प्रबिधि

दुई मिनेटमै ह्याक हुन सक्छ एप्पल आइफोनको फेसआइडी

२०७६ श्रावण २७ सोमबार, काठमाडौं । एप्पलको आइफोनका सबैभन्दा महत्वपूर्ण फिचर फेस आइडी सबैभन्दा असुरक्षित बन्दै गएको छ । ... बाँकी अंश»

आईफोनको फेसआईडी असुरक्षित

२०७६ श्रावण २५ शनिबार, काठमाडौं। आईफोन निर्माता एप्पल आफ्ना प्रयोगकर्ताको गोपनीयताको विषयमा सधैं निकै महत्वपूर्ण नाम हो। तर, एप्पलको विषयमा पछिल्लो समय एक ठूलो सुरक्षा चुनौती देखिएको छ। एप्पलका लागि यो निकै महत्वपूर्ण समस्या हुनसक्छ। एक अनुसन्धानले आईफोनको सबैभन्दा लोकप्रिय फिचर फेस आईडीलाई झुक्याउन सकिने देखाएको छ। टेन्सेन्ट रिसर्चको एक टोलीले ग्लास र टेपको सहयोगमा फेसआईडी खोल्न सकिने बताएको छ। टीमले ब्ल्याक ह्याट सेक्युरेटी कन्फ्रेसमा यो समस्याबारे जानकारी दिएका हुन्।  ... बाँकी अंश»

तीन स्क्रिन भएको स्मार्टफोन ल्याउँदै एलजी

२०७६ श्रावण २४ शुक्रबार, काठमाडौं । स्मार्टफोन निर्माता एलजीले आफ्नो नयाँ डिभाइस ल्याएको छ । यसमा तीनओटा स्क्रिन हुनेछ । आईएफए २०१९ को पत्रकार सम्मेलनको लागि सार्वजनिक गरिएको टिजरमा एक झल्को दिइएको हो । २० सेकेण्डको टिजरमा एक एनिमेटेड सिंगल स्क्रिनमा भिडियो गेम चलिरहेको छ र यसमा सानो गेम कन्ट्रोलर र क्यामेरा आइकोन बनेको देखिन्छ । ... बाँकी अंश»

हावाहुरीले तीन जिल्लामा टेलिकम सेवा अवरुद्ध    

२०७६ श्रावण २४ शुक्रबार, खोटाङ । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । ... बाँकी अंश»

आज तीन पटक नेपाली आकाशमा नेपालको भूउपग्रह आउने

२०७६ श्रावण २२ बुधबार, नेपालले निर्माण गरेको नेपाली स्याट–१ एशिया काटेर अमेरिकाको प्रसान्त महासागरमा आज आइपुगेको नाष्टका सहायक अनुसन्धानकर्ता दिबोध लामिछानेले जानकारी दिए । “सो भूउपग्रह आज तीन पटक नेपाली आकाशमा आउने छ”, उनले भने, “दिउँसो १२:५२ मा आएर १२:५७ सम्म बस्यो, त्यसैगरी साँझ ७:२५ मा आएर ७:३० सम्म बसी पुन: राति ९:०२ मा आएर ९:०७ सम्म बस्ने भएको छ ।” सो भूउपग्रहले पृथ्वीको परिक्रमा ९० मिनेटमा एक पटक गर्ने छ । यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने बताइएको छ । ... बाँकी अंश»

ओपोले खोल्यो अस्ट्रेलियामा विश्वकै पहिलो फाइभजी होटल, यस्त छन् सुविधा

२०७६ श्रावण २२ बुधबार, सर्वसुलभ गेम– होटलमा रहेको फाइभजी गेमिङ स्विट मार्फत पाहुनाले आफ्नै हत्केलामा हाई एण्ड गेमिङ कम्प्युटरको अनुभव गर्न सक्छन् । प्रयोगकर्ताले सहजै पीसीमा वा फाइभजी स्मार्टफोनको सहायताबाट गेमको भण्डारसम्म आफ्नो पहुँच बनाइ आफूलाई पायक पर्ने स्थानबाट गेमिङको मज्जा लिन सक्छन् । ... बाँकी अंश»

सुबिसुको कार्यलयमा भिषण आगलागी

२०७६ श्रावण २२ बुधबार, गैरीधारा नजीक रहेको सुबिसुको कार्यालयमा आगलागी भएपछि यातायत तथा पैदलयात्री समस्यामा परेका छन् । अहिले ईटालीयन मोड, भाटभटेनी र गैरीधाराबाट सवारी साधनलाई डाईभर्सन गरिएको छ । जसले गर्दा यतिबेला खुर्सानीटार, भाटभटेनी हुदै चल्ने सवारी साधन चापमा चलिरहेको छ। ... बाँकी अंश»

नेपालमा रेडमी ७ ए सार्वजनिक, यस्ता छन् विशेषता

२०७६ श्रावण २१ मंगलबार, काठमाडौं । रेडमी ए सिरिज लाइनअपको रेडमी ७ ए नेपालमा सार्वजनिक गरिएको छ । रेडमी ६ ए लाई पूर्ण रुपमा अप्ग्रेड गरेर कम्पनीले रु ११,५०० देखि रेडमी ७ ए नेपाली बजारमा भित्र्याएको छ । यसमा क्वालकम स्न्यापड्रेगन ४३९ चिपसेट, ४००० एमएएच ब्याट्री, १२ एमपी सोनी क्यामेरा सेन्सर र म्याट फिनिस भएको यूनीबडी डिजाइन जस्ता विशेषताहरु रहेका छन् । ... बाँकी अंश»

नासाले खोज्यो ‘सुपर अर्थ’, पृथ्वीभन्दा ठूलो यो ग्रहमा बढ्यो जीवनको आशा

२०७६ श्रावण १९ आइतबार, काठमाडौं । वैज्ञानिकले जीवनको सम्भावना हुनसक्ने विशेषता भएको पहिलो ग्रह खोजेका छन् । यो ग्रह सौर्य मण्डलभन्दा बाहिर भेटिएको छ । यो हाम्रो पृथ्वीभन्दा ३१ प्रकाशवर्ष टाढा छ । यो ‘सुपर–अर्थ’ ग्रहलाई जीजे ३५७–डी नाम दिइएको छ । यो ग्रहको खोजी नासाको स्याटेलाइटबाट गरिएको हो । नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे स्याटेलाइटको माध्यमबाट यस वर्षको शुरुमा यो ग्रह खोजिएको हो । ... बाँकी अंश»

आगामी महीना आईफोन ११ सार्वजनिक गर्दै एप्पल, यस्ता छन् विशेषता

२०७६ श्रावण १८ शनिबार, काठमाडौं । एप्पलले आफ्नो नयाँ आईफोन सेप्टेम्बर महीनामा सार्वजनिक गर्ने भएको छ । एप्पलले आईफोन ११ का साथै नयाँ आईप्याड र नयाँ म्याकबुक सार्वजनिक गर्न लागेको हो । नयाँ आईप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ ।  ... बाँकी अंश»

अनगिन्ती ब्रह्माण्डको व्यापकता : वैज्ञानिकलाई अचम्मित पार्ने यी ३ यथार्थ 

२०७६ श्रावण १८ शनिबार, काठमाडौं। यो ब्रह्माण्ड, अनन्त र कति रहस्यले भरिएको छ त्यो जान्न निकै मुस्किल कुरा हो। यसको विशालता यति धेरै छ कि हामी मनुष्यहरुले यसको एकदमै कम हिस्सालाई मात्रै अहिलेसम्म जान्न र बुझ्न सकेका छौं। त्यसैमा पनि हामी विशालताको अनुभव गर्दछौं भने वास्तविक ब्रह्माण्डको विशालताबारे हामी अनुभव मात्रै गर्न सक्दछौं। यही ब्रह्माण्ड भित्र हामी कैयौं अचम्मको कुराहरु पाउन सक्छौं। तर, ब्रह्माण्डको रहस्यले सबैलाई अचम्मित पार्ने गरेको छ।  ... बाँकी अंश»

युवाले बनाए विश्वको सबैभन्दा सानो ल्यापटप, १ इन्चको स्क्रिन 

२०७६ श्रावण १८ शनिबार, काठमाडौं । एक युवाले विश्वको सबैभन्दा सानो ल्यापटप निर्माण गरेका छन् । पोल क्लिन्गर नामका युवाले १ इन्चको स्क्रिन भएको विश्वकै सानो ल्यापटप बनाएका हुन् । उनले थिंक टाइनी नामक मिनी ल्यापटप निर्माण गरेका हुन् ।  ... बाँकी अंश»

गुगलको सीईओ पदको लागि निकालियो विज्ञापन, लिंक्डइनले तोड्यो १० लाख मानिसको आशा

२०७६ श्रावण १७ शुक्रबार, काठमाडौं । गुगलमा काम गर्नु जो कोहीको सपना हुन्छ । यस्तोमा यदि कम्पनीको सीईओको लागि विज्ञापन आए जोसुकै मानिस पनि खुसी तथा आश्चर्यचकित हुनु स्वाभाविक हो । ... बाँकी अंश»

कुन मुलुकसँग कति छ सुपरकम्प्युटर ?

२०७६ श्रावण १५ बुधबार, काठमाडौं । सुपर कम्प्युटरको नाम सुन्नेबित्तिकै दिमागमा केही विशेष काम गर्ने कम्प्युटरको छवि बन्छ । वास्तवमा नै सुपरकम्प्युटर आधुनिक विश्वको विकासको लागि निकै महत्वपूर्ण कुरा हो । त्यसैले अहिले विश्वका धेरै मुलुक यसको विस्तारका लागि अघि बढिरहेका छन् । ... बाँकी अंश»

सामसुङ र हुवावेईलाई उछिन्दै रोयोलले बजारमा ल्यायो विश्वकै पहिलो पट्याउन मिल्ने स्मार्टफोन

२०७६ श्रावण १५ बुधबार, काठमाडौं । यस वर्ष विश्वभर पट्याउन मिल्ने किसिमको स्मार्टफोनको चर्चा उल्लेख्य मात्रामा भएको छ । आगामी दिनमा यस किसिमको स्मार्टफोनको संख्या व्यापक मात्रामा बढ्नसक्ने अनुमान गरिँदै आएको छ । सामसुङ र हुवावेईले यसअघि नै पट्याउन मिल्ने किसिमको स्मार्टफोन सार्वजनिक गरिसकेका छन् । ... बाँकी अंश»

फाइभजी कनेक्टिभिटीका साथमा आउनेछन् तीन आईफोन

२०७६ श्रावण १३ सोमबार, काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले सन् २०२० मा तीनवटा फाइभजी आईफोन ल्याउने भएको छ । यसअघि एप्पलले सन् २०२१ भन्दा अघि फाइभजी आईफोन नल्याउने समाचार आइरहेको अवस्थामा यस्तो समाचार बाहिरिएको हो । ... बाँकी अंश»

फेसबुकबाट टाढिदै युवा, ४५ कटेकाको बढ्यो आकर्षण

२०७६ श्रावण १२ आइतबार, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट ‘टिनएज’का युवा टाढा भइरहेको एक अध्ययनले देखाएको छ । कन्सल्टेन्सी इमार्केटरका अनुसार ६० वर्षका वृद्धको तुलनामा १६ वर्षका अमेरिकी फेसबुक कम मन पराउँछन् । ... बाँकी अंश»

मोबाइलमा ५ घण्टाभन्दा बढी समय बिताउनेमा मोटोपनाको खतरा 

२०७६ श्रावण ११ शनिबार, काठमाडौं । मोटोपना बढाउने एक कारण मोबाइलको अत्यधिक प्रयोग हुनसक्ने देखिएको छ । क्यालिफोर्नियाको सिमोन बोलिभोर युनिभर्सिटीको अध्ययनले दिनभर ५ घण्टा प्रयोग गर्दा मोटोपन बढ्ने खतरा ४३ प्रतिशतसम्म बढ्नसक्ने पाइएको छ । अध्ययनमा मोबाइलमा व्यस्त रहँदा शारीरिक गतिविधि नहुनु र धेरै खानेकुरा खानु पनि सामेल छ ।  ... बाँकी अंश»

सुरुभयो ५ जी स्मार्टफोनको बिक्री

२०७६ श्रावण १० शुक्रबार, शेन्जेन । चीनको प्रविधि कम्पनी हुवावेले शेन्जेन शहरमा पहिलो पटक फाइब–जी (५जी) स्मार्टफोनको व्यवसायिक प्रयोग शुरु गरेको छ । हुवावेको प्रधान कार्यालय समेत यही शहरमा रहेको छ । ... बाँकी अंश»

चर्चामा रहेको फाइभजी इन्टरनेट प्रयोगमा यस्ता छन् समस्या

२०७६ श्रावण ९ बिहिबार, काठमाडौं । पछिल्लो समय विश्वभर फाइभजीको चर्चा तथा विस्तारको क्रममा बढ्दो क्रममा छ । यस्तोमा यसले समाजमा तथा सम्बन्धित मुलुकमा पार्ने असरको विषयमा विभिन्न किसिमको चर्चा पनि चुलिँदै गएको छ । यस्तोमा अवस्थामा फाइभजीको प्रयोग गर्दा प्रयोगकर्ताले चाहि कस्तो समस्याको सामना गर्नुपर्छ त ? ... बाँकी अंश»

नयाँ