arrow

इस्लामिक स्टेटका कारण फ्रान्सका मुस्लिम नागरिक तनाबमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1882556496.jpeg
पेरिस । फ्रान्सका मुस्लिम सुमदायका नागरिकमा त्रास उत्पन्न भएको खबर छ । यही नोभेम्बर १३ मा फ्रान्समा भएको आतङ्ककारी हमलाको जिम्मेवारी मुस्लिम अतिवादी समूह, इस्लामिक स्टेटले लिएपछि सो त्रास छाएको बताइएको छ । उक्त समूहले सो आक्रमणको जिम्मेवारी लिएपछि फ्रान्सको प्रहरीले पनि मुस्लिम नागरिक खोज्ने अभियान नै चलाएको छ । त्यहाँ हत्या र आतङ्कको आरोपमा मुस्लिम समुदायका नागरिकलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । साथै मुस्लिम समुदायका नागरिकमाथि विशेष निगरानी राख्ने गरेको पनि बताइएको छ । गएको हप्ताको सो हमलाका क्रममा भएको फुटबल मैदानको हमलामा परेका व्यक्तिलाई एकजना मुस्लिम समुदायाकै नागरिक फाइजलले उद्वारका लागि खुबै सहयोग गरेका थिए । 
 
अल्जेरियामा जन्मिएका फ्रान्सेली नागरिक फैजल अग्नि नियन्त्रणमा सेवामा कार्यरत छन् । सो सेवाका एकजना कर्मचारीको हैसियतले उनले सो सहयोग गरेका हुन् । तर अहिले उनी सो घटनापछि निकै डराएका छन् । मुस्लिम खोज्ने क्रममा कतै आफूपनि प्रहरीको शिकार हुन्छु कि भन्नेमा उनलाई सो त्रास रहेको बताउने गरेका छन् । फ्रान्समा कम्तीमा पनि ५० लाख जनाजति मुस्लिम जनसङ्ख्या बस्ने गर्दछ । तर उनीहरु निकै लामो समयदेखि फ्रान्सेली नगरिकका रुपमा त्यहाँ बस्दै आएका छन् । 
 
सो आतङ्कवादी हमलाको पछि अरेबियन मुलका युरोपेली नागरिकको हात रहेको स्पष्ट देखिइसकेको छ । यसका कारण फ्रान्समा बस्ने मुस्लिममा पनि त्रास छाएको हो । ती फैजल भन्छन्– अहिले त प्रहरीले मुस्लिम नाम देख्यो भने उसले यसो हेर्छन्, हामीलाई राकेरै केरकार गर्छन र मानौं कि सो हमलामा हामी नै सम्लग्न हौँ कि जस्तो गर्छन् । उक्त हमलाका कारण हामी फ्रान्सेली मुस्लिमहरुले पनि समस्या भोग्नुपर्ने हुनसक्छ । उक्त आक्रमणको परिणामले हामीलाई राम्रो गर्लाजस्तो चाहिँ छैन– उनको भनाई छ । 
 
फ्रान्सको राजधानी पेरिसकै विभिन्न सात स्थानमा गत नोभेम्बर १३ मा आतङ्ककारी हमला भएको थियो । सो हमलामा परी १२९ जनाको ज्यान गएको थियो । त्यस्तै त्यसमा परी सयौँ जना घाइते पनि भएका छन् । उक्त हमलामा मुस्लिम अतिवादी समूह आइएसको हात रहेको थियो । सोही कारण पनि पेरिसमा मुस्लिम नागरिकको खोजीलाई व्यापक बनाइएको छ । सो खोजी अभियानले गर्दा त्यहाँ रहेका मुस्लिम नागरिकमा समस्या उत्पन्न भएको ठानिएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ