प्रबिधि

फ्रि वाइफाई म्याग्दी बनाउन बेलायतमा २५ लाख सङ्कलन

२०७३ कार्तिक १६ मंगलबार, बेनी । बेलायतमा रहेका म्याग्देलीले जिल्लालाई ‘फ्रि वाइफाई’ बनाउन देउसीभैलोमार्फत २५ लाखभन्दा बढी सङ्कलन गरेका छन् ।    म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)  युकेको दशौँ वार्षिकोत्सव तथा फ्रि वाइफाई अभियानका लागि रात्रिभोज कार्यक्रममा म्याग्देलीले देउसीभैलोमार्फत उक्त रकम सङ्कलन गरेको मोना युकेका पूर्व अध्यक्ष एवम् कार्यक्रम संयोजक योगकुमार फगामीले बताए ।    सहयोगदाताले म्याग्दीका सबै बस्तीमा इन्टरनेट प्रयोग गरेको छिट्टै देख ... बाँकी अंश»

टेलिकमको वाइमेक्स सेवा पचहत्तरै जिल्लामा

२०७३ कार्तिक ११ बिहिबार, काठमाडौँ । नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ ।    उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा यही कात्तिक ७ गतेदेखि हुम्लामा समेत यो सेवाको विस्तार गरेपछि अब ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको टेलिकमले जनाएको छ ।    वाइम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवामध्ये सब ... बाँकी अंश»

टेलिकमको एक्सचेन्ज रुपन्देहीमा

२०७३ कार्तिक १० बुधबार, काठमाडौँ ।  रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमले नयाँ एक्सचेन्ज सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका बीच  सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले सो एक्सचेन्जको उद्घाटन गरेका छन् । मन्त्री कार्कीले नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गरे ।   सो अवसरमा मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दै यस ... बाँकी अंश»

फेसबुक मार्फत पुस्तकालयलाई एक महिनामा डेढलाख भन्दा बढि सहयोग

२०७३ कार्तिक १० बुधबार, बागलुङ। धौलागिरी अंचलकै पुरानो पुस्ताकालय विद्यामन्दिर पुस्तकालय बागलुङको संस्थागत विकास अभियानमा फेसबुकका माध्यमबाट सहयोग गर्ने व्यक्तिको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ।   अभियान चलाइएको एक महिना भित्र १ लाख ८१ हजार सङ्कलन भएको पुस्तकालयले जनाएको छ। सो अभियानबाट संस्थागत विकास कोष रु दश लाख पु¥याउने लक्ष्य रहेको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए।   विसं २००३ मा स्थापित ऐतिहासिक पुस्तकालयका लागि देशविदेशबाट सहयो ... बाँकी अंश»

टेलिकमले पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने

२०७३ कार्तिक ७ आइतबार, काठमाडौँ । नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो ।    टेलिकमको प्रस्तावबमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड बैठकले फोर जी सेवा सञ्चालनका लागि अनुमति दिएको टेलिकमका प्रवक्ता मीनप्रसाद अर्यालले  जानकारी दिए । उनका अनुसार २०१७ जनवरी १ (१७ ... बाँकी अंश»

भारतमा बत्तिस लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्का

२०७३ कार्तिक ६ शनिबार, नयाँ दिल्ली (भारत)। भारतीय विभिन्न बैंकबाट वितरण गरिएका करिब ३२ लाख डेबिट कार्ड ‘ह्याक’ भएको आशङ्कामा आफ्ना ग्राहकहरुलाई कार्डको व्यक्तिगत पिननम्बर परिवर्तन गर्न सरकारी स्वामित्वमा सञ्चालित स्टेड बैंक अफ इन्डियालगायतका बैंकहरुले आग्रह गरेका छन् ।    बैंक अधिकारीले हजारौँ कार्डको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेका छन् भने कैयौँ अन्य कार्डलाई ह्याक भएको आशङ्कामा ब्लक गरिदिएको बताइएको छ । एटीएम नेटवर्कमा भाइरसको प्रभावका कारण समस्या आ ... बाँकी अंश»

फेसबकुले पुर्‍यायो प्रहरी फन्दामा

२०७३ कार्तिक ५ शुक्रबार, तेह्रथुम। फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा बहुविवाहको आरोपमा तेह्रथुमका दुई जोडी प्रहरीको फन्दामा परेका छन् । प्रहरीले घरमा श्रीमती हुँदा–हुँदै दोश्रो विवाह गर्ने म्याङलुङ्ग नगरपालिका–१ का भीमबहादुर कालिकोटे र उनकी कान्छी श्रीमती सम्झना दियाली तथा म्याङलुङ्ग नगरपालिका–१० का बलबहादुर तामाङ र उनकी कान्छी श्रीमती सीता पुन लाई पक्राउ गरेको हो ।   घरमा छोडेका श्रीमती र छोरा–छोरीलाई भुलेर फेसबुकको साइनोलाई विवाहमा परिणत ... बाँकी अंश»

इन्टरनेट विस्तार गर्न पचास लाख

२०७३ असोज २८ शुक्रबार, बाबियाचौर । पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन् ।   म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् ।    देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म रु पचास लाख जुटाइसकिएको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिए ।    मो ... बाँकी अंश»

डिजिटल छोरी, १७ वर्षे जवान

२०७३ असोज २६ बुधबार, टोकियो । जापानमा साया सबैभन्दा बढी ठूली सेलिब्रिटी बनेकी छिन् भन्दा फरक नपर्ला । अचम्म त के भने आम केटीहरुजस्तै देखिने साया डिजिटल छोरी हुन् । उनलाई गत वर्ष जापानको टोकियोस्थित एक कम्प्युटर ल्याबमा तयार गरिएको हो ।    स्कुल ड्रेसमा टाइ लगाएर कोरेको कपालसहित जब उनी अगाडि बढ्छिन् तब आम मानिसलाई पत्तो नै हुँदैन कि साया मानिस हैनिन् ।    सायालाई बनाउने महिला ग्राफिक आर्टिस्ट युका इशिकावा भन्छिन्, ‘जब कसैले सायालाई देख्छन् तब उनीहरु भन्न था ... बाँकी अंश»

टेलिकमको थ्रीजी सेवा पचहत्तरै जिल्लामा

२०७३ असोज २० बिहिबार, काठमाडौँ । नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जिएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको जनाएको छ । टेलिकमले विहिबार प्रेस विज्ञाप्ती जारी गर्दै  डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा टेलिकमले पुर्‍याएपछि ७५ वटै जिल्लामा थ्रीजी  सेवाको पुगेको जनाएको छ ।    कम्पनीले दुनैमा हिजो वुधबार र सिमिकोटमा आज विहिबार सो सेवा सञ्चालन आरम्भ गरेको हो ।  नेपाल टेलिकमले जिएसएम मोवाइलमा थ्रीजी सेवा २०६४ सालदेखि सुरु ... बाँकी अंश»

सुबिसु स्टेशन काठमाडौको डिल्लीबजारमा

२०७३ असोज १८ मंगलबार, काठमाडौँ।  इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले काठमाडौँको  डिल्लीबजारमा आफ्नो चौथो सेल्स आउटलेट (सुबिसु स्टेशन) को स्थापना गरेको  छ । कम्पनीका संचालक सुरेन्द्र बहादुर श्रेष्ठले मंगलबार  स्टेशनको उद्घाटन गरे।   कम्पनीले यस  स्टेशनबाट  डिल्लीबजार तथा त्यस क्षेत्र वरिपरिका ग्राहकहरुलाई सुबिसु   रिटेल सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदान गर्ने कम्पनीले जनाएको छ । यस आउटलेटको स्थापनासगै ... बाँकी अंश»

साइबर सुरक्षासम्बन्धी अनुशिक्षण सम्पन्न

२०७३ असोज १३ बिहिबार, काठमाडौँ । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित साइबर सुरक्षासम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम विहिबार सम्पन्न भएको छ ।    कार्यक्रममा साइबर सेक्युरिटी इन्टरनेसनल नेपालका प्रमुख डा रामहरि सुवेदीले साइबर सुरक्षाका विषयमा प्रस्तुतीकरण गर्दै सामाजिक सञ्जाल लगायत मोबाइल, कम्प्युटरमार्फत हुने साइबर अपराध र यसबाट सुरक्षित हुने उपायका बारेमा जानकारी दिनुएका थिए ।    ... बाँकी अंश»

अप्टिकल फाइबर बिछ्याउन टेलिकम र प्राधिकरण बीच सम्झौता

२०७३ असोज १२ बुधबार, काठमाडौँ । मध्यपहाडी (पुष्पलाल) मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ ।    सो सम्बन्धी सम्झौतामा मंगलबार सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणसँगको सम्झौतापछि टेलिकमले सो जिम्मेवारी पाएको हो ।    दुई वर्षका लागि भएको सम्झौतामा पाँचथरको चिसोभञ्ज्याङदेखि धादिङको सल्यानटारसम्मको दुई हजार ३७६ किलोमि ... बाँकी अंश»

राजभण्डारीले सम्हालिन टेलिकमको कार्यभार

२०७३ असोज ९ आइतबार, काठमाडौँ ।  नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आइतबार एक कार्यक्रम बीच कार्यभार सम्हालेकी छन् ।  प्रबन्ध निर्देशक राजभण्डारीले  टेलिकमको मुख्य कार्यालयमा एक कार्यक्रमका बीच प्रबन्ध निर्देशकको पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्धक निर्देशक राजभण्डारीले विविध प्रविधिका दूरसञ्चार सेवा विस्तार, प्रभावकारी ग्राहक सेवा उपलब्ध गराउने, डाटा सेवामा विशेष ध्यान केन्द्रीत गर्ने, योजना आयोजनाहरु यथासमयमा ... बाँकी अंश»

पुरानो योजना सम्झदै महराले भने हातहातमा मोबाइल घरघरमा इन्टरनेट

२०७३ असोज ८ शनिबार, काठमाडौँ। नेपालीको महान् चाड विजयादशमीका अवसरमा आकर्षक छुट र यथेष्ट सुविधा सहितको सामसुङ ग्यालेक्सी जे २ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ शुक्रबारबाट सुरु भएको छ ।    उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मोबाइल एक्स्पोको शुक्रबार उद्घाटन गर्दै आफूले सञ्चारमन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल घरघरमा इन्टरनेटको विशेष कार्ययोजनाअनुसार नै नेपालमा सूचना प्रविधिको विकास भइरहेको बताए ।    अर्थमन्त्री महरालेआफ्नो सोही योजनामा ... बाँकी अंश»

लाबिम मलमा सोनी सेन्टरको नयाँ शोरुम

२०७३ असोज ७ शुक्रबार, काठमाडौं। सोनीले ललितपुर स्थित लाबिम मलमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुमको समुद्घाटन सोनीका वरिष्ठ प्रबन्धक –रिजनल मार्केट डेभलपमेण्ट सेन्टर जेरेमी हेंगले गरेका हुन्।   अन्य सोनी सेन्टर्सले झैँ नयाँ शोरुमले पनि सोनीका जेन्यून उत्पादनमा सर्वसाधारणको सहज पहुँच बनाउन सघाउने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार नयाँ शोरुमको प्रमुख आकर्षणका रुपमा एमडीआर (म्यूजिक डिजर्भ्स रेस्पेक्ट) उत्पादनहरु र पीएसफोर (एक्द्ध) रहेक ... बाँकी अंश»

याहुका ५० करोड खातावालको ईमेल विवरण चोरी

२०७३ असोज ७ शुक्रबार, न्यू्योर्क । याहुले आफ्ना ५० करोड खातावालाहरुको ईमेल विवरण चोरी भएको खुलासा गरेको छ । अमेरिकी कम्पनी याहुले सन् २०१४ मा आफ्ना ५० करोड सदस्यको ईमेल ह्याक गरी त्यसमा राखिएका सूचना र तथ्यांकहरु चोरी भएको जनाएको हो ।   यो अपराधमा कुन राज्यले प्रायोजन वा सहयोग गरेको हो भन्नेबारे केही नखुलाइए पनि कुनै एक व्यक्तिले मात्रै यति ठूलो साइबर चोरी गर्न सम्भव नहुने याहुको भनाई छ ।   याहुले घटनाबारे अमेरिका सम्बद्ध निकायहरुले छानविन गरिरहेको जनाएको छ ।  ... बाँकी अंश»

सुबिसुको 'दसैँ तिहार योजना'

२०७३ असोज ४ मंगलबार, काठमाडौ । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुले नेपालीहरुको महान पर्व दसैँ तिहारको अवसरमा “दसैँ तिहार योजना” ल्याएको छ । सो योजना अन्तर्गत ग्राहकले ईन्टरनेट र क्लियर टिभि प्याकेजको खरिदमा क्लियर टिभि एचडि सेटअप बक्स र बायरलेस केबल मोडियम सित्तैमा पाउने कम्पनीले जनाएको छ ।    'दसैँ अफर' अन्तर्गत कम्पनिले २ हजार ९ सय ९९ मा  क्लियर टिभि अफर, ५ हजार ९ सय ९९ मा केबल इन्टरनेट अफर, ५ हजार ९ सय ९९ मै क्लियर टिभि कम्बो अफर, ७ हजार ... बाँकी अंश»

नेपा हिमाद्वारा सोनी फोरके एचडीआर एण्ड्रोइड टीभीको नयाँ रेञ्ज सार्वजनिक

२०७३ असोज ४ मंगलबार, काठमाडौं। नेपा हिमा ट्रेड लिङ्क प्रालिले नेपाली बजारमा सोनी ईलेक्ट्रोनिक्सका फोरके हाइ डायनामिक रेञ्ज (एचडीआर) अन्तर्गत नयाँ रेञ्जका टीभीहरु सार्वजनिक गरेको छ। सार्वजनिक गरिएका नयाँ टीभीहरु आधुनिक एचडीआर चलचित्र तथा शोका लागि उपयुक्त रहेको र यसले उपभोक्तालाई उत्कृष्ट दृष्य तथा आवाज सम्प्रेषणको मज्जा दिने कम्पनीले जानकारी दिएको छ। नेपा हिमा ट्रेड लिङ्क नेपालका लागि सोनी ईलेक्ट्रोनिक्सको आधिकारिक विक्रेता हो।  कम्पनीले एचडीआर लाइनअप अन्तर ... बाँकी अंश»

जलवायु परिवर्तन बारेको भिडियोमा नेपाली भिडियो अन्तिम बीसमा

२०७३ असोज ४ मंगलबार, काठमाडौं। विश्व बातावरणमा परिरहेको असरलाई मध्यनजर गर्दै सँयुक्त राष्ट्रसँघको 'कन्भेन्सन अन क्लाईमेट चेन्ज' (युएनससीसीसी)ले विश्वब्यापी भिडियो प्रतियोगीताको अन्तिम २० मा नेपालकी सोबिता गौतमको भिडियो समावेश भएको छ।    सँयुक्त राष्ट्रसँघको 'कन्भेन्सन अन क्लाईमेट चेन्ज' (युएनससीसीसी)ले आयोजना गरेको उक्त प्रतियोगीतामा सोबिताले आफ्नो भिडियो मार्फत जलवायु परिवर्तन र रोक्न सकिने उपायहरुका बारेमा चर्चा गरिएको छ।    अन्तिम २० प्रतिस् ... बाँकी अंश»

नयाँ