arrow

मोर्चाको आन्दोलन ‘ठगहरुलाई महायज्ञ’, अन्धो राष्ट्रवादभित्र भारतीयकै सहयोग (टिप्पणी)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1918840145.jpeg
काठमाडौं । प्रदेशको सीमाङ्कनको विषयलाई लिएर आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नागरिकलाई मात्र कष्ट दिएन । चोर र ठगहरुलाई मौलाउने महायज्ञको समय जुराई दियो । आन्दोलनको सय दिन वितिसकेपनि निकास निस्कने कुनै टुंगो छैन । अत्यावश्यक सामग्रीको अभाव सिर्जना गराएर मोर्चा आलोचित मात्र होइन बद्नामित समेत भइसकेको छ ।
 
मोर्चालाई आन्दोलनले फाइदा र घाटा बराबर गरिरहेको छ । मोर्चाको राज्य तोड्ने र मधेसका नागरिकलाई नै ठग्ने ध्यय फाइदामा भएपनि जनविश्वास र जनशक्ति गुमाइरहेको छ । मोर्चाको आन्दोलनकै नाममा औद्योगिक क्षेत्र बन्द रहेपनि व्यापारिक क्षेत्र भने फस्टाएको देखिन्छ । अत्यावश्यकिय इन्धन, खाद्यान्न र औषधिमा नागरिकको ढाड सेक्ने गरेर कालोबजारी र ठगि भइरहेको छ । राज्यकै आँखा अगाडी लुट मच्चिरहेको छ । राज्य मुख दर्शक ! ठगहरु महायज्ञ मनाउँदै छन् ।
 
उपभोक्ताको आँखा छलेर कैयन कालोबजारी भइरहेको छ । सरकार अन्धो राष्ट्रवादका पछाडी दौडिरहेको छ । सत्ताधारी र समर्थकहरु अन्धो तालि बजाइरहेका छन् । कर्मचारी तन्त्र पतित बन्दै गएको छ । कमिसनको खेलो अझ बढी फस्टाएको छ । राजनीतिक अस्थिरता र ध्रुबीकरण संविधान निर्माणपछि पनि उकालो चढीरहेको छ । नागरिकका समस्या ओरालो लाग्ने कुनै उपाय र साधन छैन । इच्छाशक्तिको वर्णन गर्ने जम्बो मन्त्री मण्डल बोली र भाषाको खेती गरिरहेका छन् । यसकारण मधेस आन्दोलन नाम मात्रै जस्तो देखिएको छ । सारा सञ्जाल जञ्जाल बनिसकेको छ ।    
 
सीमापारीबाट ल्याउनेको खेलो
सीमापारीबाट डिजेल पेट्रोल र ग्याँस ल्याएर पहुँच र पैसा भएको राजधानी पठाउनेको गिरोहले पनि यज्ञ मनाईरहेको छ । राजधानीमै मौज्दात सामग्रीको कालोबजारी गर्न कुनै गिरोह चाँहिदैन । सप्लायर्सकर्ताहरु आफै सक्रिय छन् । उता, प्रदर्शनकारीले सोमबार राति ढल्केवरमा चार वटा मोटरसाइकलमा आगजनी गरे ।
 
उनीहरुले सीमापारीबाट डिजेल पेट्रोल ल्याएर राजधानी पठाउन लागेको भन्दै आगजनी गरेका हुन् । राजमार्गमा सवारी स्कर्टिङमा अबरोग गर्न मध्यरातमा ढल्केवर चोकमा धर्ना बसिरहेका आन्दोलनकारीले ग्यालनमा इन्धन राखेर बर्दिवासतर्फ गइरहेका ती मोटरसाइकलहरु जलाएका हुन् । 
 
ढल्केवर चोक आसपास क्षेत्रमा मध्यरातमा जलेका मोटरसाइकलको वशेष प्रहरीले मंगलबार बिहान संकलन गरेको छ । दिउँसो पूर्वपश्चिम राजमार्गको ढल्केवर चोकमा धर्ना बसिरहेका आन्दोलनकारीले राति स्कर्टिङ गरी ल्याइएका करिब ५० वटा यात्रुबाहक बस र मालबाहक ट्रकमा ढुंगामुढा गरी तोडफोड गरे । 
 
गुडिरहेको गाडीमा आक्रमण गर्ने आन्दोलनकारीलाई प्रहरीले लाठी चार्ज गरेको थियो । यस्तै, जनकपुरबाट धर्ना बस्न ढल्केवर पुगेका आन्दोलनकारीको ५०  बढी हेल्मेट प्रहरीले नियन्त्रणमा लिएको छ । हेल्मेटका लागि मंगलबार बिहान आन्दोलनकारीले इलाका प्रहरी कार्यालय ढल्केवरलाई घेराउ गरे । मातृका यादव नेतृत्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिको धर्नास्थलमा टाँगिएको टेन्ट पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी चलिरहेको मधेस आन्दोलन र सरकारबीचको पर्दा अगाडीको लडाँई । यो रंगमञ्च छोडेर अलिक भित्र जाने हो भने विचित्र भेटिन्छ । 
 
पर्दापछाडी  !
राजधानीलगायत विभिन्न ठाउँका पेट्रोल पम्पहरुले सवारीसाधनहरुले सेकेण्ड मिनेटभरमै लुट्न भ्याउँछन् । लुटिएको थाह नपाउने सवारीले उपभोक्ता सोझै लुट्छन् । उपभोक्ताले सवारी संचालकहरु लुटेरा भनेको बढी सुन्छि । तर, सरकार, अइल निगम, पेट्रोल पम्प र यातायात व्यवस्था विभाग तथा व्यवसायीहरु लुटेरा बनेको पत्तो पाउँदैनन् । उनीहरुको गिरोह विशाल भएकै कारण पत्तो पाउन सहज हुँदैन । पम्प व्यवसायीहरुले १५ वर्ष अघिदेखि  उपभोक्ताहरुलाई झुक्याइ सवारी साधनमा इन्धन भरिदिने गरेको तथ्य बल्ल बाहिर आएको छ । 
 
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार र सोमबार गरी काठमाडौं, ललितपुर र भक्तपुरका १८ पेट्रोल पम्पमा छापा मार्दा रहस्य र जालो खुल्यो । १७ जना पेट्रोलपम्प सञ्चालक प्रहरी नियन्त्रणमा छन् । म्यानुअल र डिजीटल दुवै पेट्रोल पम्प सञ्चालकहरुले उपभोक्ता ठग्दै आएको प्रहरीले बताएको छ ।
 
१२ हजार लिटर पेट्रोल विक्री गर्दा पम्प सञ्चालकहरुले ५० हजार रुपैयाँ सम्मठगि गर्ने गरेको रहस्य खोले महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले । सय लिटर पेट्रोल भर्दा ४ लिटर गायव हुन्छ । १ हजार लिटर भर्दा ४० लिटर र १२ हजार लिटर पेट्रोल भर्दा ४ सय ८० लिटर । पम्पहरुले उपत्यकामा ३ प्रतिशत तेल गायव बनाउन मिल्ने गरी अतिरिक्त मेसिन जडान गर्ने गरेको खुलेको छ । 
 
भारत विरोधी अन्धो राष्ट्रवादभित्र भारतीयकै सहयोग 
वर्तमान केपी ओली सरकार भारतीय नाकाबन्दीको चर्को विरोध गरिरहेको छ । नेपाली स्वयंम आत्मनिर्भर बन्ने उपदेश दिने सरकारकै कर्मचारीहरुले भारतीय मज्दुरसंग मिलेर कमिसन काढीरहेका छन् । उनीहरुले व्यवसायीलाई अनेकौं अर्ती र उपदेश दिएका छन् । जसको दृष्य गोप्य रहने गरेको छ । आत्म निर्भर बन्ने नेपालीहरुको हैसियत पैंसाको लागि काम गर्ने भारतीय मज्दुर भन्दा तल । हो यही हो यस महायज्ञको महिमा र राग ।
 
पेट्रोल पम्पहरुमा रिमोर्ट, रिसिभर र चिप्स जडान गर्ने गिरोह नेपालकै । तर, मिस्त्री (मज्दुर) भारतीय । प्रहरीले राजधानीका पेट्रोल पम्पहरुमा रिमोर्ट, रिसिभर र चिप्स जडान गर्ने गिरोहलाई समेत नियन्त्रणमा लियो । भारत मोतिहारीका नसिम सिद्धिकी, अयुव आलम, हमदि हुसेन, मोहम्मद अबराव र सेख इस्तिहाज ललितपुरको बालकुमारी र कोटेश्वरबाट पक्राउ परे ।
 
पप्पु भनिने एक जना फरार छन् । नसिम मेसिन जडान गर्ने मुख्य मिस्त्रि हुन् । उनीहरुले म्यानुअलमा पीन र डिजीटल पेट्रोल पम्पमा रिमोर्ट, रिसिभर र चिप्स जडान गर्ने गरेका थिए । डिजिटलमा चिप्स लुकाउन सजिलो हुने तर, जडान गर्न जो–सुकैले नसक्ने बताइएको छ ।  म्यानुअलमा पीन राख्न भने जो–सुकैले सक्दछ । राजधानीमा यस्तो कार्यमा संलग्न एउटा मात्रै यही समूह रहेको प्रहरीले जानकारी दियो ।
 
मिस्त्रीहरुले ३० हजार रुपैयाँमा जडान गर्ने गरेको प्रहरीसमक्ष बताएका छन् । आत्मनिर्भर बन्ने राष्ट्रवादी नेपालीहरुलाई पलपलमा भारतको सहयोग चाहिएको छ । कसरी हुन सक्छ नेपाल आत्मनिर्भर । आत्म शुद्धिको प्रण गर्न सक्छन् राज्यका हरेक निकायमा काम गर्ने व्यक्तिले । के सरकार आत्मनिर्भरताको अभियान निस्वार्थ अघि बढाउन सक्छ ? अभाव टार्ने उपयुक्त विकल्प र योजना के छ राज्यसंग ? के हो व्यवस्थापन र राष्ट्रवाद ? यी सबै प्रश्नको व्यवहारिक जवाफ खोज्न आवश्यक छ ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ