arrow

मोर्चा र मानव अधिकार आयोग बीच छलफल

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2081223315.jpeg
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी र मधेसी मोर्चाका नेताहरु बीच अहिलेको समसामयिक विषयमा आयोगमा छलफल भएको छ । छलफलका क्रममा मोर्चाका नेताहरुले तराईका विभिन्न जिल्लाहरुमा भइरहेको आन्दोलनमा प्रहरीले सर्वसाधरणको घर–घरमा पुगेर कुटपिट गर्ने, म्याद नाघेका अश्रु ग्यास प्रहार गर्ने र छाती तथा टाउँकोमा गोली हानेका कारण आन्दोलनकारीको मृत्यु र घाइते भएको आयोगका पदाधिकारीलाई जानकारी गराउँदै जबरजस्ती बल प्रयोग गर्ने कार्य तत्काल रोक्न सरकारलाई निर्देशन दिन आग्रह गरेका थिए । 

सरकारले आफुहरुको मागलाई गम्भीर रुपमा नलिएको बताउँदै विना एजेन्डा बैठकमा बोलाउँदा समस्या हल हुन ढिलाई भएको भन्दै तत्काल सार्थक वार्तामा बोलाई समस्याको हल खोज्नु पर्ने मधेसी मोर्चाका नेताहरुले बताएका छन् । एम्बुलेन्स तथा औषधि बोकेको साधनमा आगो लगाउने तथा तोडफोड गर्ने कार्य आफ्ना कार्यकर्ताले नगरेको स्पष्ट पार्दै आयोगले ती घटनाको अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका छन् ।  

शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन बढेको आयोगका पदाधिकारीलाई जानकारी दिंदै मोर्चाका नेताहरुले समस्या यथाशीघ्र हल नभए सामाजिक सद्भाव समेत खलबलिन सक्ने तर्फ ध्यानाकर्षण गराएका थिए । आयोगका अध्यक्ष अनुप राज शर्माले प्रहरीले आन्दोलकारीलाई छाती र टाउँकोमा गोली हान्ने अधिकार कुनै पनि कानूनले कसैलाई पनि नदिएको भन्दै स्थानीय प्रशासन ऐन अन्तर्गतको अधिकार प्रयोग गर्न तथा नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने बताए । साथै उनले आफ्नो अधिकार र कर्तव्यलाई कसैले पनि उल्ङ्घन गर्नु मानव अधिकारको अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरीत भएको बताए । आयोगले विभिन्न जिल्लाहरुमा भएको घटनालाई गम्भीर रुपमा लिएको बताउँदै अध्यक्ष शर्माले सार्थक वार्ता गरेर समस्याको निकास खोज्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

छलफलमा मधेसी मोर्चाका लक्ष्मणलाल कर्ण, सी.के लाल, अशोक कुमार राई, अमरेश नारायण झा, देवेन्द्र यादव, राजेन्द्र प्रसाद श्रेष्ठ, मनिष कुमार सुमन र राधाकुमारी कायस्थ तथा आयोगका सदस्यहरु समेतको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ