्त्रको प्रथम परीक्षण गर्नुभएको यहाँको आधिकारिक समाचार समिति कोसिएनएले जनाएको छ ।    पानी मुन्तिर निकै लामो दूरीसम्म अत्यन्त तेजगतिका साथ जाने, आकाशमा पनि तेज गतिमा ठाडो सिधा (भरटिकल) गई लक्ष्यमा प्रहार गर्नसक्ने अत्यन्त शक्तिशाल ... बाँकी अंश»

विश्वका एक सय पचहत्तर राष्ट्रले गरे पेरिस सम्झौतामा हस्ताक्षर

२०७३ बैशाख ११ शनिबार, युनाइटेड नेसन्स । विश्वका १७५ राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख मन्त्रीहरु, विशेष प्रतिनिधिलगायत राजदूतले संयुक्त राष्ट्रसङ्घको सभा हलमा शुक्रबार पङ्क्तिवद्ध रहेर आ–आफ्नो देशको प्रतिनिधित्व जनाएँदै विश्वव्यापी जलवायु परिवर्तको गतिलाई कम गर्ने पेरिस सम्झौतामा हस्ताक्षर गरेका छन् ।    सम्झौतामा हस्ताक्षर गर्न पुगेका प्रतिनिधिको उत्साहजनक उपस्थितिले अब हस्ताक्षर गर्ने देशहरुको संसद्ले पनि यसलाई अनुमोदन गर्न सघाउ पुग्ने विश्वा ... बाँकी अंश»

बेलायत यूरोपबाट बाहिरिए बेलायतका लागि घातक : ओबामा

२०७३ बैशाख ११ शनिबार, लण्डन (बेलायत) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शुक्रबार बेलायत यूरोपबाट बाहिरिन नहुने बताएका छन् । यूरोपप्रति अविश्वास गर्ने बेलायती एक समूहलाई लक्षित गर्दै ओबामाले भने, “बेलायत यूरोपबाट बाहिरएमा व्यापारिक सहमति त गर्न सकिने छ तर यसका लागि बेलायतले लामो समय पर्खिनुपर्ने हुन्छ ।” यो बेलायतका लागि घातक बन्नसक्ने अमेरिकी राष्ट्रपतिको धारणा थियो ।    अमेरिकी राष्ट्रपति ओबामाले बेलायतको जुन २३ मा यूरोपियन यूनियन (इयू) सदस्य रहने वा नरहने ... बाँकी अंश»

पाँच अमेरिकीलाई हत्या गर्ने शंकास्पद व्यक्ति आफै मृत

२०७३ बैशाख ११ शनिबार, एप्लिङ (अमेरिका) । पाँच जना अमेरिकी नागरिकको ज्यान लिएका छुट्टाछुट्टै दुई बन्दुक आक्रमणमा संलग्न रहेको शंकास्पद व्यक्ति मृत अवस्थामा फेला परेको जर्जियाको प्रहरीले बताएको छ । मृतक आक्रमणकारीको शरीरमा गोलीको चोट भेटिएकोले आँफै गोली हानी आत्महत्या गरेको शंका प्रहरीको छ ।    गोली आक्रमणमा मृत्यु भएको मानिस तथा मृतक आक्रमणकारीको परिचय भने प्रहरी सार्वजनिक गरेको छैन । घटनामा तीन पुरुष र दुई महिलाको मृत्युभएको थियो । शुक्रबार एप्लिङमा भएको आक्र ... बाँकी अंश»

पेरिस जलवायु सम्झौतालाई सन् २०१६ भित्रै कार्यान्वयनमा ल्याउन आग्रह

२०७३ बैशाख १० शुक्रबार, युनाइटेड नेसन्स(अमेरिका) । फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले युरोपियन युनियनका सदस्य २८ राष्ट्रमा पेरिस जलवायु सम्झौतालाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । पछिल्ला दशकमा विश्वको तापमानमा व्यापक बृद्धि हुनथालेपछि पेरिसमा हालै सम्पन्न जलवायु सम्मेलनले तापमानलाई बृद्धि गर्ने स्रोतलाई नियन्त्रण गरी थप स्थितिलाई थप भयावह हुन नदिन पेरिस जलवायु सम्झौता गरिएको हो ।      सहमतिलाई फ्रान्सले सन् २०१६ भित्रै प्रयोगमा ल्याउने बताउ ... बाँकी अंश»

दक्षिण कोरियामा रेल दुर्घटना एकको मृत्यु आठ घाइते

२०७३ बैशाख १० शुक्रबार, सोल । दक्षिण कोरियामा शुक्रबार बिहान सबेरै भएको एक रेल दुर्घटनामा परी एक मृत्यु भएको योनहाप समाचार समितिले जनाएको छ । स्थानीय समयाअनुासर शुक्रबार बिहान ३:४१ का रेलको डिब्बा पटरीबाट छुट्टिएर सो दुर्घटान भएको बताएको छ । सो दुर्घटनामा रेलको इन्जिनसम्बन्धि एक इन्जिनियरको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका छन्.। उक्त रेलमा चालक दलका सदस्यसहित २७ जना यात्रु सवार रहेका जनाइएको छ । सो दुर्घटनामा घाइते भएका मध्ये छ जना सामान्य उपचारपछि घर फर्किएका र अ ... बाँकी अंश»

इक्वेडर भूकम्पमा २७ विदेशी नागरिकको मृत्यु

२०७३ बैशाख १० शुक्रबार, क्विटो । इक्वेडरको तटिय क्षेत्रमा गत हप्ता गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिहरुमा २७ विदेशी नागरिकसमेत रहेका छन् । सो भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २७ जना विदेशी नागरिकसहित ५८७ पुगेको इक्वेडर सरकारले बिहीबार जानकारी दिएको छ । सरकारद्वारा जारी पछिल्लो प्रतिवेदनअनुसार भूकम्पमा परी मृत्यु हुने व्यक्तिहरुमध्ये ५३९ जना भने परिचय खुलेको र परिवारजनले ती व्यक्तिहरुको शव बुझेका बताइएको छ    तर ४८ शवको भने परिचय खुल्नक ... बाँकी अंश»

खाडी मुलुकहरुसँग सहयोग माग्दै ओबामा

२०७३ बैशाख १० शुक्रबार, रियाद (साउदी अरब)। अमेरिकी राष्ट्रपति बाराक ओबामाले साउदी अरबमा खाडी मुलुक राष्ट्र प्रमुखलगायतका नेतालाई बिहीबार भेटेका छन् । अमेरिका र खाडी मुलुक तेलको मूल्यमा भएको गिरावटलाई उकास्न सँगसँगै काम गर्ने र तेलको मूल्यमा आएको गिरावटबाट परेका असरलाई विस्तारै कम गर्दै जाने अमेरिकी राष्ट्रपति ओबामाले रियादमा खाडी मुलुकका नेतासँगको भेटमा बताए ।    अमेरिका र खाडी राष्ट्रहरुले छिट्टै आर्थिक विषयमा उच्चस्तरीय वार्ता गर्ने र यसले तेलको मूल्यमा देख ... बाँकी अंश»

मेक्सिकोको तेल कारखानामा परी मृत्यु हुनेको सङ्या १३ पुग्यो

२०७३ बैशाख ९ बिहिबार, मेक्सिको सिटी । दक्षिणपश्चिमी मेक्सिकोमा अवस्थित एक तेल कारखानामा भएको भीषण विस्फोटनमा परी १३ कामदारको मृत्यु भएको छ भने करीब ३० जना अन्य घाइते भएका यहाँको सरकारले बुधबार बताएको छ ।    तेल कारखाना इनर्जी जाइन्ट पेमेस्का अधिकारी र भेराक्रुज राज्यका गभर्नर जाभिएर डुआर्तेले जानकारी दिए अनुसार व्यस्त कारखानामा विस्पोट हुँदा कारखानामा कार्यरत करीव तीन दर्जन कर्मचारी घाइते भएका छन् ।    कारखानामा भएको भीषण विस्फोटपछि लागेको आगो निभाउन अग ... बाँकी अंश»

नयाँ