arrow

भारतको श्रीनगरमा हेलिकोप्टर दुर्घटना, सातको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
92010459.jpeg
श्रीनगर (भारत) । भारतीय काश्मिरमा सोमबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी त्यसमा रहेका सबै सातै जनाको ज्यान गएको समाचार छ । उक्त हेलिकोप्टरमा छजना तीर्थयात्री थिए । तीर्थयात्राका क्रममा रहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् । 
 
काश्मिरमा रहेको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवीबाट तीर्थाटन गरी फर्किनेक्रममा हेलिकोप्टर खसेको थियो । उक्त दुर्घटनामा परी त्यहाँ रहेका छजना तीर्थयात्री र एक पाइलटको ज्यान गएको हो । कत्रा नगरबाट सो हेलिकोप्टर उडेको केही क्षणमै दुर्घटना भएको थियो । सो तीर्थयात्रामा बर्सेनि दशौँलाख नागरिक जाने गर्दछन् । 
 
जम्मुका एकजना वरिष्ठ प्रहरी अधिकारी डेनिस रानाले सो हेलिकोप्टर दुर्घटनामा परी सो हेलिकोप्टर चालक एक महिला र छजना तीर्थालूको ज्यान गएको जानकारी दिए । 
उनले दुर्घटनाको कारण पत्ता नलागेको भन्दै सो कारण अनुसन्धानरत रहेको जानकारी उनले दिए । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ