arrow

छाडा राँगाको आक्रमणबाट दस घाइते

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1128996850.jpeg
बर्दिवास । महोत्तरीको भङ्गाहा–३ र ४ मा पर्ने रामनगर बस्तीमा छाडा राँगाले आक्रमणगर्दा १० जना घाइते भएका छन् । 

बाहिरी गाउँबाट भैँसी पछ्याउँदै आएकोे राँगाले स्थानीय बासिन्दालाई हानेर घाइते बनाउने गरेको पीडितले जानकारी दिएका छन् । उक्त राँगो कुन गाउँबाट आएको हो भन्ने खुल्न सकेको छैन ।  छाडा राँगाको आक्रमणबाट अहिलेसम्म दुई किशोरसहित आठजना महिला घाइते भएका छन् । घाइते भएका सबैको गाउँकै स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

आइतबार साँझ राँगाको आक्रमणबाट घाइते सबैको अवस्था सुधारोन्मुख रहेको सो बस्तीका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुरले जानकारी दिए । राँगालाई नियन्त्रणमा लिने प्रयत्न भइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ