विश्व

पुटिनले लिए शपथ, मेदभेदेभलाई पुनः प्रधानमन्त्रीमा प्रस्ताव

२०७५ बैशाख २४ सोमबार, मस्को, रूस । पुटिनले चौँथो कार्यकालको नेतृत्वका लागि सोमबार सपथ ग्रहण गरेका छन् । सपथपछि राष्ट्रपति पुटिनले रूसको संविधानमाथि हात राखी भने, “रूसका लागि सम्भव हुनै सबैकुरा गर्नु मैले मेरो कर्तव्य र जीवनको लक्ष्यका रूपमा लिएको छु ।” नयाँ कार्यकाललाई वातावरण र रूसी जनताको जीवनस्तर सुधारमा प्रयोग गर्ने उनले बताए । ... बाँकी अंश»

यौन हिंसा प्रकरणपछि नोबेल सहित्य पुरस्कार समितिका सदस्यलाई बिदा बस्न अनुमति

२०७५ बैशाख २४ सोमबार, स्टकहोम । नोबेल साहित्य पुरस्कार प्रदान गर्ने स्विडेनी एकेडेमीले आफ्ना चार जना सदस्यलाई बिदा बस्न अनुमति दिएको छ । परम्परागत रुपमा स्थायी सदस्यमा नियुक्त भएका चार जना सदस्यलाई यौनिक हिंसा प्रकरणमा मुछिएपछि पुरस्कार समितिको सदस्यका रूपमा विदामा रहन सोममार एकेडेमीले अनुमति दिएको हो । ... बाँकी अंश»

हवाई कार्वाहीमा ४९ आतङ्ककारी मारिए

२०७५ बैशाख २४ सोमबार, काबुल ।अफगानिस्तानका विभिन्न प्रान्तमा गत २४ घण्टाभित्र गरिएका छुट्टाछुट्टै इलाकामा गत २४ घण्टाभित्र आतङ्ककारीविरुद्ध गरिएको हवाई कारबाहीको क्रममा कम्तीमा ४९ जना आतङ्ककारी मारिएको खबर छ । ... बाँकी अंश»

विषाक्त मदिरा सेवनबाट एघारको मृत्यु

२०७५ बैशाख २४ सोमबार, न्हेमपेन्ह । कम्बोडियाको पूर्वी प्रान्तको क्रिटिए क्षेत्रमा चामलबाट बनेको घरेलु मदिराको सेवनबाट कम्तीमा ११ व्यक्तिको मृत्यु भएको समाचार छ ।कम्बोडियाको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यस्तो मदिरा विषाक्त भएकोले उक्त मदिराको सेवन गर्ने ११ जनाको ज्यान गएको जनाइएको छ । ... बाँकी अंश»

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण स्थगित र कार्यान्वयन

२०७५ बैशाख २४ सोमबार, सोल । उत्तर कोरियाले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने घोषणा कार्यान्वयन गरेको जनाएको छ । उसले तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र पनि बन्द गराएको थियो । कोरियाली नेता किम जोङ उनले घोषण गरे बमोजिम नै यही अप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको कार्य बन्द गरेको थियो । ... बाँकी अंश»

गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता

२०७५ बैशाख २४ सोमबार, इस्लामावाद ।पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा गोली प्रहार भएको थियो । तर उनि खतरामुक्त रहनुभएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । निर्वाचनको प्रचारका लागि लाहोर क्षेत्रमा आफ्नो दलको कार्यक्रममा सहभागी भइरहेका बेला उनिमाथि गोली प्रहार भएको थियो । ... बाँकी अंश»

यस्तो छ तीन सय मृत्युदण्ड देखेकी महिलाको कथा 

२०७५ बैशाख २४ सोमबार, काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा अन्य राज्यको तुलनामा अत्यधिक मृत्युदण्ड दिने गरिन्छ । यो राज्यकी एक पूर्व कर्मचारीले तीन सयभन्दा बढी मृत्युदण्डको सजाय देखिसकेकी छिन् । यसले आफ्नो जीवनमा पारेको प्रभावबारे मिचेल लियोनले त्यसको प्रभावहरुबारे बताएकी छिन् ।  ... बाँकी अंश»

प्रधानन्यायाधीश मिश्रको महाभियोग अब सर्वोच्चमा 

२०७५ बैशाख २४ सोमबार, काठमाडौं । भारतमा प्रधानन्यायाशीश दीपक मिश्रलाई महाभियोग लगाउने मुद्दा अब सर्वोच्च अदालतमा पुगेको छ । काँग्रेस आइका सांसदहरुले प्रधानन्यायाशीश मिश्रलाई महाभियोग लगाउन उपराष्ट्रपति बेंकैया नायडूलाई पत्र बुझाएकामा नायडूले खारेज गरेका थिए ।  ... बाँकी अंश»

चौथो कार्यकालको शपथ लिँदै गरेका पुटिनका के के छन् चुनौतीहरु ?

२०७५ बैशाख २४ सोमबार, मस्को । रसियाको राष्ट्रपति पदमा भ्लादिमिर पुटिनले चौथो कार्यकालका लागि शपथ ग्रहण गर्दैछन् । गएको मार्च महिनामा राष्ट्रपति निर्वाचनमा निर्वाचित भएसँगै उनले सोमबार शपथ लिन लागेका हुन् ।  ... बाँकी अंश»

अफगानिस्तान अपहरित विदेशी भारतीय इन्जिनियर

२०७५ बैशाख २३ आइतबार, पुल–ए–खुमरी, अफगानिस्तान। अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले अपहरण गरेका छ जना भारतीय इन्जिनियर भएको अफगानी अधिकारीले बताएका छन्। ... बाँकी अंश»

पाकिस्तानी गृहमन्त्री माथि गोली प्रहार

२०७५ बैशाख २३ आइतबार, इस्लामावाद, पाकिस्तान। पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ। इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनी अहिले खतरामुक्त रहेको बताए। खानले भने, “गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको छ। इकबाल खतरामुक्त हुनुहुन्छ।” ... बाँकी अंश»

काश्मिरमा सेनाले चलाएको गोली लागि एक प्राध्यापकसहित १० जना मारिए

२०७५ बैशाख २३ आइतबार, श्रीनगर, भारत प्रशासित काश्मिर । भारत प्रशासित काश्मिरमा सेनाले चलाएको गोली लागि काश्मिरी क्षेत्रमा सक्रिय विद्रोही संगठनको निकट मानिने एक प्राध्यापकसहित १० जना मारिएका भारतीय प्रहरीले जनाएको छ । ... बाँकी अंश»

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

२०७५ बैशाख २३ आइतबार, पेरिस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो भनी टिप्पणी गरेका थिए । ... बाँकी अंश»

नासाद्वारा मङ्गल ग्रहमा ‘इनसाईट’ नामक यान प्रक्षेपण, मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्ने

२०७५ बैशाख २२ शनिबार, लोम्पोक, संयुक्त राज्य अमेरिका। अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक पछिल्लो यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ। उक्त यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्न केन्द्रित हुने  पहिलो यान हुनेछ। ... बाँकी अंश»

रूसी प्रतिपक्षी नेता नाभाल्नीसहित ३ सय ५० पक्राउ

२०७५ बैशाख २२ शनिबार, मस्को, रूस। रूसको राजधानी मस्कोको मध्यभागमा राष्ट्रपति भ्लादिमिर पुटिनले चौथो कार्यकाल सम्हाल्न केही दिन बाँकी रहँदा उनको विरूद्ध निकालिएको जुलुसमा सहभागी भएको आरोपमा रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नी, निकोलाई ल्यासकिनसहित कम्तिमा ३५० जना प्रदर्शनकारीलाई शनिबार पक्राउ गरिएको छ। ... बाँकी अंश»

पाकिस्तानी निर्वाचन एलियनद्वारा गराइने छ : प्रधानमन्त्री अब्बासी

२०७५ बैशाख २२ शनिबार, इस्लामावाद, पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासीले पाकिस्तानमा हुन गइराखेको आम निर्वाचन ‘एलियन’ शक्तिबाट गराइने बताएका छन् । ... बाँकी अंश»

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

२०७५ बैशाख २२ शनिबार, सोल ।दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय भएको छ । दुई कोरियाका शिर्ष नेताकाबीचमा भएको शिखर सम्मेलनका बारेमा मुन र ट्रम्पका बीचमा अमेरिकाको वासिङटनमा भेटवार्ता हुन लागेको हो । ... बाँकी अंश»

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

२०७५ बैशाख २२ शनिबार, वासिङटन । अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ । सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ । ... बाँकी अंश»

कुवेतमा एक बर्षमा ७० हजार सडक दुर्घटना, मोबाईल फोन प्रमुख कारण

२०७५ बैशाख २२ शनिबार, कुवेती सिटी। कुवेतको आन्तरिक मन्त्रालयले सन् २०१७ मा ७० हजार ६ सय ८७ सडक दुर्घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ। मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ती दुर्घटनामध्ये ४ सय २८ दुर्घटनामा मानवीय क्षति भएको छ। ... बाँकी अंश»

माक्र्सवादलाई चीनले थप उचाइमा लग्नेछ : राष्ट्रपति सी

२०७५ बैशाख २१ शुक्रबार, बेइजिङ, चीन। विश्वकै ठूलो मानिने चिनियाँ कम्युनिष्ट पार्टीले कार्ल माक्र्सको २०० औँ जन्मजयन्तीको अवसरमो चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार चीनले माक्र्सवादलाई अनुसरण गरिरहने बताएका छन्। ... बाँकी अंश»

नयाँ