प्रबिधि

दुई महिनापछि विश्वकै ठूलो कम्पनी बन्यो एप्पल

२०७५ माघ २४ बिहिबार, काठमाडौं । एप्पल पुनः विश्वको सबैभन्दा ठूलो बजार पुँजीकरण भएको कम्पनी बनेको छ । मंगलबार एप्पल माइक्रोसफ्टलाई पछि पार्दै सबैभन्दा मूल्यवान् कम्पनी बन्न पुगेको हो । ... बाँकी अंश»

एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने

२०७५ माघ २३ बुधबार, काठमाडौं। सर्वोच्च अदालतले एनसेल बिक्रीबापतको लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ। ... बाँकी अंश»

बालबालिकामा इन्टरनेटको लत, अभिभावक हैरान

२०७५ माघ २३ बुधबार, काठमाडौँ । दुई/तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान हुनुहुन्थ्यो । चार कक्षामा अध्ययनरत १२ वर्षीय उहाँको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेको उहाँले बताउनुभयो । छोराको पढाइप्रतिको वितृष्णा र एकोहोरो हुने बानीले उहाँ पहिले निजी अस्पतालमा जाँच गर्न पुग्नुभयो । त्यहाँको सिफारिशमा उहाँ अघिल्लो साता लगनखेलस्थित मानसिक अस्पताल आइपुग्नुभएको थियो । बालकको घरमा मात्रै नभएर विद्यालयमा समेत व्यवहार बदलिँदै गएको शिक्षकले बताउने गरेको उहाँले मानसिक रोग विशेषज्ञलाई बताउनुभयो । त्यहाँ आएपछि मात्र उहाँले छोरामा इन्टरनेटको लतले यस्तो समस्या आएको थाहा पाउनुभयो । ... बाँकी अंश»

प्रयागराजको कुम्भ : आस्थाको मात्रै होईन प्रविधिको समेत कुम्भमेला

२०७५ माघ २३ बुधबार, काठमाडौं । २०१९ मा प्रयागराजमा भएको कुम्भ मेला केवल आस्थाको लागि मात्रै सीमित छैन। ... बाँकी अंश»

नि:शुल्क स्मार्टफोन चाहनुहुन्छ ? यो चुनौती पूरा गर्नुहोस् 

२०७५ माघ २२ मंगलबार, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी  वानप्लसले आफ्ना प्रयोगकर्तालाई एक नयाँ चुनौती पेश गरेको छ । यो चुनौती पूरा गर्नेलाई कम्पनीले आफ्नो वानप्लस स्मार्टफोन निःशुल्क दिनेछ । सुन्दा निकै सहज लाग्ने यो काम वास्तवमा भने निकै कठिन छ ।  ... बाँकी अंश»

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने

२०७५ माघ २२ मंगलबार, काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ । ... बाँकी अंश»

अमेरिका र चीनले विश्वलाई कसरी बाँड्लान् इन्टरनेट ?

२०७५ माघ २२ मंगलबार, काठमाडौं । अबको पाँच वर्षमा दुई किसिमको इन्टरनेटको प्रयोग हुनेछ । एउटालाई चीनले नेतृत्व गर्नेछ भने अर्को अमेरिकाले गर्नेछ । वरिष्ठ पुँजीपतिको विभिन्न आँकलनअनुसार इन्टरनेटको विकास भिन्न किसिमको हुन गइरहेको हो । अहिले अघि सारिएको अवधारणालाई ‘स्पिल्न्टरनेट’ नाम दिइएको छ । यो अवधारणाअनुसार भविष्यमा इन्टरनेट दुई भागमा विभाजित हुनसक्ने बताइएको छ । यसलाई फरक नियामकले नियमन गर्नेछन् भने फरक किसिमको सेवाबाट सञ्चालित हुनेछन् । ... बाँकी अंश»

गुगलका ४६ प्रतिशत कर्मचारी भन्छन् – तलब सन्तोषजनक छैन

२०७५ माघ २२ मंगलबार, काठमाडौं । अल्फाबेटको गुगलका ४६ प्रतिशत कर्मचारीले कम्पनीको तलब सन्तोषजनक नरहेको बताएका छन् । कम्पनीले गरेको वार्षिक सवेक्षणको क्रममा ५४ प्रतिशत कर्मचारीले मात्र तलब सन्तोषजनक रहेको बताएका थिए । अघिल्लो वर्षको सर्वेक्षणमा कम्पनीका ६४ प्रतिशत कर्मचारीले तलब सन्तोषजनक रहेको बताएका थिए । ... बाँकी अंश»

स्मार्टफोनमा ब्याट्रि नटिक्ने र स्लो हुने समस्या छ ? तत्कालै परिवर्तन गर्नुहोस् यी सेटिङ

२०७५ माघ २१ सोमबार, काठमाडौं । स्मार्टफोनका प्रयोगकर्ताको संख्या विश्वभर बढ्दो क्रममा छ । यस्तोमा विभिन्न किसिमको सुविधाको लागि मानिसहरुले नयाँ नयाँ एपहरु इन्स्टल गर्ने गर्छन् । यसले स्मार्टफोनको स्पिड र ब्याट्रिमा पनि असर पर्न सक्छ । ... बाँकी अंश»

पहिलोपटक घट्यो स्मार्टफोनको व्यापार 

२०७५ माघ २० आइतबार, काठमाडौं । विश्वमा पहिलोपटक स्मार्टफोनको व्यापार घटेको छ । काउन्टर रिसर्चको आँकडाअनुसार सन् २०१८ मा पहिलोपटक स्मार्टफोनको व्यापार घटेको हो ।  ... बाँकी अंश»

ट्वीटरमा आउँदैछ एडिट गर्ने फिचर 

२०७५ माघ २० आइतबार, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमा अब गल्ती सुधार्ने मौका मिल्ने भएको छ । ट्वीटरले प्रयोगकर्ताको लागि एडिट गर्न सकिने फिचर्स ल्याउने तयारी गरेको हो ।  ... बाँकी अंश»

बिर्सिएर पनि नखोजौं गुगलमा यी कुरा

२०७५ माघ २० आइतबार, काठमाडौं । मानिस स्मार्ट होस् या नहोस् पछिल्लो समय उसको गोजीमा स्मार्ट फोन भने पक्कै हुने गरेको छ । फोर जी क्रान्तिको समयमा कसैलाई मोबाइल डाटा (इन्टरनेट प्याक) को चिन्ता पनि छैन । अहिले इन्टरनेटमा भिडियो हेर्ने र सर्च गर्नेको भिड लागेको छ । राम्रो विचार होस् या खुरापाती, दिमागमा सोच आउछ र स्क्रीनमा औलाहरु दगुर्न सुरु गर्छन् । ... बाँकी अंश»

फोरजी-एलटिइ सेवा विस्तार गर्न सम्झौता

२०७५ माघ २० आइतबार, काठमाडौँ ।नेपाल टेलिकमको फोरजी-एलटिइ सेवा विस्तारका लागि आज सम्झौता भएको छ । ... बाँकी अंश»

यस्तो आउँदैछ सामसुङको पट्याउन मिल्ने स्मार्टफोन

२०७५ माघ २० आइतबार, काठमाडौं । दक्षिण कोरियन कम्पनी सामसुङले ल्याउन लागेको पट्याउन मिल्ने स्मार्टफोनबारे एक भिडियो सार्वजनिक भएको छ । एक वेबसाइटमा भूलवश सो भिडियो सार्वजनिक भएको हो । ... बाँकी अंश»

जसले जोगी बन्न छाडिन् गुगलको जागिर

२०७५ माघ २० आइतबार, काठमाडौं । भनिन्छ संसारमा सबैभन्दा ठुलो कुरा आनन्द हो । आफ्नो मन खुसी हुनुभन्दा ठुलो अरु कुनै कुरा छैन । भारतकी एक साध्वी यसको राम्रो उदाहरण हुन् । ब्रह्मवादिनी देवी स्कन्द अहिले चर्चाको शिखरमा रहेकी छिन् । वराणसीमा परम धर्म संसद १००८ को आयोजना गर्ने तयारी भइरहेको छ । सो क्रममा उनी पनि सहभागी हुनेछिन् । यी साध्वी सबैभन्दा कम उमेरकी मात्र नभई आधुनिकताको पनि ज्ञान राख्ने साध्वी हुन् । ... बाँकी अंश»

साइबर अपराधमा युवा बढी

२०७५ माघ २० आइतबार, काठमाडौँ । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । ... बाँकी अंश»

२०२५ मा तीन चौथाइले मोबाइलबाट मात्र चलाउँछन् इन्टरनेट

२०७५ माघ १९ शनिबार, काठमाडौं । सन् २०२५ सम्म विश्वका तीन चौथाई मानिसले स्मार्टफोनबाट मात्र इन्टरनेटको प्रयोग गर्ने एक अध्ययनले देखाएको छ । सो अवधिसम्म समग्र प्रयोगकर्ताको ७२.६ प्रतिशत अर्थात् करिब ३ अर्ब ७० करोड मानिसले मोबाइलबाट इन्टरनेटको प्रयोग गर्नेछन् ।  ... बाँकी अंश»

पट्याउन सकिने ५जी स्मार्टफोन ल्याउँदै हुवावेई 

२०७५ माघ १९ शनिबार, काठमाडौं । हुवावेईले पट्याउन सकिने ५जी स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । समाचारमा बताइएअनुसार फेब्रुअरी २४ मा यो स्मार्टफोन सार्वजनिक हुने छ ।  ... बाँकी अंश»

वाईफाई सिग्नलबाट अब निस्किनेछ बिजुली, विना ब्याट्रि उपकरणलाई गर्न सकिन्छ चार्ज

२०७५ माघ १८ शुक्रबार, काठमाडौं । अब छिटै नै वाईफाई सिग्नलबाट नै बिजुली निकाल्न सकिने भएको छ । अमेरिकाको मेसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को वैज्ञानिकले एक यस्तो मेसिन बनाएका छन्, जसले वाईफाईको सिग्नललाई बिजुलीमा परिवर्तन गर्नेछ । ... बाँकी अंश»

संसारको जुनसुकै कुनाबाट पनि घरको विजुलीमा नियन्त्रण गर्ने एप विकास गरे जनकपुरका विद्यार्थीले

२०७५ माघ १८ शुक्रबार, जनकपुरधाम । प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा इन्जिनियरिंग पढिरहेका एक विद्यार्थीले मोबाइलको सहायताले घरको सबै स्वीचलाई नियन्त्रण गर्न सक्ने प्रविधिको विकास गरेका छन्। ... बाँकी अंश»

नयाँ