arrow

कराते प्रशिक्षक न्युजिल्यान्ड गए

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
805183500.jpeg
काठमाडौं । तेश्रो विश्व गोजुरियो कराते प्रतियोगिताका क्रममा हुने विश्व रेफ्री सेमिनारमा सहभागी हुन नेपाल गोजुरियो कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक बिआर मित्र तथा जापान गोजुरियो कराते केन्वाकाइ नेपाल संघका प्रमुख प्रशिक्षक विसनसिंह खड्का सोमबार न्यूजिल्यान्डको अक्ल्यान्ड प्रस्थान गरेका छन् । 
 
प्रतियोगिता यही मंसिर १० देखि १४ गते सम्म चल्ने छ । मित्र एकेएफ जज, दक्षिण एसियाली गोजुरियो कराते महासंघका अध्यक्ष तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव हुन् । खड्का एकेएफ जज तथा दक्षिण एसियाली केन्वाकाइ महासंघका प्रमुख प्रशिक्षक हुन् ।
 
मित्र अक्ल्यान्डमै हुने विश्व कोंग्रेसमा समेत सहभागी हुने छन् । कोंग्रेसमा चौथो विश्व गोजुरियो कराते प्रतियोगिता एसियाली महादेशमा आयोजनाका लागि प्रस्ताव समेत गरिने बताइएको छ । विश्व करातेको पहिलो संस्करण पोर्चुगल र दोश्रो दक्षिण अफ्रिकामा भएको थियो । उनीहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुनले लैनचौरस्थित निवासमा बिदाइ गरे ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ