arrow

आपूर्ति व्यवस्था सहज हुन नसक्दा उपभोग्य वस्तुको मूल्य अत्यधिक वृद्धि

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1771487616.jpeg
धनगढी । नाकाबन्दीपछि आपूर्ति व्यवस्था सहज हुन नसक्दा यहाँ दैनिक उपभोग्य वस्तुको मूल्य अत्यधिक वृद्धि भएको छ । मूल्य वृद्धिबाट विपन्न र मजदुरवर्ग सबै भन्दा बढी मारमा परेका छन् । नाकाबन्दीसँगै चामल, दाललगायतका खाद्यानको आपूर्ति हुन नसक्दा मूल्य वृद्धि भएको व्यापारीले बताएका छन् । सबै भन्दा चर्को मूल्य वृद्धि खाने तेल र दालमा भएको छ । आधा लिटर सनफ्लावरको तेलको मूल्य रु ६५ बाट रु १२० तथा तोरीको तेल आधा लिटर रु ७० बाट रु ११० पुगेको छ । 
 
यस्तै प्रतिकिलो मसिनो चामल रु ५० बाट रु ६०, मोटो चामल रु ३० बाट रु ४०, मासको दाल रु १४० बाट रु २४०, रहर दाल रु १५० बाट रु ३२०, मसुरोको दाल रु १२० बाट रु २०० र चना दाल रु ९० बाट रु १४० पुगेको स्थानीय किराना व्यापारी सागर भट्टले बताउनुभयो । 
 
खाने तेल, दाल, चामललगायतको वस्तुको मूल्य छोइनसक्नु भएकाले जीविका कसरी चलाउने भन्ने समस्या उत्पन्न भएको स्थानीयवासी दुर्गा जोशीले गुनासो गर्नुभयो ।इन्धन अभावका कारण सिमेन्ट इँटालगायतका निर्माण सामग्रीको मूल्य पनि ह्वात्तै वृद्धि भएको धनगढी उपमहानगरपालिका—१३ का किसान नयाराम चौधरीले बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ