प्रबिधि

काभ्रेपलाञ्चोकका २९ गाविसलाई कम्प्युटर

२०७२ मङ्सिर २४ बिहिबार, बनेपा । जिल्ला विकास समिति, काभ्रेपलाञ्चोकले २९ वटा गाविसलाई कम्प्युटर हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा रु २२ लाख बराबरको कम्प्युटर काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौलाले बुधवार ती गाविसका सम्बन्धित सचिवलाई हस्तान्तरण गर्नुभयो ।    विभिन्न घटना दर्ता गर्न र सामाजिक सुरक्षालाई कम्प्युटर सफ्टवेयरमार्फत व्यवस्थित गर्नका लागि कम्प्युटर वितरण भएको हो, स्थानीय विकास अधिकारी टेकराज निरौलाल ... बाँकी अंश»

अब महानगरपालिका भित्रका नक्सा पास विद्युतीय प्रक्रियाबाट

२०७२ मङ्सिर २० आइतबार, काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र नयाँ घर तथा आवास गृह बनाउँदै हुनुहुन्छ भने अब तपाईले नक्सा पाससम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत प्राप्त गर्न सक्नुहुनेछ । यसअघि हुँदै आएको परम्परागत नक्सा पाससम्बन्धी व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै प्रक्रिया अगाडि बढाउन लागिएको छ । अब घरमै बसेर नक्सा पासको प्रक्रिया कहाँ पुग्यो, कति दिनमा तपाइले स्वीकृति पाउनुहुन्छ, के कति कागजात आवश्यक पर्छ र के कति राजस्व तिर्नुपर्छ भन्ने पनि अनलाइनम ... बाँकी अंश»

एनलेसले कसैसँग अनैतिक लेनदेन नगरेको दावी

२०७२ मङ्सिर १८ शुक्रबार, काठमाडौ । नेपाली मिडियामा आएको समाचारमा ध्यान आकर्षण भएको एनसेलले जनाएको छ । यस कम्पनीले आफ्नो सेयर होल्डरहरुलाई नाफाको अंश उपलब्ध गराउनका लागि सरकारी कर्मचारीलाई वा अन्य कुनै कार्यका लागि पनि कसैसंग अनैतिक लेनदेन नगरेको र कसैले यसको लागि दबाव पनि नदिएको एक बिज्ञप्ती निकालेर स्पष्ट पारेको बताएको छ । यस कम्पनीलाई घुषका लागि दबाव दिइएको र त्यसो नगर्दा “कम्पनीको सेयर बेच्न बाध्य पारिएको” भन्ने जस्ता आरोपहरु पूर्णत निराधार भएको भन्दै खण्डन गर ... बाँकी अंश»

हाम्रो कार्य लाइसेन्सको क्षेत्रअधिकार भित्रै : एनसेल

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौं । दूरसंचार सेवा कम्पनी एनसेलले नियामक निकायले आफुहरुमाथिको फरक धारणा राखेको प्रष्ट्याएको छ । विज्ञप्ती जारी गर्दै एनसेलले नेपाल दूरसंचार प्राधिकरणले आफुहरुमाथि राखेको धारणा फरक रहेको प्रष्ट्याएको हो ।  विज्ञप्तीमा भनिएको छ,–‘आफ्ना कर्पोरेट ग्राहकलाई उनीहरुको व्यावसायिक प्रयोजनका लागि एनसेल सिम, जसले एसआईपि सेवा संचालन गर्न पनि सकिन्छ, वितरण गर्नु एनसेलको लाइसेन्सको क्षेत्राधिकार भित्र पर्छ भन्ने एनसेलको धारणा रहेको छ ।’ यस ... बाँकी अंश»

दूरसञ्चार प्राधिकरणद्वारा एनसेललाई पाँच लाख जरिवाना

२०७२ मङ्सिर १६ बुधबार, काठमाडौँ। अप्टिकल फाइबर प्रयोग गरेर बिना अनुमति दूरसञ्चार सेवा प्रदान गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण (एनटिए)ले एनसेललाई कारबाही गरेको छ। सेसन इनिसेसन प्रोटल (सिप)मार्फत २९ वटा कल सेन्टरलाई दूरसञ्चार सेवा सञ्चालन गर्न दिएकाले दूरसञ्चार प्राधिकरण ऐन, २०५३ को दफा ४७ को (२) अनुसार निजी क्षेत्रको टेलिकम्युनिकेसन कम्पनी एनसेललाई कारबाही गरिएको हो ।   प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार एनसेलले अवैधरुपमा दूसञ्चार सेवा सञ्चालन ग ... बाँकी अंश»

जुकरवर्ग बने बाबु, अधिक सम्पत्ती दान गर्ने घोषणा

२०७२ मङ्सिर १६ बुधबार, एजेन्सी । सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरवर्ग बाबु बनेका छन् । उनले आफ्नो छोरी जन्मेको जानकारी गराएका छन् । जुकरवर्गले छोरीको नाम म्याक्स राखेका छन् । उनले आफ्नो अधिक सम्तत्ती मानव जीवनकै लागि समर्पण गर्ने र जसले आफ्नी छोरीका लागि विश्वमा एक महत्वपूर्ण स्थान बनोस् भनेका छन् ।    आफ्नो फेसबुक पेजमा जुकरवर्गले आफ्नी पत्नी प्रिसिला आफ्नो जीवनकालमा कम्पनीको हिस्सेदारीको ९० प्रतिशत हिस्सा दान गर्ने उल्लेख गरेका छन् । उक्त रकम ४५ अर्ब ... बाँकी अंश»

पानीमुनी आलु फलाउन व्यस्त रामभरोष

२०७२ मङ्सिर १३ आइतबार, ललितपुर । पानीमुनि आलु खेती गर्न सकिन्छभन्दा सायद कसैलाई विश्वास नलाग्न सक्छ । तर गोदावरी नगरपालिका टौखेलस्थित नेपाल बीउबिजन उत्पादन केन्द्रको फार्म हाउसमा पुगेर अवलोकन गर्ने हो भने त्यहाँ माटोमुनि होइन पानीमुनि आलु फलाएको दृश्य सहजै देख्न सकिन्छ ।  नेपाल कृषि अनुसन्धान परिषद्मा तीसवर्षे नोकरी गरेर घरमै बसेका रामभरोष नेपालले सुरु गरेका यस प्रविधिप्रति सबै छक्क छन् । उक्त फार्म हाउस अवलोकन गर्न दिनदिनै यसप्रति चासो राख्ने व्यक्तिको लर्को ... बाँकी अंश»

बिजुलीबजार र तीनकुनेमा नयाँ प्रविधिको पुल

२०७२ कार्तिक १९ बिहिबार, काठमाडौँ । माइतीघर–तीनकुने नमूना सडकखण्डको बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेको बाग्मतीमा नेपालमै पहिलोपटक नयाँ प्रविधिको पक्की पुल निर्माण हुने भएको छ ।  नेटवर्क आर्च ब्रिज प्रविधिको पुल नेपालमै पहिलोपटक निर्माण गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । माइतीघर–तीनकुने सडकखण्डलाई आठ लेनसहितको नमुना बनाइए पनि धोबीखोला र बाग्मतीमा चार लेनकै पुल हुँदा ट्राफिक जाम हुने गरेको छ । यो जामबाट मुक्तिका लागि पुल निर्माणको न ... बाँकी अंश»

एनसेल एप क्याम्पको सेमिनार सुरु

२०७२ कार्तिक १६ सोमबार, काठमाडौं। एनसेल एप क्याम्प २०१५ मा छनौट भएका १५० समूहका लागि क्षमता अभिवृद्धि सेमिनार सुरु भएको छ । सोमबारबाट सुरु भएको सेमिनरको पहिलो दिन व्यवसाय विकास, प्रर्वद्धन र एप आइडियाको प्रस्तुतिमा केन्द्रित थियो।    सेमिनारको उद्घाटन गदै एनसेलका प्रमुख कार्यकारी अधिकृत एरिम टाईलानलारले  सहभागीलाई बधाइ दिंदै स्वागत गरे । “एनसेल एप क्याम्प २०१५ गत वर्ष सुरु गरिएको हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमको निरन्तरता हो,” उनले भने । यो ... बाँकी अंश»

चाँडो समस्या समाधान गर्न क्यान महासंघको ध्यानाकर्षण

२०७२ कार्तिक १६ सोमबार, काठमाडौं । लामो समयदेखिको भारतको अघोषित नाकाबन्दीले उब्जाएको इन्धन संकटका कारण सूचना प्रविधि क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको भन्दै कम्प्यूटर एसोसिएसन नेपाल महासंघ(क्यान महासंघ)ले चाँडो समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ । क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै हाल नेपालमा रहको विषम परिस्थितिका कारण इन्धन अभावले सिर्जित समस्याले सुचना प्रविधि क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेका कारण भर्खरै फस्टाउने क्रममा रहेको प्रविधि क्षेत्रमा ... बाँकी अंश»

इन्धनको अभाव टार्दै ई–रिक्सा

२०७२ कार्तिक १२ बिहिबार, नारायण अधिकारी   चितवन। भारतीय अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भइरहेका बेला ई–रिक्सा प्रभावकारी सवारी साधन बनेको छ । नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि चितवनमा ई–रिक्साको प्रयोग अत्यधिक बढेको छ ।   भरतपुर नगर क्षेत्रमा संञ्चालनमा रहेका पाइडल रिक्सा व्यवसायीको तीनवटा रिक्सा कटाएर एउटा ई–रिक्सा भरतपुर उपमहानगरपालिकाले दर्ता गरेसँगै गत साउनबाट ई–रिक्सा सञ्चालनमा आएको हो ।   चितवन रिक्सा व्यवसायी समितिका अध्य ... बाँकी अंश»

टेलिफोन पटक पटक बिग्रँदा ग्राहक मर्कामा

२०७२ कार्तिक ९ सोमबार, काठमाडौँ। मोबाइलको बढ्दो प्रयोगसँगै कम उपयोग हुन थालेको ल्यान्डलाइन फोन बिग्रने क्रम बढेपछि काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिकाका स्थानीयवासी पीडित बनेका छन् ।   भूकम्पपछि मोबाइलको टावर राखिएका घरधनीले टावर निकालिदिएपछि काठमाडौँकै कुनाकाप्चामा मोबाइलको नेटवर्क नआउने समस्याबाट पनि ग्राहक पीडित हुने गरेका छन् ।   नेपाल टेलिकमको लाइन फोनमा पनि समस्या आउने र मोबाइलमा समेत नेटवर्क नहुने गरेकाले दैनिक जीवनको अभिन्न अ ... बाँकी अंश»

चेपाङ गाउँमा इन्टरनेट, सौर्य ऊर्जाबाट कम्प्युटर सञ्चालन

२०७२ असोज १९ मंगलबार, रत्ननगर । चितवनको विकट कोराकस्थित चेपाङ गाउँमा इन्टरनेट सेवा सुरु भएको छ । ग्रीन स्कुल परियोजनाले चितवनको चेपाङ गाउँमा इन्टरनेट सेवा पुर्याएको हो ।  नेट जोडेसँगै उनीहरु विश्वसँग जोडिएका छन् । जर्मनीका विद्यार्थीसँग इन्टरनेटको माध्यमबाट यहाँका चेपाङ विद्यार्थीले कुरासमेत गर्न थालेका छन् ।    इन्टरनेटकै माध्यमबाट जर्मनीमा रहेका विद्यार्थीको अनुभव सङ्गाल्ने मौकासमेत ती विद्यार्थीलाई मिलेको ग्रीन स्कुल परियोजना सञ्चालन गरेको प्रकृति ... बाँकी अंश»

Total:1033

नयाँ