arrow

सन्डरल्याण्डले क्रिष्टललाई हरायो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1443375397.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा सन्डरल्याण्डले पहिलो पटक अवे जीत हासिल गरेको छ । क्रिष्टल प्यालेसको मैदानमा सन्डरल्याण्डले १–० को जित निकाल्यो । संन्डरल्याण्डका लागि विजयी गराउन जेमाइन डेफोले ८०औं मिनेटमा निर्णायक गोल गरे । त्यसअघि आक्रामक बनेको सन्डरल्याण्डका तीन खेलाडीले पहेलो कार्ड पाए ।
 
जितसँगै सन्डरल्याण्डले रेलिगेशन क्षेत्रको दबाब घटाएको छ । १३ खेलबाट ९ अंक बटुलेको  सन्डरल्याण्ड अंक तालिकाको १८औं स्थानमा उक्लियो । जारी लिगमा १३ खेलबाट २८ अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा छ । समान खेलबाट २७ अंक जोडेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ । तेस्रो र चौथो स्थानमा रहेका म्यान्चेस्टर सिटी र आर्सनलको समान २६–२६ अंक छ । खेलाडी किनबेचले उचारचढाब आएको प्रिमियर लिग समर्थकका लागि रोचक बन्न सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ