arrow

राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई

logo
प्रकाशित २०७३ असार १५ बुधबार
APF.gif.gif
काठमाडौँ । सशस्त्र प्रहरी वलको नेपाल एपीएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा वुधबार भएको फाइनलमा विभागिय प्रतिद्वन्द्वी नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।
 
यस क्रममा एपीएफले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो । प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भइन् । उनले १५ हजार र बुद्ध एयरको माउन्टेन फ्लाइट टिकट प्राप्त गरिन् । त्यस्तै प्रतियोगितामा न्यू–डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट स्पाइक, एपीएफका क्रमशः नेविका चौधरी उत्कृष्ट सर्भर, उषा विष्ट उत्कृष्ट ब्लकर, विनिता बुढाथोकी उत्कृष्ट सेटर तथा पुलिसकी कमला पुन उत्कृष्ट डिफेन्स भए । 
 
त्यसैगरी, उत्कृष्ट प्रशिक्षकको ट्रफी विजेता एपिएफका सुदेशकुमार रिमालले जिते । साथै तेस्रो स्थानका लागि आजै भएको अर्को खेलमा न्यू–डायमन्डले पश्चिमाञ्चल भलिबल टिमलाई २५–१४, २५–१९, २३–२५ र २५–१७ ले हरायो । विजेता एपिएफले रु एक लाख, दोस्रो भएको पुलिसले ६० हजार र तेस्रो भएको डायमन्डले ४० हजार प्राप्त गरे । 
 
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना भएको प्रतियोगिताका विजेता खेलाडीलाई राखेपका सदस्यसचिव केशवकुमार विष्ट, नेपाल भलिबल सङ्घ अध्यक्ष मनोरञ्जनरमण शर्मा, निवर्तमान अध्यक्ष दानबहादुर तामाङ, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्कालगातयले पुरस्कृत गरे । एपीएफ प्रतियोगिताको साविक विजेता हो । गत वर्ष पहिलो संस्करणको फाइनलमा एपिएफले न्यू–डायमन्डलाई हराएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ