arrow

मृगौला पीडित सीताको पीडा, सरकार र अस्पतालको राजनीति

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ असार १६ बिहिबार
Sita-new-FNL-mirgaula.jpg.jpeg
मोरंङ । मृगौला पीडित मोरङ पथरी शनिश्चरे ८ की सीता श्रेष्ठले उपचारमा सहयोग गरिदिन सवैमा याचना गरेकी छन् । २८ वर्षीया श्रेष्ठले उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि याचना गरेकी हुन् । ७ वर्षदेखि मृगौला समस्याबाट पीडित भएकी श्रेष्ठको हाल काठमाडांैस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । 
 
उनले अस्पतालकै शय्याबाटै विराटनगरका संचारकर्मीलाई टेलिफोनगर उनले भनिन्, ‘मेरो उपचारमा धेरै रकम लाग्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्, सहयोगका लागि सबैमा आग्रह गदर्छु ।’ वीर अस्पतालको महिला वार्डको ५ नम्बर शय्यामा रहेकी उनलाइ चिकित्सकले कम्तिमा सात लाख लाग्ने बताएका छन् । श्रेष्ठलाई डा.राजेन्द्र अग्रवाल र डा. रजनी हाडाले हेदै आएका छन् ।
 
उनको अहिले हप्ताको एक पटक औषधि युतm सुई लगाउनु पर्ने भएको छ । पीडित श्रेष्ठका अनुसार एक पटक लगाउदा सो सुईको शुल्क ५० हजार रुपँैया पर्दछ । यो सुई  ६ महिनासम्म लगाउनु पर्ने चिकित्सकले जनाएका छन् । उनले यसअघि विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराएपनि सुधार नभएपछि लामो समयदेखि वीर अस्पतालमा उपचार गराउँदै आएकी छन् ।
 
निम्न वर्गीय परिवारकी श्रेष्ठले उपचारको लागि रकम जुटाउन नसक्ने भएकाले सहयोगको याचना गरेकी छन् । सहयोग गर्न चाहनेले उनको श्रीमान् नरेन्द्र श्रेष्ठको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर २६००००९२९११० रकम जम्मा गर्न सकिने छ । पीडित श्रेष्ठलाई  सम्पर्क गर्नुपरेमा ९८१०५०९४९३ मा फोन गर्न सकिनेछ ।
 
विरामीलाई सरकारले ढाँट्छ वा स्वास्थ्यकर्मीहरुले ? 
सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा मृगौला रोगीको डायलसिशको व्यवस्था निःशुल्क गर्ने घोषणा गरेको छ । यस्तै, भन्सार छुट अन्तर्गत भन्सार विभागले आगामी श्रावण महिना देखि लागु हुने गरी मृगौला, क्यान्सर र मुटुरोगको उपचार गर्न लाग्ने स्वास्थ्य सामग्री बाहिरबाट ल्याउँदा जम्मा १ प्रतिशत राजश्व लाग्ने व्यवस्था गरेको छ ।
 
यसअघि, ५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत भ्याट लाग्दै आएको थियो । जसपछि विरामीले कुनै पनि सरकारी वा नीजि अस्पतालमा सहुलियतमा उपचार पाउने छन् । हाल सम्म अस्पतालले सामान ल्याउँदा लाग्ने भन्सार शुल्क उपभोक्तामाथि चर्को रुपमा लादिरहेका छन् । जसकारण पीडितहरु उपचारका लागि सडकमा माग्न बाध्य छन् । सरकारले उचित उपचारको व्यवस्था अझै गर्न सकेको छैन ।
 
सरकारले निजी अस्पतालले समेत अब उपरान्त शुल्क नघटाए कारबाही गर्ने चेतावनी दिएको छ ।  भन्सार छुट भए निजी अस्पतालहरूले सहुलियत दिने सहमति भएर नै यस्तो निर्णय भएको भन्दै पहिलेको भन्दा सहुलियत मुल्यमा उपचार नगराए अनुगमन गरेर कारबाही गर्ने मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
 
निजी अस्पतालहरूको छाता संगठन ‘अफिन’का वरिष्ठ उपाध्यक्ष कुमार थापाले नेपाल स्वास्थ्य सेवाको हिसावले विश्वमा नै दोस्रो सस्तो मुलुक रहेको भन्दै अब पनि जनतालाई सुविधाको नाममा शुल्कमा कमि गर्न नसक्ने जनाएका छन् । ‘हामी विश्वकै सबैभन्दा सस्तो स्वास्थ्यसेवा रहेको मुलुक हो । अब पनि सुविधा भन्दै शुल्क घटाउन भने सकिँदैन’ –थापाले भने ।  
 
अस्पतालहरुलाई यत्रो सहुलियत, सेवाग्राहीलाई मार 
विभागले नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्यसंस्थाले मृगौला, उपचारमा प्रयोगहुने हेमाडायलाई मेसिन, डायलाईसिस रि–प्रोसेसर, डायलाईजर, र यसको ट्युविङ, डाईलाईसिस बेड र कुर्सी, मुटुरोगको निदान तथा उपचारमा प्रयोग हुने इकोकार्डियोग्राफ, भिडियो स्कोप, क्याथल्याव, हर्ट मेसिन, र डिफिब्रिलेटर, तथा क्यान्सर, रोगको निदान र उपचारमा प्रयोग हुन् पोजिट्रोन इमिसन टोमोग्राफी पेट स्क्यान मेसिन रहेका छन् ।
 
त्यसैगरी, कम्प्यूटेड टोमोग्राफी (सिटी स्क्यान) मेसिन, मेमोग्रफी, व्रेसीथेरापी, र लिनियर एक्सिलरेटर रोग निदानमा प्रयोग हुने फ्लो साईटोमिटर, नेक्स्ट जेनेरेशन सिक्वेमसर, प्रोटिन माइक्रोवरी प्रेटफर्म  र मल्टिफेक्स रियल, राईम पी.सी आर हेकाटोलजी, एनालाईजर, ब्लड केमेष्ट्रि एनालाईजर, म्याग्नेटिक निजोनेनन्स र इमेजिङ (एमआरआई मेसिन किन्दा भन्सारमा एक प्रतिशत मात्रै महशुल लाग्ने विभागले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ