विश्व

खाडी मुलुकहरुसँग सहयोग माग्दै ओबामा

२०७३ बैशाख १० शुक्रबार, रियाद (साउदी अरब)। अमेरिकी राष्ट्रपति बाराक ओबामाले साउदी अरबमा खाडी मुलुक राष्ट्र प्रमुखलगायतका नेतालाई बिहीबार भेटेका छन् । अमेरिका र खाडी मुलुक तेलको मूल्यमा भएको गिरावटलाई उकास्न सँगसँगै काम गर्ने र तेलको मूल्यमा आएको गिरावटबाट परेका असरलाई विस्तारै कम गर्दै जाने अमेरिकी राष्ट्रपति ओबामाले रियादमा खाडी मुलुकका नेतासँगको भेटमा बताए ।    अमेरिका र खाडी राष्ट्रहरुले छिट्टै आर्थिक विषयमा उच्चस्तरीय वार्ता गर्ने र यसले तेलको मूल्यमा देख ... बाँकी अंश»

मेक्सिकोको तेल कारखानामा परी मृत्यु हुनेको सङ्या १३ पुग्यो

२०७३ बैशाख ९ बिहिबार, मेक्सिको सिटी । दक्षिणपश्चिमी मेक्सिकोमा अवस्थित एक तेल कारखानामा भएको भीषण विस्फोटनमा परी १३ कामदारको मृत्यु भएको छ भने करीब ३० जना अन्य घाइते भएका यहाँको सरकारले बुधबार बताएको छ ।    तेल कारखाना इनर्जी जाइन्ट पेमेस्का अधिकारी र भेराक्रुज राज्यका गभर्नर जाभिएर डुआर्तेले जानकारी दिए अनुसार व्यस्त कारखानामा विस्पोट हुँदा कारखानामा कार्यरत करीव तीन दर्जन कर्मचारी घाइते भएका छन् ।    कारखानामा भएको भीषण विस्फोटपछि लागेको आगो निभाउन अग ... बाँकी अंश»

इक्वेडरमा ५२५ मृत्यु ५ हजार भन्दा बढी घाइते

२०७३ बैशाख ९ बिहिबार, क्विेटा । इक्वेडरको तटिय क्षेत्रमा गत शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५२५ पुगेको छ । साथै यस भूकम्पबाट अन्य ५ हजार ७३३ जना घाइते भएका छन् । यस भूकम्पमा अझै पनि १६३ जना वेपत्ता रहेका पनि ती अधिकारीहरले जानकारी दिएका छन् ।    अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी हालसम्म ५२५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५ हजार ७३३ जना घाइते भएका सरकारी अधिकारीहरुले बिहीबार ... बाँकी अंश»

महाअभियोग विरुद्ध बोल्न रुसेफलाई राष्ट्रसङ्घीय समारोह महत्वपुर्ण

२०७३ बैशाख ९ बिहिबार, ब्रार्सिलिया । संयुक्त राष्ट्रसङ्घद्वारा आयोजित विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी समारोहमा भाग लिन ब्राजिलकी राष्ट्रपति दिल्मा रुसेफ शुक्रबार न्युयोर्क जाने ब्राजिलको राष्ट्रपति कार्यालयले खुलासा गरेको छ । यसअघि विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धी ठूलो सम्मेलनको आयोजना भएको थियो । सो सम्मेलनले यस वर्ष ‘यु्एन पेरिस एग्रिमेन्ट’मा हस्ताक्षर गर्ने गराउने निधो गरेको थियो ।    राष्ट्र सङ्घको अग्रसरतामा गतवर्ष आयोजित तेस्रो शिखर स ... बाँकी अंश»

मेक्सिकोको तेल कम्पनीमा शक्तिशाली विष्फोट, ३ को मृत्यु

२०७३ बैशाख ९ बिहिबार, एजेन्सी । दक्षिण पूर्वी मेक्सिकोको वेराक्रुज राज्यको एक तेल कम्पनीमा भएको शक्तिशाली विष्फोटमा तीन जनाको मृत्यु भएको छ । एक सय ३६ जना घाइते भएका छन् । विष्फोट कोटजाकोलोस स्थित सरकारी तेल कम्पनी पेमेक्समा भएको हो । स्थानीयलाई सुरक्षित स्थानमा सारिएको र सबै स्कुलहरु बन्द गरिएको अधिकारीहरुले बताएका छन् ।    विष्फोटबाट लागेको आगो नियन्त्रणमा आएको र निस्किएको धुँवा कम हुँदै गएको बताइएको छ । यस्तै, वातावरणमा विषालु ग्याँस फैलने खतरा समेत कम भएको छ ... बाँकी अंश»

ओबामालगायत युरोपेली नेताबीच सोमाबार जर्मनीमा भेट हुने

२०७३ बैशाख ८ बुधबार, पेरिस (फ्रान्स) । अमेरिकी राष्ट्रपति बाराक ओबामालगायतका युरोपेली नेताहरुबीच सोमबार जर्मनीको ह्यानओभरमा अनौपचारिक भेट हुने भएको फ्रान्सले बुधबार जनाएको छ । भेटका क्रममा अमेरिकी राष्ट्रपति ओबामा, फ्रेन्च राष्ट्रपति फ्रास्वा अलान्द, जर्मन चान्सलर एन्जेला मर्केल, इटालीका प्रधानमन्त्री भटेओरेन्जी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनबीच अनौपचारिक भेट हुनेभएको फ्रान्सको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।    भेटका क्र ... बाँकी अंश»

युरोपमा कानुनी शासनमा संकट गहिरियो

२०७३ बैशाख ८ बुधबार, ब्रसेल्स । दुईवटा विश्वयुद्ध खेपेका युरोपेली मुलुकहरुले एकीकरण र आपसी सहयोगको मद्दतबाट विश्वमै सबैभन्दा ठूलो परीक्षण गरे, र साझा स्वतन्त्रताको अवधारणा प्रयोगमा ल्याए । तर, दशकौंदेखि युरोपमा महत्वपूर्ण उपलब्धि हासिल भएपनि युरोपेली परियोजना अहिले विघटनको जोखिममा छ । सुल्झन नसकेको आर्थिक संकट, शरणार्थी संकट, खस्कदो सुरक्षा वातावरण र रोकिएको एकीकरण प्रक्रियाले युरोपभर नै विषालु काँडाको रुप लिँदैछ, र अस्थिर राजनीतिक वातावरणले जरा गाड्दैछ जहाँ राष ... बाँकी अंश»

टर्कीलाई इयुभन्दा इयुलाई टर्की बढी आवश्यक छ : राष्ट्रपति एर्डोगान

२०७३ बैशाख ७ मंगलबार, अङ्कारा (टर्की) । टर्कीलाई युरोपियन युनियन (इयु)भन्दा बढी इयुलाई टर्कीको आवश्यकता हुने अङ्कराले जनाएको छ । मङ्गलबार टर्कीका राष्ट्रपति टेसेप तैयप एर्डोगानले इयु संसद्को हालै आएको प्रतिवेदनप्रति लक्षित गर्दै इयु संसद्को पछिल्लो प्रतिवेदनप्रति लक्षित गर्दै इयु संसद्को पछिल्लो प्रतिवेदन अङ्कराको विधिको शासनविरुद्धको अभिव्यक्ति भएको बताए ।    “टर्कीलाई इयुकोजति आवश्यकता पर्छ त्योभन्दा बढी इयुलाई टर्कीको आवश्यकता पर्छ ”–राष्ट्रपति ए ... बाँकी अंश»

काबूल आक्रमणमा २८को मृत्यु, तालिवानले लियो जिम्मेवारी

२०७३ बैशाख ७ मंगलबार, इस्लामाबाद। अफगानिस्तानको राजधानी काबूलमा स्थानीय समयाअनुसार मङ्गलबार बिहान ८: ३० बजे भएको आतङ्ककारी आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ । तालिवान आतङ्ककारी समूहले आक्रात्मक कारबाही बढाउने भनिएको एक हप्तापछि सो आक्रमण भएको छ । हालसम्म प्राप्त समाचारअनुसार यस आक्रमणमा परी २८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३२७ जना भन्दा बढी घाइते भएको छन् । बिशिष्ठ ब्यक्तिहरुको सुरक्षा हेर्ने बिभागको गेटमा आत्मघाती बिष्फोट गराईएको थियो। ट्र ... बाँकी अंश»

अफगानिस्तानको कावुलमा विष्फोट, थुप्रै हताहती भएको अनुमान

२०७३ बैशाख ७ मंगलबार, एजेन्सी । अफगानिस्तानको राजधानी कावुलमा आत्मघाती विष्फोट भएको छ । विष्फोटले  थुप्रै हताहती भएको र क्षतिको विवरण आउन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् । घटनाको जिम्मा तालिवानले लिएको छ । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले घटनाको जिन्दा गरेका छन् । घटनास्थल वरिपरी शतर्कता अपनाइएको छ । घटनामा परी थुप्रै घाइते भएका समाचार संस्था एपीले जनाएको छ ।  ... बाँकी अंश»

इक्वेडरमा भूकम्पमा परि मृत्यु हुनेको संंख्या २७० पुग्यो

२०७३ बैशाख ६ सोमबार, मान्टा  । ल्याटिन अमेरिकी देश इक्वेडरको तटिय क्षेत्रमा गत शनिबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २७० भन्दा बढी भएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था अनुसार ७.८ रिक्टर स्केलको मापन गरिएको यो भूकम्पमा परी कम्ती दुई हजार पाँच सय व्यक्ति घाइते भएका छन् ।    भवन भग्नावशेषमा कैयौ व्यक्ति पुरिएर रहेको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । राजधानी क्विटोबाट १ सय ६० किलोमिटर टाढा रहेको म्युसिनी सहरलाई क ... बाँकी अंश»

सुकीको आदेशमा ८३ आस्थाका बन्दी मुक्त

२०७३ बैशाख ६ सोमबार, याङ्गुन। म्यानमारको नयाँ वर्षको पहिलो दिन यहाँ ८३ जना आस्थाका बन्दीहरू मुक्त भएका छन् । उनीहरुलाई म्यानमारका राष्ट्रपतिको आदेशबाट मुक्त गरिएको बताइएको छ । यसवर्ष म्यानमारको नयाँवर्ष अप्रिल १७ बाट सुरु भएको र राष्ट्रिय मेलमिलाप कायम गर्न तथा म्यानमारका जनताका हृदयमा शान्ति छाइरहोस भन्ने शुभकामनाका साथै राजनीतिक विवादमा मुछिएर आस्थाका बन्दी बनाइएका मध्ये ८३ जनालाई क्षमादान गरी मुक्त गरिएको राष्ट्रपतिको आदेशमा उल्लेख छ ।    गत अप्रिल ८ का ... बाँकी अंश»

जापानमा बारम्बार गएको शक्तिशाली भूकम्पबाट ४१ को मृत्यु

२०७३ बैशाख ५ आइतबार, मिनामी आसो (जापान)  । जापानको दक्षिण भूभागमा केही दिनयता बारम्बार गएको भूकम्पबाट कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ ।    गत बिहीबार राती र शनिबार बिहानीपख गएका ती शक्तिशाली भूकम्पमा परी ४१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना बेपत्ता भएका बताइएको छ ।    कुमामोतो क्षेत्र भारी बर्षा हुने भविष्यवाणी गरिएको छ । लगातार आएको पराकम्पनबाट पहिरो गएको र थप पहिरो जाने त्रास पनि बढेको जनाइएको छ    क्युसु क्षेत्रमा नै शनिबार बिहान ७.० रिक्टर ... बाँकी अंश»

इक्वेडर भूकम्पमा मृत्यु हुनेको संख्या ७७ पुग्यो

२०७३ बैशाख ५ आइतबार, क्विटो । इक्वेडरको तटिय क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार सो भूकम्प ७.८ रिक्टर स्केलको रहेको छ । हालसम्म यस भूकम्पमा परी कम्तीमा ७७ जनाको मृत्यु भइसकेको उप राष्ट्रपति जर्ज ग्लासले बताए । स्थानीय समयअनुसार शनिबार साँझ १८:५८ मा आएको सो भूकम्प मुलुकको उत्तरपश्चिम तटिय क्षेत्रको आसपास इलाकामा १९ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको समेत युएसजिएसले जनाएको छ ।    इक्वेडर सरकारले रा ... बाँकी अंश»

ममाथि महाभियोग लगाएर विपक्षीहरुले सत्ता हात लिन खोज्दैछन् : राष्ट्रपति रुसेफ

२०७३ बैशाख ५ आइतबार, ब्रासिलिया(ब्राजिल) । ब्राजिलका राष्ट्रपति दिल्मा रुसेफले आफूमाथि प्रतिपक्षले लगाएको सबै आरोप अधारहीन भएको र आफूमाथि महाभियोग लगाएर आफ्ना विपक्षीहरुले सत्ता हात लिन चाहेको शनिबार बताएकि छन् । आफ्नो सरकारले भ्रष्टाचारीविरुद्धको अभियानलाई अगाडि बढाएपछि उनीहरुमाथि लागेको भ्रष्टाचार आरोपबाट उम्कन आफ्ना आलोचकले महाभियोगको प्रस्ताव ल्याउने तयारी गरेको रुसेफको दाबी छ ।    उनीहरु एउटा निर्दोष महिलालाई अपराधी बनाएर देशमा ब्याप्त भ्रष्टाचार ... बाँकी अंश»

ईक्वेडरमा ७.८ म्याग्निच्युडको भुकम्प, २८को मृत्यु

२०७३ बैशाख ५ आइतबार, एजेन्सी।दक्षिण अमेरिकी मुलुक ईक्वेडरमा ७.८ म्यागनेच्युडको भुकम्पले कम्तिमा २८ जनाको ज्यान गएको त्यहाँका उपराष्ट्रपतिले संचार माध्यमहरुलाई बताएका छन्।    राजधानी क्विटो बाट १ सय ६० किलोमिटर परको म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाउँदै ७.८ रेक्टर स्केलको भूकम्प गएको हो।   समुन्द्रि तटलाई खाली गर्ने कार्य शुरु भएको र शंकटकाल घोषणा गरिएको बताईएको छ। सुनामीको खतरालाई मध्यनजर गर्दै समुन्द्री तटबाट मानिसहरुलाई हटाउने बताईएको छ।    भू ... बाँकी अंश»

आप्रवासीको भावनालाई सम्मान गर्नुपर्छ : पोप फ्रान्सिस

२०७३ बैशाख ४ शनिबार, लेसबस (ग्रीस)। क्रिश्चियन धर्मगुरु फ्रान्सिस पोप शनिबार ग्रीसको लेसबसमा पुगी विभिन्न मध्यपूर्वी मुलुकबाट यहाँ आई शरण लिई बसोबास गर्दै आएका आप्रवासीलाई भेटेका छन् । लेसबसस्थित शरणार्थी शिविरमा बसोबास गर्दै आएका सयौँ आप्रवासी शरणार्थीलाई भेट गरेपछि प्रतिक्रिया दिँदै पोपले आप्रवासी शरणार्थी सङ्ख्या मात्र नभई फरकफरक कथा बोकेका मानिस भएकाले उनीहरुको भावनालाई सम्मान गर्नुपर्छ भने ।    उक्त अवसरमा धर्मगुरु फ्रान्सिसले शरणार्थीका रुपमा युरो ... बाँकी अंश»

पनामा दस्ताबेजले ल्याएको विश्वव्यापी तरङ्ग, कसले के भने !

२०७३ बैशाख ४ शनिबार, काठमाडौँ । पानामा दस्ताबेजमा दोषी देखाइएपछि विश्वका नेताहरूबाट प्रतिक्रिया आउन थालेको छ । कसैले नेतृत्वबाटै राजिनामा दिए भने धेरैले आफुहरू निर्दोष भएको भन्दै अरोपको खण्डन गरेका छन् । केहीले यस सम्बन्धमा अझै प्रतिक्रिया दिएका छैनन् । पनामा पेपर्स विवादमा मुछिएका विश्वका धनी तथा शक्तिशाली नेता, व्यापारीका फरक फरक धारणा आए । कतिपयले यसलाई आफ्नो छवि विगार्न अमेरिकाले गरेको आफुमाथिको षडयन्त्र भने त कसैले पानामा पेपर्सले गरेको दावीलाई आधारहीन बताए ... बाँकी अंश»

जापानमा अर्को शक्तिशाली भूकम्प, २१ को मृत्यु

२०७३ बैशाख ४ शनिबार, ओसाका । जापानको दक्षिण भूभागमा तीन दिनयतादेखि बारम्बार भूकम्प गएको समाचार छ । शनिबार बिहानीपख अर्को शक्तिशाली भूकम्प गएको र त्यसका कारण जनधनको ठूलो क्षति पुगेको छ । क्युसु क्षेत्रमा नै शनिबार बिहान ७.३ रिक्टर स्केलको अर्को शक्तिशाली भूकम्प गएको बताइएको छ । सो भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । एउटा स्थानीय भवनमा कैयौं व्यक्ति च्यापिएर रहेका बताइएको छ ।    रातिको समयमा भूकम्प आएपछि यसका कारण भाग्ने क्रममा सयौं व्यक्ति घाइते भ ... बाँकी अंश»

पनामा पेपर्स विवादपछि स्पेनी मन्त्रीले दिए राजीनामा

२०७३ बैशाख ४ शनिबार, म्याड्रिड (स्पेन) । अप्रिलको सुरुवातसँगै विश्वलाई तरङ्गित पारेको पनामा पेपर्स विवादका बीच स्पेनमा उद्योगमन्त्रीले आफ्नो पदबाट शुक्रबार राजीनामा दिएका छन् ।  दुई लाख १४ हजार अपतटीय कम्पनीहरूको बारेमा मोजाक फोन्सेका नामक पानामेली सेवा प्रदायक संस्थाद्वारा चुहाइएका सूचनाहरू रहेका पनामा पेपर्स एक करोड १५ लाख भन्दा बढी दस्तावेजको समष्टि रूप हो र यसले विभिन्न कम्पनीका निर्देशक एवम् लगानीकर्ताहरूको बारेमा सूचना सम्मिलित गरेको छ ।    पनामा पे ... बाँकी अंश»

नयाँ