arrow

डा केसी आमरण अनसनमा बस्न लागेकोप्रति ध्यानाकर्षण

logo
प्रकाशित २०७३ असार १९ आइतबार
govinda.JPG.jpeg
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक एवं वरिष्ठ चिकित्सक गोविन्द केसी यही असार २६ गतेदेखि आमरण अनसनमा बस्न लागेकोप्रति एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । डा. केसी चिकित्सा क्षेत्रको सुधारका लागि आफूले सरकारसंग गरेको सहमति अक्षरस पालना गर्न आग्रह गर्दै फेरि पनि आमरण अनसनमा बस्दैछन् ।
 
विगतमा आधा दर्जन पटक आमरण अनसन बसेर पनि सरकारले सहमति कार्यान्वयन गर्न आलटाल गरेसंगै डा. केसीले फेरि पनि आमरण अनसनको चेतावनी दिएका हुन् । उनले चिकित्सा क्षेत्रमा माफियातन्त्र चलेको चन्दै सत्याग्रहमा जाने चेतावनी पनि दिएका छन् । डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलेसमेत शिक्षामा अनावश्यक राजनीति गरेको आरोप लगाउँदै महाअभियोग लगाउन चेतावनी दिएका छन् । 
 
यता, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले मेडिकल कलेजमा विद्यार्थी भर्नाको समय आउने बेलामा यसरी आमरण अनसनमा बसेर नेपाली विद्यार्थीलाई विदेश जान प्रेरित नगर्नसमेत केसीलाई सुझाव दिएको छ । सो एशोसिएसनले मेडिकल क्षेत्रमा विद्यार्थी भर्ना कटौतीको माग राखेर डा. केसीले जेहेनदार विद्यार्थीको सिट कटौती गर्न खोजेको आरोपसमेत लगाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ