arrow

इन्जिनियर एशोसिएसनमा चुनावी सरगर्मी बढ्यो, को–को छन् अध्यक्षका आकांक्षी ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
काठमाडौं। देशभरका इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियरिङ एशोसिएसनमा चुनावी सरगर्मी बढेको छ। आगामी भदौं ३१ गते काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुन लागेको संघको केन्द्रीय महाधिवेशनमा नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र नयाँ शक्ति नेपाल गरी चार समूहबाट निर्वाचनमा उम्मेदवारको आकांक्षी रहेका छन्। 
 
यस भन्दा अगाडि नेपाली काँग्रेस पक्षबाटै दुईवटा समूह लड्दा पनि विजय हाँसिल गरेको लोकतान्त्रिक इन्जिनियर समूहबाट अहिलेसम्म ३ जनाले उम्मेदवारीको लागि आकांक्षा देखाएको पाईएको छ। यद्यपी यो अन्तिम समयसम्म एकजनामा सीमित बन्ने दाबी लोकतान्त्रिक पक्षले गर्दै आएको छ। यसरी लोकतान्त्रिक पक्षबाट उम्मेदवारीको आकांक्षा देखाउनेमा प्रा. हिरण्यमान प्रधान, दीपकबाबु कँडेल र मुकेशराज काफ्ले रहेका छन्। यसमध्ये हिरण्यमान प्रधान बरिष्ठ मानिन्छन। काफ्ले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेका छन्। लोकतान्त्रिक पक्षबाट महासचिवमा उमेश थानी र कमल कार्कीको चर्चा रहेको छ। 
 
त्यसैगरी एमाले निकट इन्जिनियरहरूको समूह प्रगतिशील इन्जिनियर समूहबाट दुई जनाले आकांक्षा देखाएको प्रगतिशील निकटका इन्जिनियरहरूले बताउने गरेका छन्। जसमा सरोजकुमार उपाध्यायको नाम बढी चर्चामा रहेको छ भने डिल्लीरमण निरौलाले पनि आकांक्षा देखाएका छन्। प्रगतीशीलबाट महासचिवमा भने सुरज लामिछानेको चर्चा रहेको छ। 
 
त्यसैगरी माओबादी केन्द्र निकट इन्जिनियरहरूको समूह गणतान्त्रिक इन्जिनियरिङ समूहको तर्फबाट डा. हरेराम पराजुलीको नाम चर्चामा रहेको छ। माओबादीबाट अहिलेसम्म दोस्रो आकांक्षीको नाम चर्चामा आएको छैन। 
 
उता, केही दिन अगाडि गठन भएको नयाँ शक्ति नेपालले पनि अध्यक्षको नाम अगाडि सार्ने तयारी गरेको छ। नयाँ शत्तिः नेपालको तर्फबाट बुढी गण्डकी जलविद्युत आयोजनाका प्रमुख डा. लक्ष्मीप्रसाद देवकोटाको नाम चर्चामा रहेको छ।  
    
कूल १७ हजारको हाराहारीमा सदस्य रहेको एशोसिएसनमा नेपाल इन्जिनियरिङ एशोसिएसनको सदस्य र इन्जिनियरिङ काउन्सिलको समेत सदस्य रहेका व्यक्तिले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ। यस भन्दा अगाडिको निर्वाचनमा काँग्रेस निकट दुई समुहको दुई जना उम्मेदवार हुँदा पनि लोकतान्त्रिककै ध्रुवकुमार थापाले अध्यक्षमा विजय हासिल गरेका थिए। तर यो पटक बरिष्ठ मध्येका एकलाई एकल उम्मेदवार बनाउन लोकतान्त्रिक पक्षले पहल गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ