arrow

पक्राउ परेका डाक्टर धरौटीमा धमाधम छुट्दै, १ लाख धरौटी तिर्ने एक जना मात्रै

logo
प्रकाशित २०७३ असार २० सोमबार
doctor_teacher_group.jpg.jpeg
काठमाडौं । विभिन्न १० जिल्लाबाट पक्राउ परेका चिकित्सकहरु धमाधम धरौटीमा छुटिरहेका छन् । हालसम्म अधिकांश चिकित्सक धरौटीमा रिहा भइसकेका प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । व्यूरोले केही दिनअघि मात्रै चिकित्सकलाई जम्बन्धित जिल्लाको जिम्मा लगाएको थियो । 
 
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर ठगि गरेको भन्दै प्रहरी र नेपाल मेडिकल काउन्सिलले संयुक्त रुपमा थालेको छानविनका क्रममा असार ३ गते देशका विभिन्न स्थानबाट ३७ चिकित्सक पक्राउ परेका थिए ।
 
अनुसन्धान व्यूरोका प्रवक्ता दिवेश लोहनीले विराटनगर, झापालगायत केही ठाउँका चिकित्सक धरौटीमा रिहा भएको बताएका छन् । उनले हाम्राकुरासंग भने, ‘सबैको विवरण आएको छैन, जिल्ला जिल्लाबाट माग्नु पर्छ । तर अधिकांश धरौटीमा रिहा भएका छन् ।’ केही चिकित्सकबारे अझै सोधपुछ जारी छ ।
 
हालसम्म थुनामुक्त हुनेमा उच्च धरौटी एक लाख मात्र !
सोमबार मात्रै काठमाडौंमा पक्राउ परेका एक चिकित्सक धरौटीमा रिहा भएको प्रवक्ता लोहनीले बताए । यद्यपि, उनले चिकित्सकको विवरण खुलाएनन् । उनले भने, ‘हाल सम्म सबै भन्दा बढी धरौटी माग भएको उहाँसंग मात्रै हो ।’ १ लाख धरौटीमा छाडिएको भन्ने बुझिएको छ–लोहनीले हाम्रा कुरालाई सुनाए । हाल सम्म धरौटीमा रिहा भएका अन्यसंग त्यति धरौटी माग भएको थिएन । 
 
अन्य चिकित्सकलाई जिल्ला पठाउनु अघि धरौटीमा रिहा भएका विराट नगरका चर्चित चिकित्सक जावेद अख्तरबारे कडा रुपमा उभिएको व्यूरोले धरौटी बुझाएपनि अझै उन्मुक्ति नमिलेको बताएको छ । व्यूरोले धरौटीमा रिहा हुनेलाई समेत निगरानीमा राखेको छ । 
 
सोमबार काठमाडौं जिल्ला अदालतमा नर्भिक हस्पिटल थापाथली र बि एण्ड बि ग्वार्कोमा कार्यरत अरुण कुमार गुप्ता, लोकहित डेण्टल अस्पताल त्रिपुरेश्वरमा कार्यरत गणेश साह, रेशा फर्म चावहिलमा कार्यरत विनिता मण्डल, कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटल सामाखुसीका कार्यरत बुद्धिमान श्रेष्ठको पेशी थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ