arrow

हवाई इन्धनसहितको ट्याङ्कर नियन्त्रणमा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
833815978.jpeg
चितवन । वडा प्रहरी कार्यालय नारायणगढले कालोबजारी गरी ल्याइएको हवाई इन्धनसहितको ट्यांकर गए राति नियन्त्रणमा लिएको छ ।  नेपालगन्जबाट आएको ना २ ख ४३६५ नंको ट्यांकरसहित प्रहरीले चार जनालाई नारायणगढको बेलचोकबाट पक्राउ गरेको प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरका अनुसार नेपाल आयल निगमसँग कुनै स्वीकृति नलिई नेपालगन्ज नाकाबाट बाटोका विभिन्न स्थानमा आआफ्नै ढङ्गले बिक्री गर्दै नारायणगढ आइपुगेपछि निजी घरमा इन्धन झार्दै गर्दा नियन्त्रणमा लिइएको हो ।

नारायणगढमा ८५० लि हवाई इन्धन झार्दै गर्दा ट्यांकरसहित नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ पर्नेमा नारायणगढ बेलचोकका विनोद अवस्थी, उनका एक जना कामदार, कालोबजारीको मध्यस्थता गरेका वीरगन्जका किशोर पटेल र सवारी चालक मकवानपुर काँकडा–४ का सोमलाल ब्लोन छन् । 

ट्याङ्करमा सात हजार लि जति हवाई इन्धन रहेको बताइएको छ । अभियुक्तले प्रहरीलाई रु ५० हजार घुस दिन खोजेको तर सो रकमसहित व्यक्ति नियन्त्रणमा लिइएको कुँवरले बताए । सो इन्धन बाटामा बिक्री गर्दै बॉकी त्रिभुवन विमानस्थलमा बिक्री गर्न लैजान लागेको खुलेको छ । 

प्रहरी उपरीक्षक कुँवरले आयल निगमका कर्मचारीको मिलेमतोमा अवैध रुपमा इन्धन लैजान लागेको हुन सक्ने आशङ्का व्यक्त गरे । अभियुक्तलाई कालोबजारी ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ