प्रबिधि

टेलिकमले ल्यायो होली अफर

२०७३ फाल्गुण २७ शुक्रबार, काठमाडौं ।  नेपाल टेलिकमले होली पर्वका अवसरमा सहुलियत अफर ल्याएको छ । कम्पनीले चाडपर्व अफर अन्तर्गत जीएसएम / सिडिएमए  पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई अफर ल्याएको हो । सहुलियत अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् ।   रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत टेलिकमले २०० को रिचार्ज कार्डमा २०० एमबी डेटा,  ५०० को रिचार्ज कार्डमा ५०० एमबी डेटा र  १००० को रिचार्ज कार्डमा १००० एमबी डेटा दुई दिनसम्म ... बाँकी अंश»

नेपालीले बनाए फोन कल पत्ता लगाउने एप्स

२०७३ फाल्गुण २६ बिहिबार, काठमाडौं । तपाईँको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ ।   'नेपाल कलर' नाम दिइएको सो  एप्स गुगल प्लेस्टोरमा राखिएको  छ ।  आइटेक नेपालले बनाएको सो एप्स डाउनलोड पछि कुनै नचिनेको नम्बरबाट आएको फोन वा सेभ नगरेको नम्बर सहजै पत्ता लग्ने छ ।   नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो । एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र सो एप्सले छ ... बाँकी अंश»

नारी दिवसको अवसरमा टेलिकमले ल्यायो प्रमोसनल अफर

२०७३ फाल्गुण २४ मंगलबार, काठमाडौं ।  नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रमोसनल अफर ल्याएको छ । सो अफर   अन्तर्गत बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गर्ने कम्पनीले जनाएको छ । सो सहुलियत अफर फागुन २५ गतेदेखि  तीन महिनासम्म लागु हनेछ ।   अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । टेलिकमले फेसबुक प्याकेज  २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा चलचउन पाउने गरी १०० एमबी डाटा उपलब्ध गराउनेछ ।   ... बाँकी अंश»

मोबाइलमा बोल्दाबोल्दै लाइन काटिए क्षतिपूर्ति

२०७३ फाल्गुण २१ शनिबार, काठमाडौँ । मोवाइल फोनको गुणस्तरप्रति प्रश्न उठाउँदै सरोकारवालाहरुले गुणस्तरीय नबनाउने हो भने मोबाइलमा बोल्दाबोल्दै लाइन काटिए क्षतिपूर्ति दिन माग गरेका छन् ।   नेपाल दूरसञ्चार प्राधिकरणको १९ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा पैसा तिरेर लिने सेवासमेत गुणस्तरीय र वैज्ञानिक नभएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरिएको छ ।     कार्यक्रममा बोल्ने वक्ताहरुले फोनमा कुरा गर्दा प्रष्ट नसुनिने, बोल् ... बाँकी अंश»

फेसबुकको माध्यमबाट ठगी गर्ने दुई पक्राउ

२०७३ फाल्गुण १९ बिहिबार, चितवन। पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडित समेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् ।    रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत आठ महिनाको अन्तरालमा ४७ लाख २८ हजार ठगिएको बताए । उनलाई ठगी गर्ने गिरोहका दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।    जिल्ला प्रहरी कार ... बाँकी अंश»

टेलिकमले ल्यायो शिवरात्रि अफर

२०७३ फाल्गुण १२ बिहिबार, काठमाडौं । नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ ।    अफरअन्तर्गत रु ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यस्तै रु १५० मा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।    यसैगरी २२ रुपैयाँ ६० पैसामा १०० एमबी फेसबुक प्याकेज खरिद गरी पाँच दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।  ... बाँकी अंश»

तीन सातापछि कुश्मा–बेलवा यान्त्रिक पुल सञ्चालन

२०७३ फाल्गुण ९ सोमबार, फलेवास । मर्मतका लागि बन्द गरिएको मुलुककै पहिलो केबुलकार मोडेलको कुस्मा बलेवा यान्त्रिक पुल तीन सातापछि सञ्चालनमा आएको छ ।    यान्त्रिक पुलको लट्ठामा प्राविधिक समस्या देखिएका कारण गत माघ १७ गतेदेखि बन्द गरिएको यान्त्रिक पुल आइतबारदेखि नियमित रुपमा सञ्चालनमा आएको हो ।    पुलले हरेक डेढ–दुई वर्षमा मसिनो लट्ठा परिर्वतन गर्दै आएको छ । पुलको लट्ठामा समस्या देखिएपछि बन्द गरिएको सेवा लट्ठा परिर्वतन गरी सञ्चालन गरिएको कुश्मा बलेवा यान्त्र ... बाँकी अंश»

एनसेलले ल्यायो ‘फेसबुक फ्रि’ अफर

२०७३ फाल्गुण ३ मंगलबार, काठमाडौं । एनसेलका ग्राहकहरुले स्मार्ट फोनबाट फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत  एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको छ ।    फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट ग ... बाँकी अंश»

इन्टरनेट विस्तार योजना अलपत्र

२०७३ माघ २८ शुक्रबार, बाबियाचौर (म्याग्दी) । नमुनाका रुपमा म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अलपत्र परेको छ ।  सरोकारवालाले पहल गर्न नसकेको र लगानीको स्रोत समेत जुट्न नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको हो । सूचना प्रविधिमा नमुना जिल्ला बनाउने उद्देश्यले जिल्ला विकास समितिले तीन वर्षअघि म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्ने योजना अघि सारेको थियो ।    आर्थिक स्रोतको व्यवस्था नहुँदा योजना कार्यान्वयन हुन नसकेको स्थान ... बाँकी अंश»

सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

२०७३ माघ २७ बिहिबार, काठमाडौँ। नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर ९नेरु करिब दुई अर्ब  बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ।   आजदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी हुनसक्ने सगुन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।   सगुनले ‘ग’ श्रेणीको आठ लाख ६९ हजार ५६४ कित्ता सेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री गुर ... बाँकी अंश»

फोनबाट गुनासो टिपाउँदै महिला र बालबालिका

२०७३ माघ २७ बिहिबार, रोल्पा । मानवअधिकार सचेतन केन्द्र रोल्पाले कार्यक्रममा जवाफदेहिता, पारदर्शिता र गुणस्तरीयता बनाउन अपनाएको अनुगमन, मूल्याङ्कन, जवाफदेहिता र सिकाइ (मिल) मा विभिन्न खालका गुनासा आउने गरेका छन् ।    नागरिकबाट सेवा प्रवाहका बारेमा गुनासो व्यवस्थापनका लागि गुनासो पृष्ठपोषण संयन्त्रमार्फत गुनासा आइरहेका छन् ।    पैसा नलाग्ने टोल फ्री नम्बरमार्फत विगत तीन वर्षदेखि लागू भएको यस संयन्त्रमार्फत जम्मा एकसय १५ वटा गुनासा तथा पृष्ठपोषण आएका छन् ... बाँकी अंश»

एनसेलले ल्यायो ओपेरासँगको सहकार्यमा ‘एनसेल एप मार्केट’

२०७३ माघ २६ बुधबार, काठमाडौं। देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ओपेरासँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ‘एनसेल एप मार्केट’ सार्वजनिक गरेको छ। यो एप मार्केटमा ग्राहकले कर सहित रु १५ मा हप्ताभरी आफूले चाहे जति प्रिमियम एप्स र गेम्स डाउनलोड गर्न सक्छन्।   पेड एप स्टोरको अवधारणामा नेपालमै पहिलो पटक विहिबार माघ २७ बाट संचालनमा आउने यो एप मार्केट अथवा स्टोरले ग्राहकलाई सजिलैसंग पेड एप्स उपलब्ध गराउने छ। यो एप मार्केट ओपेरा मिनी क्लबको को–ब्राण्ड ... बाँकी अंश»

दिगो विकासका लागि सूचना प्रविधिको उपयोग : मन्त्री कार्की

२०७३ माघ २६ बुधबार, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दिगो विकासका लागि सूचना तथा प्रविधिलाई अधिकतम उपभोग गर्नुपर्नेमा जोड दिएका छन् ।    मन्त्री कार्कीले भने– “सबै विकासका आयोजनासित सूचना प्रविधिलाई जोड्न सके ग्रामीण क्षेत्रको आर्थिक एवम् सामाजिक उन्नति हुनेछ, अन्ततः यसले दिगो विकासमा समेत सहयोग पु¥याउने छ ।”    नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ग्लोवल आइसिटी कम्पनी हुवावेको आर्थिक एवम् प्राविधिक सहयोगमा बुधबार आयोजित ... बाँकी अंश»

अब टेलिकमको फोर जी आइफोनमा चलाउन सकिने

२०७३ माघ २५ मंगलबार, काठमाडौं ।  नेपाल टेलिकमको फोर जी मंगलबार देखि सवै सिरिजका आइफोन सेटहरुमा प्रयोग गर्न सकिने भएको छ । यस अघि फोर जी आइफोन फाइभमा मात्र चलाउन सकिने थियो । मंगलबार देखि आइफोन ६ ,६ प्लस,७, ७ प्लस का सेटहरुमा पनि फोर जी / एलटिई सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।   नेपाल टेलिकमले पौष १७ गते देखि नेपालमै पहिलो पटक फोर जी / एलटिई सेवा सञ्चालनमा ल्याएको थियो । सुरुमा काठमाडौ उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध ... बाँकी अंश»

नेपाल आउने भारतीयलाई फ्रि इन्टरनेट सुविधा

२०७३ माघ २४ सोमबार, काठमाडौं । नेपाल आउने भारतीयहरुलाई सुविधा हुने भएको छ । नेपालसँगै अमेरिका, थाईल्याण्ड लगायतका मुलुकमा जाने भारतीयहरुलाई भारतीय दूरसञ्चार कम्पनी विएसएनएलले सुविधा दिन लागेको हो । उसले भारतको सिम लिएर नेपाल आउनेहरुलाई कलको लागि लाग्ने रोमिङ सेवामा शुल्ब बढाएर भनेपनि इन्टरनेट सुविधालाई निशुल्क गराउन लागेको दैनिक जागरणले जनाएको छ ।    देशका लाखौं व्यक्तिहरु नेपाल लगायत अन्य मुलुकमा रहेको अवस्थामा उनीहरुको सुविधाको लागि भनेर यस्तो सुविधा ल् ... बाँकी अंश»

फोरजी प्रयोगमा चुनौती

२०७३ माघ २१ शुक्रबार, काठमाडौँ। आधुनिक प्रविधिमा आधारित पछिल्लो पुस्ताको दूरसञ्चार सेवाको अधिकतम प्रयोग हुन सकेको छैन । पछिल्लो पुस्ताको दूरसञ्चार सेवा भित्रिए पनि मुलुकका सबै क्षेत्रको एकसाथ स्तरोन्नति हुन नसक्दा प्रयोगमा चुनौती थपिएको हो । डेटामा आधारित सेवा दिने चुनौती टेलिकमले चौथो पुस्ताको इन्टरनेट (फोरजी) सुरु गरेसँगै थपिएको छ ।    इ–कमर्स, इ–गभर्नेन्स, इ–एडुकेसनजस्ता प्रणालीलाई अवलम्बन गरेर सेवा दिनुपर्ने अनिवार्यता अहिले हुँदै गएको छ । सरकारले द ... बाँकी अंश»

टेलिकमले गर्‍यो अस्पताललाई सहयोग सामग्री हस्तान्तरण

२०७३ माघ २० बिहिबार, काठमाडौं ।  नेपाल टेलिकमले बिहिबार विभिन्न अस्पतालहरुमा विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । आफ्नो तेर्हौ वार्षिकोत्सवको अवसरमा  कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रलाई १५ वटा विशेष सुविधायुक्त ह्विलचियर उपलब्ध गराएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा कम्बल हस्तान्तरण गरेको छ । प्रसूति गृहमा १५० थान र पाटन अस्पतालमा १०० थान नवजात शिशुका लागि कम्बल हस्तान्तरण गरिएको छ । वीर अस्पताल र ... बाँकी अंश»

'थ्रीजीसँग फोरजी स्मार्टफोन साट्नुहोस'

२०७३ माघ १९ बुधबार, काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेसँगै काठमाडौमा फोरजी चलाउनेको संख्या बढ्दो छ । टेलिकमको  सिम भएर पनि  थ्रीजीबाट  फोरजी सेवा लिन नपाएका ग्रहाकहरुलाई “थ्रीजी स्मार्टफोन ल्याउनुहोस्, फोरजी स्मार्टफोन लानुहोस् अफर” सार्वजनिक गरिएको हो । ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले माघ १४ गतेदेखि आयोजना गरिरहेको मोबाइल एक्स्पो २०१७ मा सो अफर ल्याएको छ । कम्प्लेक्सले थ्रीजी फोन साटेर फोरजी फोन दिने अफर ल्याएको हो ।   अफर अन ... बाँकी अंश»

“सुविसु क्यान ईन्फोटेक २०१७" सम्पन्न

२०७३ माघ १८ मंगलबार, काठमाडौं ।   सूचना र प्रबिधिको प्रबर्धन गर्ने उदेश्यले सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७" सम्पन्न भएको छ । प्रदर्शनीको मंगलबार अन्तिम दिन ५५ हजार ७ सय १३  जनाले अवलोकन गरेका छन् ।  प्रदर्शनीमा कुल ३ लाख १० हजार ९८ जनाले इन्फोटेकको अवलोकन गरेका छन् ।    यसपटकको मेलामा अर्थमन्त्री कृष्णबहादुर महरा, मुख्य सचिव सोमलाल सुवेदी,परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतज्यू, , जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव ... बाँकी अंश»

ईन्फोटेकको पाँचौ दिन करिब ५० हजारले गरे अवलोकन, मंगलबार अन्तिम दिन

२०७३ माघ १७ सोमबार, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी “सुबिसु क्यान ईन्फोटेक २०१७ ” को सोमबार पाँचौ दिन ४७ हजार ३ सय २७ जनाले अवलोकन गरेका छन् ।  प्रदर्शनीको  आजसम्म २ लाख ५४ हजार ३ सय ८५ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।     सोमबार परराष्ट्र मन्त्री प्रकाश शरण,  जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशी र सभासद उदय शमशेर राणाले इन्फोटेकको अवलोकन गरे ।   ईन्फोटेकमा व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरु ल्याएका छन् ... बाँकी अंश»

नयाँ