arrow

घरको छतमा बसेका निर्दोष मारिएकामा कांग्रेसको आपत्ति

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1045052571.jpeg
काठमाडौं । सुरक्षाकर्मीले चलाएको गोली लागी घरको छतमा बसिरहेका सप्तरी राजविराजस्थित नेताचोकका दिलीपकुमार साहको निधन भएकामा नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।  पार्टीका क्रियाशील सदस्य ४२ वर्षीय साह सुरक्षाकर्मीले चलाएको गोली लागी घाइते भएकामा उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदा बाटामै निधन भएको थियो । काँग्रेसले घटनाको भत्र्सना गर्दै निहत्था र निर्दोष व्यक्तिको हत्या हुनु दुःखद भएको बताएको छ । 
 
कांग्रेसले विज्ञप्ती जारी गरेर घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै तराई–मधेसमा भएको आन्दोलनप्रति संवेदनशील भई वार्ता एवं संवादका माध्यमबाट समस्याको समाधान गर्न सरकार र आन्दोलनरत पक्षको ध्यानाकर्षण गराएको छ । तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद सकलदेव सुतिहार, रामअयोध्याप्रसाद यादव, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, दिनेशप्रसाद प्रसैला, गणेश मन्डल र बुद्धिसागर चौधरीले न्यायिक छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन्  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ