arrow

नक्कली डाक्टरको चर्चाबीच मृगौला रोग विशेषज्ञ झाको सक्कली कीर्तिमान

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ असार २० सोमबार
Kidney-Stones-&-Treatment.jpg.jpeg
विराटनगर ।  विराटनगर–३ मा रहेको किड्नी अस्पतालले सप्तरी जिल्ला घर भएकी ५ वर्षीया बालिका सिवानी मण्डलको जटिल शल्यक्रिया गर्न सफल भएको छ । अस्पतालले दुवै किड्नी सुनिएको अवस्थामा अस्पतालमा आएकी बालिका सिवानीको पिसाव नलीमा रहेको १३, १३ एमएमको विना सर्जरी पथ्थर  निकालेको हो । 
 
अस्पतालका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर सन्तोष झाले बालिकाको विना अप्रेशन ल्याप्रोस्कोपीद्धारा ढुङा निकालेको बताए ।  देशरभर नक्कली चिकित्सको चर्चा चलिरहेका बेला झाले सक्कली कामको कीर्तिमान बनाइदिएका छन् । 
 
बालिकाको आर्थिक अवस्था कमजोर रहेकाले अस्पतालमै किड्नी उपचार गराइरहेका धरान ४ का कुमार कार्कीको  २० हजार सहयोग र अस्पतालको २५ हजार सहयोगमा अप्रेशन गरिएको नेशनल किड्नी अस्पतालका  निर्देशक योगेन्द्र खड्काले जानकारी दिए । 
विगत ८ वर्षदेखि किड्नी उपचार गराइरहेका कार्की यसभन्दा अघिपनि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ