विश्व

शान्तिवार्ता स्थगित नगर्न कुवेतका अमिरको आग्रह

२०७३ जेठ ५ बुधबार, कुवेत सिटी । कुवेतका अमिरले यमन सरकार र सो देशमा विद्रोह गरिरहेका विद्रोहीलाई वार्ता स्थगित नगर्न आग्रह गरेका छन् ।    यी दुई पक्षबीचको शान्तिवार्ताको आयोजना सो देशले गरेको हो । आफ्नो देशमा भइरहेको सो वार्ता स्थगित हुन लागेकोप्रति ध्यानाकर्षण भएको भन्दै वार्ता नरोक्न उनको यो आग्रह आएको हो ।    यमनको सरकारका प्रतिनिधि र सो देशमा विद्रोह गरिरहेका पक्षहरूको वार्ता स्थगित भएको समाचार मङ्गलबार मात्र आएको थियो । सो समाचारपछि उनको यो प्रतिक् ... बाँकी अंश»

बग्दादमा शृखलाबद्ध बम विस्फोट ६९ को मृत्यु, दर्जनौँ घाइते

२०७३ जेठ ५ बुधबार, बग्दाद । इराकको राजधानी बग्दाद र छिमेकी इलाकहरुमा अवस्थित बजार र रेष्टुराँमा मङ्गलबार भएको शृखलाबद्ध बम आक्रमणमा परी कम्तीमा ६९ व्यक्तिको मृत्यु भएको छ ।    चार छुट्टाछुट्टै इलाकामा आत्मघाती बम विस्फोटलगायतको बम आक्रमणहरु भएको थियो । उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । मङ्गलबार अपराह्न सो विस्फोटहरु भएको थियो ।    सिया मुसलमान समूदायको बलियो प्रभाव रहेको इलाकाहरुमा गरिएको यस आक्रमणको इस्लामिक स्टेट (आइएस) लडाकू सम ... बाँकी अंश»

इरान माथिको आर्थिक नाकाबन्दी खुलेसँगै तेल माग्दै नरेन्द्र मोदी

२०७३ जेठ ५ बुधबार, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसैहप्ता इरानको भ्रमणमा जाने कार्यक्रम रहेको छ । मोदीले इरानसँग व्यापारिक सम्झौताका लागि त्यसतर्फ जान लागेका हुन् ।    तेलको धनी यस देशमा विभिन्न देशले लगाएको आर्थिक नाकाबन्दी हालैमात्र फिर्ता गरेपछि भारतले पनि इरानसँग तेललगायतका विभिन्न आर्थिक क्षेत्रमा सम्झौता गर्ने बताइएको छ ।    भारत इरानले निर्यात गर्ने कच्चा तेलको दोस्रो ठूलो राष्ट्र हो । तर सन् २०११ मा उसमाथि नाकाबन्दी लगाइएपछ ... बाँकी अंश»

चिसिएको सम्बन्ध सुधार गर्न 'रि योङ हो' उत्तर कोरियाको नयाँ विदेशमन्त्रीमा नियुक्त

२०७३ जेठ ४ मंगलबार, सोल (दक्षिण कोरिया)। उत्तर कोरियाले नयाँ बिदेश मन्त्रीमा रि योङ होलाई नियुक्ति गरेको छ । दक्षिण कोरिया तथा अमेरिकासँग वार्ता अनुभव भएका रोजगार विज्ञ रिलाई प्याङयाङको विदेशमन्त्रीमा नियुक्त गरेको हो ।    दक्षिण कोरियाको बेलायतस्थित राजदूतावासले सोमबार पत्र पठाई विदेशमन्त्री नियुक्त गरिएको सम्बन्धमा बेलायती सरकारलाई जानकारी गराएको छ । रिले उत्तर कोरियाको उपविदेशमन्त्रीका रुपमा काम गरिसकेका छन् ।    केही दक्षिण कोरियाली विश्लेषकले ग ... बाँकी अंश»

जोन केरीको व्यस्तताका कारण पेरिसमा हुने मध्यपूर्व क्षेत्रीय सम्मेलन स्थगित

२०७३ जेठ ४ मंगलबार, पेरिस । इजरायल तथा प्यालेस्टिनी शान्ति प्रक्रियाका लागी आगामी मे ३० को लागि तय भएको मध्यपूर्वी क्षेत्रिय सम्मेलन स्थगित भएको छ ।    मङ्गलबार एक कार्यक्रमकाबीच मध्यपूर्वी दुई देश इजरायल तथा प्यालेस्टाइनको द्वन्द्व समाधानका लागी मे ३० का लागि तय भएको मध्यपूर्वी क्षेत्रीय सम्मेलन स्थगित भएको फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले बताए ।    अलान्दले भने, कार्यब्यस्तताका कारण अमेरिकी विदेशमन्त्री जोन केरी उक्त दिन सम्मेलनमा उपस्थित ह ... बाँकी अंश»

सन् २०१६ को चार महिनामा अफगानिस्तानबाट १ लाख १८ हजार व्यक्ति विस्थापित

२०७३ जेठ ४ मंगलबार, संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघ र मानव अधिकारवादीहरुका अनुसार अफगानिस्तानमा जारी द्वन्द्वको कारण यस बर्षको सुरुदेखि ४ महिनाभित्रमा एक लाख १८ हजार व्यक्ति विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका उप प्रवक्ताले सोमबार सो कुरा प्रष्ट पारेका छन् ।    अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा अप्रिल महिनामा मात्र २२ हजार ४ सय व्यक्ति विस्थापित भएका प्रवक्ता फर्हान हकले दैनिक समाचार सम्प्रेषणको क्रममा बताएका हुन् ।   अफगानिस्तानम ... बाँकी अंश»

अमेरिका, दक्षिण कोरिया र जापानले पहिलो संयुक्त क्षेप्यास्त्र विरोधी अभ्यास गर्ने

२०७३ जेठ ३ सोमबार, सोल । अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाको आणविक हतियारको चेतावनीलाई सामना गर्ने उद्देश्यकासाथ आगामी महिनादेखि दक्षिण कोरियामा संयुक्त रुपमा पहिलो पटक क्षेप्यास्त्र विरोधी अभ्यास थाल्ने सोलका अधिकारीले सोमबार बताएका छन् ।    सोलको रक्षा मन्त्रालय स्रोतका अनुसार अमेरिकी नेतृत्वको सेनाले प्रशान्त महासागरको किनारास्थित हवाईमा गर्दै आएको सामुद्रिक सुरक्षाअभ्यासक्षेत्र नजीकै पानीभित्र जुन २८ मा गरिने उक्त अभ्यासमा उत्तरले गर ... बाँकी अंश»

केरीले सिरिया र लिबिया बैठक हुनुपूर्व साउदी अरबसँग वार्ता गर्ने

२०७३ जेठ ३ सोमबार, साउदी अरब । अमेरिकी विदेशमन्त्री जोन केरीले सिरिया र लिबियामा व्याप्त द्वन्द्वको स्थायी समाधानका लागि बैठक हुनुपूर्व वार्तामा अमेरिकी अडानलाई बल पुर्‍याउने उद्देश्यसाथ आइतबार साउदी अरबसँग कुराकानी गरेका छन् ।    अमेरिकाले सिरिया एवम् लिबियाको राजनीतिक सङ्कट हल गर्न रसियाविरुद्धको शक्ति पुष्टि गर्ने उद्देश्यका साथ अरब मुलुकसँग वार्ता गरेको हो ।    सिरियाली राष्ट्रपति बसर अल असदलाई सहयोग पुर्‍याउँदै आएको मस्को र असदविरोधी विद्रो ... बाँकी अंश»

कोमोरसको राष्ट्रपतिमा असोउमनी निर्वाचित

२०७३ जेठ ३ सोमबार, कोमोरस । कोमोरसमा सन् १९९९ मा कोमोरसका कार्यवाहक राष्ट्रपति तादत्रिदिने बेन सेड मासाउन्डेलाई ‘कु’ गरी सत्तामा पुगेका अजाली असोउमनी कोमोरसको नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित भएको कोमोरसको संवैधानिक अदालतका अध्यक्ष लुफी सोउला माइनेले आइतबार बताएका छन् ।    निर्वाचनमा व्यापक हिंसा तथा अनियमितता भएको भन्दै गएको महिनामा भएको राष्ट्रपति निर्वाचन केही ठाउँमा पुनः गरिएपछि आएको नतिजामा पनि असोउमनीले वर्तमान सत्ताधारी दलका नेता तथा उपराष् ... बाँकी अंश»

इजिप्टमा सयभन्दा बढी प्रदर्शनकारीलाई पाँच वर्षको काराबास सजाय

२०७३ जेठ २ आइतबार, कायरो (इजिप्ट) । इजिप्टको कायरोस्थित दुई अदालतले गएको महिनामा सरकारविरोधी शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका १०१ जना प्रदर्शनकारीलाई पाँच वर्षको काराबास सजाय तोकेको यहाँका अधिकारीले आइतबार बताएका छन् ।    अधिकारीका अनुसार इजिप्टको सन् २०१३ मा बनेको एक विवादित कानुनको आडमा उनीहरुलाई काराबासको सजाय तोकिएको हो । सन् २०१३ मा निर्माण गरिएको उक्त कानुनले सडक प्रदर्शनमाथि रोक लगाएको छ ।    सडक प्रदर्शनमा सहभागी भएको आर ... बाँकी अंश»

आत्मघाती आक्रमणमा २५ यमनी प्रहरी मारिए

२०७३ जेठ २ आइतबार, एडेन  । यमनको दक्षिणपूर्वी सहर मुकालामा आइतबार भएको एक आत्मघाती आक्रमणमा परी नयाँ भर्ना भएका कम्तीमा २५ यमनी प्रहरीको मृत्यु भएको छ । यस आक्रमणको इस्लामिक स्टेट (आइएस) ले दावी गरेका छन् ।    यसै हप्तामा आइएसले दाबी गरेको आतङ्ककारी आक्रमणमा यो दोस्रो भएको बताइएको छ । फुवाह जिल्लामा भएको यस आतङ्ककारी आक्रमणमा कम्ती ६३ जना घाइते भएको सरकारी स्रोतले जानकारी दिएको छ ।    आइएसले आफ्नो अनलाइनमार्फत यस आक्रमणमा उनीहरुको हात रहेको दाबी गरेका छन् ... बाँकी अंश»

दूई पत्रकार हत्या गर्ने हत्याराको खोजी तीव्र पारियो

२०७३ जेठ २ आइतबार, नयाँ दिल्ली । भारतमा गत बिहीबार र शुक्रबार भएको दुई जना पत्रकारको हत्याराको खोजी व्यापक मात्रामा भएको बताइएको छ । झारखण्डका वरिष्ठ प्रहरी अधिकारी उपेन्द्र प्रसादले पत्रकारका हत्याराको खोजीका लागि विशेष प्रहरी परिचालन गरिएको बताए ।    उनले भने – पत्रकारका हत्याराको खोजी जारी छ केही शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । भारतीय पत्रिका इन्डियन एक्सप्रेसले पत्रकारका हत्यारा पत्ता लगाएर कडाभन्दा कडा कारबाही गरिनुपर्ने भनी समाचार लेख ... बाँकी अंश»

इजरायल विरोधी आक्रमणमा २५ प्यालेस्टिनी बालबालिकाको मृत्यु : युनिसेफ

२०७३ जेठ २ आइतबार, जेरुसेलम । इजरायली विरोधी आक्रमणमा गएका तीन महिनाभित्र २५ जनाभन्दा बढी प्यालेस्टिनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्र सङ्घ बालबालिका कोष (युनिसेफ)ले बताएको छ ।    इजरायल विरोधी अभियानका क्रममा बितेका सात वर्षमा कैयौँ बालबालिकालाई कैदीका रुपमा राखिएको पनि युनिसेफले एक प्रतिवेदन जारी गर्दै शनिबार जनाएको छ । युनिसेफका अनुसार एक हजार ३०० भन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् । उनीहरु प्रायः वेस्ट बैंक र पूर्वी जेरुसेलममा भएका घटनामा पर ... बाँकी अंश»

बङ्गलादेशमा चट्याङका कारण ६४ जनाको मृत्यु

२०७३ जेठ २ आइतबार, ढाका (बङ्गलादेश) । बङ्गलादेशमा बिहीबार र शुक्रबार आँधीपूर्व परेको चट्याङमा परी ६४ जनाको ज्यान गएको यहाँका स्थानीय सञ्चारमाध्यमले शनिबार बताएका छन् ।    बङ्गलादेशको ग्रामीण इलाकामा परेको चट्याङका कारण मृत्यु हुनेमा प्राय हिउँदेबाली जम्मा गर्न खेतबारीमा काम गरिरहेका किसानहरु परेका बङ्गाली भाषाको पत्रिका प्रोथोम अलो र सामाकालले आफ्ना प्रकाशनमा उल्लेख गरेका छन् ।    मृतकको सङ्ख्याबारे स्वतन्त्र रुपमा पुष्टि भएको छैन । बङ्गलादेशी विज् ... बाँकी अंश»

किन पत्याएन दक्षिण कोरियाले किम जोङको नाटकिय उद्घोष ?

२०७३ जेठ १ शनिबार,     एजेन्सी। उत्तर कोरियाले गत हप्ता एउटा नयाँ प्रस्ताव ल्यायो– विश्वमा निशस्त्रीकरणमा सघाउने र दक्षिण कोरियासँग एकीकरण गर्ने । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीको कङ्ग्रेसलाई सम्बोधन गर्दै यस्तो प्रस्तावको घेषणा गरे ।    तर उनको यस्तो प्रस्तावप्रति विश्वमा कुनै नयाँ आशाको सञ्चार भने भएन । किनभने उत्तर कोरियाली नेताले यो आह्वान कम्तीमा पनि पाँच पटकको आणविक परीक्षणपछि गरेका हुन् । र उनका यसअघिका भाषणहरुमा शक्तिशाली आणवि ... बाँकी अंश»

भारतमा २४ घन्टाभित्र दुई पत्रकारको हत्या

२०७३ जेठ १ शनिबार, नयाँ दिल्ली । भारतको पूर्वी क्षेत्रमा गएको २४ घन्टाभित्रै दुई जना पत्रकारको हत्या भएको छ । बिहार र झारखण्डमा बिहीबार राति र शुक्रबार राति गरी दुई जना पत्रकारको हत्या भएको छ ।    पत्रकारका लागि असुरक्षित मानिने एक एसियाली देश भारतमा हुने गरेका पत्रकार विरुद्धको हिंसाको यो पछिल्लो शृंखला भएको सञ्चारमाध्यममा आएको छ । प्रहरी र स्थानीय सम्वाददाताहरुले दिएको जानकारी अनुसार २४ घन्टायता पूर्वी भारतीय क्षेत्रमा यी दुई सम्वाददाता अज्ञात व्यक्तिको ... बाँकी अंश»

अमेरिकी प्रतिरक्षा प्रणालीबाट युरोपमा पार्ने चूनौती विरुद्ध रसियाले सङ्घर्ष गर्छ : भ्लादिमिर पुटिन

२०७३ जेठ १ शनिबार, मस्को (रसिया) । रसियाले अमेरिकी प्रतिरक्षा प्रणालीका कारण युरोपमा पर्ने कुनै पनि चूनौतीका विरुद्ध सङ्घर्ष गर्ने बताएको छ ।     शुक्रबार रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिरक्षा प्रणालीबाट युरोपलाई पर्ने असरविरुद्ध कदम चाल्ने बताएका छन्  ।    अहिले क्षेप्यास्त्रविरोधी प्रणाली जडान भएका छन् र हामी युरोप र रसियाको सुरक्षार्थ यस चेतावनीलाई सामना गर्न कुनै पनि किसिमको कदम चाल्न तयार छौँ, राष्ट्रपति पुटिनको शब्दलाई उद् ... बाँकी अंश»

ग्रीस पुग्ने आप्रवासीको सङ्ख्यामा नाटकीयरुपमा कमी

२०७३ बैशाख ३१ शुक्रबार, जेनेभा (स्वीट्जरल्यान्ड)। टर्की तथा युरोपियन युनियन (ईयू) बीच भएको भनिएको विवादास्पद सहमतिपश्चात अप्रिल महिनामा विभिन्न एसियाली तथा अफ्रिकी मुलुकबाट शरणार्थीका रुपमा ग्रीस पुग्ने शरणार्थीमा व्यापक एवम् नाटकीयरुपमा कमी आएको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) ले शुक्रबार जनाएको छ ।    आईओएमका अनुसार मार्च महिनामा २६ हजार ९७१ आप्रवासी शरणार्थी ग्रीसको विभिन्न टापुमा पुगेका थिए । यो सङ्ख्यामा अप्रिल महिनामा ८८ प्रतिशतले गिरावट आएको छ । ... बाँकी अंश»

अन्तत: डिल्मालाई महाअभियोग लगाएर राष्ट्रपतिमा मिशेल टेमेयर

२०७३ बैशाख ३१ शुक्रबार, ब्रासिलिया। ब्राजिलका अन्तरिम राष्ट्रपतिमा मिशेल टेमेयर नियुक्ति भएका छन् । निवर्तमान राष्ट्रपति डिल्मा रुसेफविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावमाथि गत बुधबार भएको २० घण्टासम्मको छलफलपछि सो प्रस्ताव पारित भएको थियो र डिल्मालाई निलम्बन गरिएको थियो ।    डिल्मालाई निलम्बन गरिएपछि उपराष्ट्रपति टेमेयरलाई राष्ट्रपतिको पदभार सुम्पिएको छ । करिब एक महिना अघि रुसेफमाथि संसदको तल्लो सदन–‘च्याम्बर अफ डेप्युटिज’ का दुई तिहाई भन्दा बढी ... बाँकी अंश»

अङ्ग्रेजी पढ्न थाले चिनियाँ बालबालिका

२०७३ बैशाख ३१ शुक्रबार, बेइजिङ। पहिलेको तुलनामा धेरै चिनियाँ बालबालिकाले अङ्ग्रेजी भाषा पढ्न थालेको एक अध्ययनले देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको एक अध्ययनका अनुसार चीनका करिब ७० प्रतिशत बालबालिकाले अङ्ग्रेजी भाषा पढ्न थालेको पाइएको छ ।    चिनियाँ एक दैनिक पत्रिकाले उक्त सर्वेक्षणलाई उद्धृत गरी शुक्रबार दिएको समाचारमा यस्तो देखिएको उल्लेख छ । सो सर्वेक्षणअनुसार चीनका ६७.९ प्रतिशत बालबालिकाले उनीहरुको उमेर पाँच वर्ष पुग्नुअगावै अङ्ग्रेजी भाषा सिक्न थालेक ... बाँकी अंश»

नयाँ