arrow

पेट्रोलियम तस्करीको जोखिम, नेपालमा भाउ बढ्ने संकेत

logo
प्रकाशित २०७३ असार २० सोमबार
petroleum.jpg.jpeg
काठमाडौं । भारतको रक्सौलमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर १० रुपैयाँ र डिजेल २० रुपैयाँसम्म सस्तो हुँदा तस्करीको जोखिम बढेको छ । भारतमा अन्तःशुल्क र मूल्य अभिवृद्धि कर बढी लगाइएकाले नेपालमा भन्दा पेट्रोल र डिजेलको मुल्य महङ्गो भएको हो । 
खुला सीमाका कारण नेपालबाट पेट्रोलियम पदार्थको तस्करी हुन सक्ने जोखिम रहे पनि यसलाई नियन्त्रण गर्न सजिलो छैन । आयल निगमका अधिकारीहरु यसले नेपाली बजारमा कृत्रिम अभावसमेत सिर्जना गर्न सक्ने बताउँछन् । भारतमा पेट्रोलियम पदार्थ महङ्गो भएपछि नेपालमा पनि सरकारलाई कर थप गरी मुल्य बढाउनु पर्ने वाध्यता आउन सक्छ । 
यसअघि भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएसंगै तस्करी बढ्दा नेपालमा मुल्य बढाइएको थियो । सुन, चिनी लगायतका वस्तु पनि यसरी नै मुल्य अन्तर हुँदा तस्करीको मात्रा बढ्ने गरेको छ । (कारोबार दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ