arrow

नर्भिक सबैभन्दा बढी कर तिर्ने हस्पिटल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1171348271.jpeg
काठमाडौं । नेपालभर सञ्चालित निजी क्षेत्रका हस्पिटलहरूमध्ये नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज (प्रा.) लि. आ.ब. २०७०÷०७१ मा सबैभन्दा बढी कर तिरी कीर्तिमान कायम राखेको छ । गत मङ्सीर १ गते विशेष समारोहका बीच अर्थमन्त्री विष्णु पौडेलले नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीलाई सम्मान गर्दै सबैभन्दा बढी कर तिरी उत्कृष्ट करदाता भएको प्रमाण–पत्र समेत प्रदान गरेका थिए ।

नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरीक राजश्व विभाग, ठूला करदाता सेवा कार्यालयका अनुसार नेपालमा सञ्चालित ३६० भन्दा बढी निजी क्षेत्रका हस्पिटलहरू मध्ये नर्भिकले आ.ब. २०७०÷०७१ मा सबैभन्दा बढी कर तिर्ने कीर्तिमान बनाएको हो । 

सन् १९९४ मा नेपाली उद्योग क्षेत्रमा अग्रणी चौधरी ग्रुपद्वारा स्थापित यस संस्था हाल २०० शय्यायुक्त अत्याधुनिक सुविधासम्पन्न बहुआयामिक जनरल हस्पिटलका रुपमा सञ्चालित छ भने यसले हृदयरोग, प्रसूति तथा स्त्रीरोग, पेट तथा कलेजो रोग र स्नायुरोगका क्षेत्रमा विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्र्दै आएको छ । 

नर्भिकले आफूलाई हाल विश्वमै विकसित अत्याधुनिक एवं विशष्टि प्रविधिमैत्री बनाई स्वास्थ्य सेवामा नयाँ आयाम थप्ने जमर्कोका साथ आफ्ना भावी कार्यक्रमहरूको तर्जुमा गरेको छ ।  स्मरणीय छ, नर्भिकले आफ्नो पेट तथा कलेजो रोग विभागलाई प्राविधिकरुपमा साधन सम्पन्न तुल्याई देशकै एक विशिष्ट केन्द्रका रुपमा विकसित गरिसकेको छ । जटिल पेट र कलेजो रोग उपचारका लागि कुनै पनि नेपालीले अब विदेसिनु नपर्ने नर्भिकको विश्वास छ । 

निकट भविष्यमै नर्भिकले आफूलाई ३०० शय्यायुक्त अति विशिष्ट ‘रेफरल सेन्टर’का रुपमा रुपान्तरित गर्ने योजना बनाएको छ । हाल नर्भिककमा करिब ७०० कर्मचारी सहित, १०० दक्ष चिकित्सकहरू सेवारत हुनुहुन्छ भने र यस संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारका लागि आवश्यक पर्ने दक्ष नर्सिङ्ग प्राविधिकहरू तयार पार्न विशिष्ट स्तरको नर्सिङ्ग इन्स्टिच्युट सञ्चालन पनि गर्दैआएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ