arrow

आठ दिने पदयात्रासहित भुकम्प पीडितलाई सहयोग

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2062214248.jpeg
काठमाडौ । दुई सय ५० यूवाहरुले सामूहिक पदयात्रासहित सिन्धुपाल्चोक जिल्लाका भुकम्प पीडितहरुलाई सहयोग गरेका छन ।  लिभ टु लभ ईन्टरनेशन र डुक्पा नेपालको संयूक्त आयोजनामा १५० बौद्ध भिक्षुसहितको पदयात्रामा भुटान, भियतनाम, जर्मन, भारत र नेपालसहित आधादर्जन मुलुकका नागरिक र सहयोगीहरुको सहभागिता रहेको सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । 

सिन्धुपाल्चोकको विकट गाँउसम्म पुगेका पदयात्रीहरुले १ हजार बढी मृतकको आत्मको चिरशान्तिकोलागि पुजापाठ गरेको, ६ बटा विद्यालयल र केही गुम्बाहरुलाई आर्थिक सहयोग गरेको थियो ।  पदयात्राका नेतृत्व कर्ता सरन नायक ग्याल्वा दोखम्पाले भुकम्प आएको लामो समय भईसकेको बेला यहाँको दुख अधिकांशले विर्सिएको अवस्थामा नेपालीहरुको दुख पीडालाई फेरि विश्वलाई स्मरण गराउन आफूहरुले पदयात्रा गरेको बताए । 

उनले भने,‘ १२ लाख नेपालीहरु अझै अस्थायी टहरामा छन । जाडो आईरहेको छ, उनीहरुको जीवन कष्टकर बन्ने बाला छ । सरकारले काम गरिरहेको छ तर यसले मात्रै पुग्दैन अन्तर्राष्ट्रिय जगत पनि आउनु पर्छ।’ पदयात्रामा सहभागि सिन्धुपाल्चोकका बंशलाल तामाङ्गले भुकम्प पीडितहरुको दुख फेरि सम्झाउन आफूहरुले पदयात्रा गरेको भन्दै पदयात्राको क्रममा धेरै मृत आत्माको धार्मिक विधीबाट शान्ति गरिएको बताए । उनले यसले धार्मिक सद्भाव कायम गर्न अझै मद्दत गरेको विश्वास ब्यक्त गरे । 

रामकोटको डुक अमिताभ माउण्टेनमा उ्दघाटन भई हेलम्बुबाट सुरु भएको पदयात्रा सोमबार काठमाडौ आएर आठ दिने पदयात्रा टुङगिएको हो । सो क्रममा पदयात्रीहरु १३ गाविसमा पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ