arrow

बैद्य भारतीय दूतावास पुगे, भने– ‘आर्थिक नाकाबन्दीको अभिव्यक्ति तुरुन्त फिर्ता लेऊ’

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1845560769.jpeg
काठमाडौं । नेकपा–माओवादी अध्यक्ष मोहन बैद्यले भारतीय दूतावास पुगेर नेपाललाई कमजोर नआँक्न भनेका छन् । सोमबार नाकाबन्दीको विरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र बुझाउन दूतावास पुगेको नेकपा क्रान्तिकारी माओवादीले अन्तर्राष्ट्रिय कानुनविपरित आर्थिक नाकाबन्दी गरिएकामा आपत्ति जनायो ।
 
बैद्यले भने,–‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरियोस् र आर्थिक नाकाबन्दी गर्ने भनिएको छ, त्यो तुरुन्त खारेज गरियोस् ।’ अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरीत भारतले नाबाकन्दी गरेर नेपाललाई कमजोर आँकेकाले ज्ञापनपत्र बुझाएको बैद्यले बताए ।
 
ज्ञापनपत्र बुझाउनुअघि माओवादी कार्यकर्ताले केहीबेर भारतीय नाकाबन्दीको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरे । अध्यक्ष मोहन वैद्य नेतृत्वको टोलीले लैनचौरस्थित भारतीय दूतावास पुगेर दूतावासका कर्मचारीलाई ज्ञापनपत्र बुझायो ।
 
 यस्तै, भारतीय नाकाबन्दीले स्वास्थ्य क्षेत्रमा गम्भीर असर परेको भन्दै महिलाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । वातावरणको क्षेत्रमा काम गर्ने महिलाहरुले विरोध गरेका हुन् ।  
 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ