arrow

एनसेलले ल्यायो रमाईलो एसएमएस योजना

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
267829654.jpeg
काठमाडौं। देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले रमाईलो एसएमएस नामक रोचक योजना ल्याएको छ, जसमा सहभागी भएर एनसेलका प्रिपेड ग्राहकले अब कुनै पनि एनसेलका नम्बरमा मात्र १० पैसाको दरमा जति पनि एसएमएस पठाउन सक्नेछन् ।
 
रमाईलो एसएमएस यही असोज २१ बाट लागु हुनेछ । एनसेलका प्रत्येक प्रिपेड ग्राहकले कर वाहेक रु २ सेवा शुल्कमा दैनिकरुपमा यो योजनामा सहभागी भई मात्र रु १० पैसा प्रति एसएमएसको दरमा एनसेलको कुनै पनि नम्बरमा जति पनि एसएमएस पठाउन सक्नेछन् ।
 
एनसेलका प्रिपेड ग्राहकले आफ्नो मेसेज बक्समा गई ‘D1’ टाइप गरी १७११९ मा एसएमएस पठाई
 
रमाईलो एसएमएस प्याकमा सहभागी हुन सक्छन् । ग्राहकहरुले चाहेमा स्वतः नविकरण हुने गरी पनि सहभागी हुन सक्छन् । यसका लागी आफ्नो मेसेज बक्समा गई ‘D’ टाइप गरी १७११९ मा एसएमएस पठाई सहभागी हुन सक्छन् । यसरी एक्टिभेट गरिएको दैनिक प्याकको अवधि मध्यरात सम्म मान्य हुनेछ ।
 
“ग्राहकहरुको बढ्दो संचार आवश्यकतालाई ध्यानमा राख्दै हामीले रमाईलो एसएमएस सेवा ल्याएका हौँ।  यो सेवाले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पुर्‍याउने विश्वास छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
 
यो योजना तिन महिनाको लागी मान्य हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ