प्रबिधि

महावीरको प्रयास म्याग्दी जिल्लाभर इन्टरनेट विस्तार अभियान

२०७२ फाल्गुण १५ शनिबार, म्याग्दी । म्याग्दी जिल्लाका सबै गाविसमा इन्टरनेटको पहुँच पुर्‍याउने अभियानमा आर्थिक स्रोत जुटाउन सुरु गरिएको छ ।  अभियानका लागि आवश्यक पर्ने रकम जुटाउन मुख्य साझेदारको भूमिकामा रहेको प्रवासी म्याग्देलीको संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय समन्वय परिषद् र जिल्ला विकास समितिबीच दुई पक्षीय सम्झौता भएको छ । जिविसको नेतृत्व र सूचना प्रविधिका अभियन्ता म्यागासेसे पुरस्कार विजेता महावीर पुनको प्रयासमा जिल्लाभर इन्टरनेट ... बाँकी अंश»

मुम्बइका १६ स्थानमा सेल्फी खिच्न नपाइने

२०७२ फाल्गुण १४ शुक्रबार, नयाँ दिल्ली । भारतीय सहर मुम्बइका १६ स्थानमा सेल्फि खिच्न नपाइने भएको छ । मोबाइल फोनबाट सेल्फि फोटो खिच्दा दुर्घटना हुने गरेको भन्दै प्रतिबन्ध लगाइएको हो । सेल्फि खिच्न नपाइने गरी प्रतिबन्ध लगाइएका स्थानहरुमा समुद्री किनार लगायतका विभिन्न पर्यटकीय स्थान रहेका बताइएको छ ।    मोबाइल फोनबाट फोटो खिच्दा यसका कारण विभिन्न असुरक्षा र दुर्घटना समेत बढेको भन्दै विशेषगरी युवायुवतीलाई मध्यनजर राखेर यो नियम बनाइएको मुम्बई प्रहरीले जनाएको छ । मुम्बई ... बाँकी अंश»

आज स्टीभ जब्सको ६१ औँ जन्मदिन,यी हुन् उनी सफल हुनुका १० शुत्रहरु

२०७२ फाल्गुण १२ बुधबार, एजेन्सी । आज (२४ फेब्रुवरी ) को दिन एप्पल कम्पनिका को-फाउन्डर स्टीभ जब्सको ६१ औँ जन्मदिन हो । जब्स प्रत्येक कामलाई फरक तरिकावाट सुरु गर्नुपर्छ भन्ने मान्यता राख्दथे । यहि उनको सफलताको रहस्य पनि हो । हामि तपाईलाई  स्टीभ जब्स सफल हुनुका १० शुत्रहरु बताउन गइरहेका छौ । जसलाई लागु गर्न सके तपाई पनि जिवनमा सफल बन्न सक्नुहुनेछ ।    १.भविष्य निर्धारण तपाई  ५ वर्ष भित्रमा के बन्न चाहानुहुन्छ त्यस कुराको निर्धारण आजै गर्नुहोस । र आजैबाट उक्त लक्ष्य प्र ... बाँकी अंश»

सगुनमा सर्वसाधारणलाई लगानी गर्न अमेरिकाले खोल्यो बाटो

२०७२ फाल्गुण ११ मंगलबार, काठमाडौ। सोसल कमर्श साइट सगुन डटकमको परिस्कृत भर्सन सुरु गरेको छ। यस भर्सन चलाउन बिश्वभरका प्रयोगकर्ताले आजैबाट पाउने बताइएको छ। सगुन २.१ डेस्कटप र मोबाइल वेव भर्सनमा उपलव्ध रहेको छ। सगुनको २.१ मोवाइल भर्सन स्मार्टफोन प्रयोगकर्ताहरुको लागि सहज हुने सगुनका संस्थापक गोबिन्द गिरीले भिडियो कन्फेन्सबाट जानकारी दिएका छन्।   परिस्कृत डेस्कटप र मोबाइल भर्सनमा अहिले भएको भन्दा केही नयाँ र थप सुविधा थपिएको छ। डेस्कटप भर्सन र मोबाइल भर्सन प्रयोगकर्त ... बाँकी अंश»

पिन नम्बर जस्ता व्यक्तिगत विवरण कसैलाई नभन्न एनसेलको आग्रह

२०७२ फाल्गुण ११ मंगलबार, काठमाडौं । एनसेलले आफ्नो एनसेल एप प्रयोग गर्ने ग्राहकलाई एप एक्टिभेट गर्ने पिन कोड लगायतका व्यक्तिगत विवरण अरुलाई  नदिन एक बिज्ञप्ती निकालेर अनुरोध गरेको छ ।   ग्राहक आफैले विभिन्न सेवा लिन तथा तिनको आवश्यकता अनुसार प्रभावकारी व्यवस्थापन गर्न सकुन् भनेर कम्पनीले विकास गरेको एनसेल एपको माध्यमबाट केही व्यक्तिले ग्राहकलाई झुक्याई दुरुपयोग गरेको जानकारी आएकोले एनसेलले ग्राहक सचेतनाका लागि यस्तो अनुरोध गरेको बताएको छ ।   “एनसेल एप ग्रा ... बाँकी अंश»

यसरी चलाउन सकिन्छ कम्प्यूटरमा वाटएप्स (टिप्स)

२०७२ फाल्गुण ११ मंगलबार, एजेन्सी। वाटएप्स लोकप्रिय  मोबाइल चयाटिङग एप्लीकेशन हो। विश्व भरिनै वाटएप्सका  करोडौ प्रयोगकर्ता रहेका छन् । साधारण म्यासेस भन्दा प्रयोकर्ताहरुले वाटएप्सवाट म्यासेज पठाउन सहज महसुस गर्दछन् । यति मात्र नभएर  वाटएप्सवाट फोटो, भिडियो क्लिप पनि सजिलै शेयर गर्न सकिन्छ साथै यसमा कुनै प्रकारको शुल्क लाग्दैन । केबल इन्टरनेट कनेक्शन भए मात्रनै तपाई वाटएप्सको प्रयोग गर्न सक्नुहुनेछ ।   मोबाइलमा  वाटएप्सवाट च्याटिङग गर्न सजिलो छ तर पनि  मोबा ... बाँकी अंश»

इन्टरनेटबाट भित्रिएको विकृतिले अभिभावकको टाउको दुखाइ

२०७२ फाल्गुण १० सोमबार, एजेन्सी। इन्टरनेट र सामाजिक सञ्जालको विकास र विस्तारसँगै त्यसबाट भित्रिएको विकृति अभिभावकलाई अहिले टाउको दुखाइ बनेको छ। युवा पुस्ता मात्र नभएर बालबालिकासमेत इन्टरनेट र सामाजिक सञ्जालमार्फत अश्लील तस्वीर र भिडियो डाउनलोड गरी हेर्ने प्रवृत्ति बढेपछि अभिभावकको टाउको दुखाइ विषय बनेको हो।   सामाजिक सञ्जालको सबैभन्दा बढी प्रयोगकर्ता उच्चमाध्यामिक तहका विद्यार्थी भए पनि त्यसको दुरुपयोग गरी अश्लील र यौन उत्तेजक तस्वीर र भिडियो हेर्नेमा उनीहर ... बाँकी अंश»

झर्दा नफुट्ने आईफोन ७ विश्व बजारमा आउदै (भिडियो)

२०७२ फाल्गुण ९ आइतबार, एजेन्सी।अमेरिकन कम्पनी एप्पलले आइफोन ७ मा प्यारासुट सिस्टम ल्‍याउने जनाएको छ । आइफोन ७ मा वायरलेस चार्जिङ सिष्टमसँगै एप्पलले प्यारासुट सिस्टम ल्याउन लागेको हो ।  प्यारासुट सिस्टमका कारण  आइफोन कुनै ठाउँबाट खसे पनि यसको डिस्प्ले भएको भाग तिर नझरेर पछाडीको भागमानै खस्ने दाबी गरिएको छ।  ... बाँकी अंश»

विद्युतीय बसका लागि भौगोलिक अध्ययन गरिने

२०७२ फाल्गुण ९ आइतबार, चीनबाट ल्याइने भनेको अपाङ्गमैत्री विद्युतीय बस (इ–बस) ल्याउनुपूर्व भौगोलिक अध्ययन गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले चीनबाट ल्याइन लागेको उक्त बस नेपालको भौगोलिक बनावटअनुसार सुहाउदो छ वा छैन भनेर भौगोलिक अध्ययन गर्न लागिएको महानगरपालिकाले जनाएको छ । “केही दिनमा चीनको मोटर कम्पनी सिआरआरसीटीका प्रतिनिधि नेपालको सडक अध्ययनका लागि आउने भएका छन्” महानगरपालिकाअन्र्तगत राजस्व महाशाखा प्रमुख महेश काफ्लेले भने । काफ्लेका अनुसार अध्ययनपछ ... बाँकी अंश»

पाकिस्तानमा 'सेक्स' सबैभन्दा वढी खोजिने शव्द

२०७२ फाल्गुण ७ शुक्रबार, वाशिङटन। अमेरिकामा गरिएको एक अध्ययन अनुसार इन्टरनेटमा सेक्स शव्द धेरै खोजिने शव्द देखिएको छ। त्यसमा पनि सेक्स शव्द धेरै खोज्नेमा मुस्लिम देश पाकिस्तान सबैभन्दा अगाडी देखिएको छ। इन्टरनेटमा सेक्स सर्च गर्ने मामिलामा पाकिस्तान संसारमै एक नम्वरमा देखिएको हो।     पाकिस्तानमा जम्मा ३ करोड इन्टरनेट उपभोक्ता भएपनि  सर्च इन्जिन गूगलमा सन् २०१५ मा सेक्ससँग सम्बन्धित सामग्री खोज्ने मामिलामा पाकिस्तानले  सबैलाई उछिनेको छ। गूगल टेन्डसले दुईवट ... बाँकी अंश»

संसारका अग्ला मानव निर्मित निर्माणहरु

२०७२ फाल्गुण ५ बुधबार, एजेन्सी। फ्रान्सेली इन्जीनियर गुस्ताव आइफलको चमत्कारी संरचना बनाएको १२७ बर्ष पछि पनि मानिसहरु आइफल टावरलाई हेर्न पेरिस पुग्ने गर्दछन्। फोटामा हेर्नुहोस संसारका १० मानव निर्मित अग्ला निर्माणहरु।    बुर्ज खलीफा: अहिले संसारको सबै भन्दा अग्लो टावर संयुक्त अरब अमिरियटमा अवस्थित बुर्ज खलीफा टावर हो। जेनेवरी २०१० बाट सञ्चालन आएको यो टावरको उचाई ८२९ मिटर रहेको छ। यस भित्र कयौ अपार्टमेन्ट, होटल र अफिसहरु रहेका छन्।    इन्जीनियरिङ्गको चम ... बाँकी अंश»

सुनसरीमा युवाको चमत्कार, ‘ट्याङ्की खाली भए अन र भरिए अफ हुने स्वचालित मोटर’

२०७२ फाल्गुण ४ मंगलबार, विराटनगर । सुनसरी दुहवी–४ का एक युवकले पानी ट्याङ्की खाली भएपछी अन हुने र भरिएपछी आफै अफ हुने स्वचालित मोटरको विकास गरेका छन् । इटहरी स्थित सुसमा कोइराला इन्जिनियररिङ कलेजवाट ओभरसियर गरिसकेका निमेस खुलाल यस्तो प्रवृधिको विकास गरेका हुन् । जुनियर इन्जिनियर खुलालले विराटनगरमा पत्रकार सम्मेलनगरी विद्युतवाट स्वचालित अटोगाड प्रविधिको विकास गरेको जनाए छन् ।    खुलालले डिभाइसको माध्यमबाट घरमाथी रहेको पानी ट्याङ्की पानी भरिएपछी आफै पानी तान् ... बाँकी अंश»

पुर्वी पहाडमा सुबिसु डिजिटल टिभी सुरुवात

२०७२ फाल्गुण ४ मंगलबार, तेह्रथुम। सुबिसु केबलनेट प्रालिले पुर्वी पहाडी क्षेत्रमा पनि डिजिटल केबल टेलिभिजनको सेवा सुरुवात गरेको छ। सुबिसुले पुर्वी पहाडी जिल्ला तेह्रथुमका बसन्तपुर, जिरिखिम्ती र म्याङलुङ तथा धनकुटाको धनकुटाबजार र हिले लगायत पहाडी क्षेत्रमै पहिलो पटक डिजिटल केबल टेलिभिजन सेवा क्लियर टिभी को सेवा सुरुवात गरेको हो।   दर्शकहरुको टेलिभिजन हेर्ने अनुभव अझ गुणस्तरीय बनाउन सुबिसुले पुर्वी पहाडमै पहिलो पटक डिजिटल केबल टेलिभिजन सेवा क्लियर टिभीको सुरुवा ... बाँकी अंश»

हेर्नुस ईन्जिनियरिङ्ग क्षेत्रले मारेको छलाङ्ग

२०७२ फाल्गुण ३ सोमबार, एजेन्सी। चीनका ईन्जिनियरले क्विङगशुई नदीमा नयाँ पुल वनाएर संसारकै ध्यान खिचेका छन्। क्विङगशुईमा निर्मित पुल ४ सय ६ मिटर अग्लो र १ हजार १ सय ३० मिटर लामो रहेको छ। यो पुल विश्व भरिका अग्ला पुलहरुको सुचिमा दोस्रो स्थानमा पर्दछ। सबै भन्दा अग्लो पुल पनि  चीनको सिदु नदीमा रहेको छ जुन ४ सय ९६ मिटर अग्लो रहेको छ। ... बाँकी अंश»

झापा आएर कमल थापाले सम्झाए रेडियोको महत्व

२०७२ फाल्गुण १ शनिबार, बिर्तामोड। उपप्रधानमन्त्री, संघीय मामिला, स्थानीय तथा परराष्ट्र मन्त्री कमल थापाले सूचनाको माध्यमबाट समाज परिवर्तन गर्न रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । शनिवार बिर्तामोडमा ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपाल (वान)–ले आयोजना गरेको ५औं विश्व रेडियो दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री थापाले रेडियो मानिसको अभिन्न अंग बनेको र रेडियो बिना मानिस अलग बस्न नसक्ने बताए ।    राप्रपा नेपालका अध्यक्ष समेत रहनुभएको मन्त्री ... बाँकी अंश»

सगुन डटकमले २.१ वेभ भर्सन ल्याउने

२०७२ फाल्गुण १ शनिबार, काठमाडौं। अमेरिकामा बस्ने नेपालीहरुले संचालन गरेको सोसल कमर्श साइट सगुन डटकम sagoon.com ले नयाँ वेभ भर्सन ल्याउने तयारी गरेको छ ।सगुनको परिस्कृत डेक्सटप तथा मोवाइल वेभ भर्सन २.१ तयार गरी आगामी हप्ता ग्लोवल लन्चिङ गर्ने तयारी गरिरहेको एक प्रेस नोट जारी गर्दै जानकारी दिएको छ । प्रयोगकर्ताहरुको सुझाव र प्रतिक्रिया तथा हामीहरुको अनुसन्धान टीमको अध्ययनपछि यसअघीका कतिपय विशेषतामा परिस्कृत गर्दै सगुनको भर्सन २.१ तयार पारिएको छ। जुन यसअघीको भन्दा चाँडो खुल् ... बाँकी अंश»

अब स्मार्टफोनलाई पनि सेक्सी पेन्टी !

२०७२ माघ २८ बिहिबार, एजेन्सी। स्मार्टफोनको स्क्रीनलाई सुरक्षित बनाउन कयौं प्रकारका चीजहरु बजारमा प्रशस्तै पाइन्छन् । तर स्मार्टफोनको लागि समेत सेक्सी ‘अन्डरवेयर’को निर्माण गर्नु चाहि नौलो कुरा हो  । जापानको एक चर्चित 'सेक्स टोय' कम्पनीले स्मार्टफोनको मुनिको भाग ढाक्न ‘सेक्सी’ पेन्टीको निर्माण गरेको एक अन्तर्राष्ट्रिय समाचार अनलाईनले जनाएको छ ।   उक्त पेन्टीका कारण स्मार्टफोन प्राविधिक रुपमा अझ समृद्ध र मजबुत हुने तथा सेक्सी समेत देखिने  'सेक् ... बाँकी अंश»

गुगलले तार रहित प्रविधिवाट स्वचालित कार चार्ज गर्नै

२०७२ माघ २४ आइतबार,  प्रविधि । विश्व प्रख्यात सर्च इन्जिन ‘गुगल’ले स्वचालित कार बनाए सँगै  दुर्घटना न्यूनिकरण तथा वातावरण प्रदुषण नियन्त्रणमा प्रभावकारी हुने विश्वासका लिएको छ । गुगल कार अन्य सामान्य कारको तुलनामा केही फरक देखिने छ ।  अधिकतम ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्ने यो कारमा चालकले रोक्न र गुड्न बटम थिच्नुबाहेक अन्य भूमिका निर्वाह गर्नु नपर्ने जनाइएको छ । गुगलका सहसंस्थापक सर्गे ब्रिनले क्यालिफोर्नियामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो कम ... बाँकी अंश»

“सुबिसु क्यान ईन्फोटेक २०१६

२०७२ माघ २० बुधबार, काठमाडौ । सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला  “सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” आज सम्पन्न भएको छ  । कम्प्युटर एसोसिएन नेपाल महासंघद्वारा आयोजित मेलाको समुद्धघाटन   प्रधानमन्त्री केपी शर्मा ओलीले  गरेका थिए । मेला माघ १५ गते देखि २० गते सम्म प्रदर्शनी स्थल भृकूटीमण्डप  काठमाण्डौंमा चलेको थियो ।    प्रदर्शनीको अन्तिम दिन ५२ हजार ४ सय ११ जनाले इन्फोटेकको अवलोकन गरेको क्यान महासंघले जनाएको छ । यस वर्षको   ... बाँकी अंश»

महावीरले सुरु गरे बारपाक र भच्चेकमा इन्टरनेट सेवा

२०७२ माघ २० बुधबार, गोरखा । वैशाखमा गएको ‘गोरखा भूकम्प’को केन्द्रबिन्दु बारपाक गाउँ र हंसपुरस्थित भच्चेकमा इन्टरनेट सेवा सुरु भएको छ । सो दुर्गम भेगमा हालै इन्टरनेट पुगेपछि स्थानीयवासी खुसी भएका छन् । तारविहीन इन्टरनेट सञ्चालन गरेर अन्तर्राष्ट्रिय म्यागासेसे पुरस्कारबाट पुरस्कृत महावीर पुनको सक्रियतामा बारपाक र भच्चेकमा इन्टरनेट सेवा पुगेको हो । ९५ लाख रुपैयाँको लगानीमा ती गाउँमा इन्टरनेट विस्तार गरिएको हो । इन्टरनेट सोसाइटी नामक विदेशी संस्थासँगको सहकार् ... बाँकी अंश»

नयाँ