arrow

ग्यासको अभावमा दाउराको प्रयोग वढ्दो

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1940885509.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । ग्यासको अभाव हुँदा सदरमुकाम फिदिममा दाउराको प्रयोग बढेको छ । दिनहुँ फिदिममा ५० भारी भन्दा बढि दाउरा आहालगैरी हुँदै फिदिम बजारमा भित्रिने गरेको छ । एलपी ग्याँसको अभावले दाउराको प्रयोग बढेको हो । दाउरा होटलमा धेरै खपत हुने गरेको छ । खपत बढ्दा दाउराको मूल्य पनि ह्वात्तै बढेको छ ।

ग्याँसको अभाव नहुँदा प्रति भारी १ सय ६० रुपैयाँ देखि ३ सय रुपैयाँ सम्ममा किनबेच हुने गरेकोमा अहिले तीन सय देखि पाँच सय रुपैयाँसम्ममा दाउराको भारी विक्री हुने गरेको दाउरेहरु बताउँछन् । फिदिममा नियमित जस्तै दाउरा ल्याउने चोकमागूकी सुनमाया लिम्वुले दाउराको माग फिदिममा बढि रहेको बताए । 

होटल टाइगरका सञ्चालक विश्वकुमार तुम्बापोले दाउराको मूल्य पनि उच्च भएको र एलपी ग्याँस पनि गाह्रो हुँदा होटल सञ्चालकहरु मारमा परेको बताएका छन् । फिदिमको पल्लोटारमा खोलिएका भेनियर उद्योग सञ्चालकहरुले पनि प्रति ट्याक्टर ६ हजार रुपैयाँमा विक्री गर्दै आएको दाउरा २ हजार रुपैयाँले बढाएर ८ हजार पु¥याएका छन् । ग्याँस बेला बेला फिदिम भित्रिएपनि अधिकाँश उपभोक्ताहरुले व्यवसायीहरुबाट पाएकै छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ