arrow

सिरियामा फ्रान्सको आक्रमण जारी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
382423498.jpeg
पेरिस । विगतका चार वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियामा फ्रान्सेली युद्धक विमानले कारबाही जारी राखेका छन् । सोमबार पनि सो आक्रमण जारी नै राखेको बताइएको छ । फ्रान्सेली सैनिकले सिरियाको राक्वा सहरमा सोमबार आतङ्ककारीहरुको खोजीलाई व्यापक बनाएको बताएको थियो । हवाई हमला सोमबार राति पनि जारी रहेको समाचारमा जनाइएको छ । 
 
ती विमानहरुले इस्लामिक अतिवादी समूह आइएसको प्रभाव रहेको ठानिएको सिरियाको राक्वान र त्यस वरपरका नगरहरुमा विगत केही दिनयतादेखि रातिदेखि हवाई हमला गरिरहेका छन् । फ्रान्सको राजधानी पेरिसमा यही नोभेम्बर १३ मा मुस्लिम अतिवादी समूह आइएसले हमला गरेका थिए । सो हमलामा परी १२९ जनाको ज्यान गएको थियो । उक्त आतङ्ककारी हमलापछि सिरियामाथिको हमलालाई आइएसले झनै कडा बनाएको छ । आइएसको उद्गमस्थल नै सिरिया रहेको धारणा फ्रान्सले राख्दै आएको छ । 
 
फ्रान्सेली रक्षामन्त्रालयले दिएको जानकारीअनुसार सो क्षेत्रमा आइएस लडाकूको शिविर रहेको सूचनाका आधारमा सो कारबाही गरिएको हो । तर कैयौँ दिनदेखि हमला जारी रहेको सो क्षेत्रमा आइएसका लडाकूहरु कति मारिएका छन् भन्ने बारेमा भने केही बताएको छैन । फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलामा आइएसका लडाकूको प्रत्यक्ष सम्लग्नता भेटिएपछि आइएसका विरुद्ध पनि फ्रान्सले सो आक्रमण थालेको हो । उसले घोषित रुपमा नै सिरियामा आइएसको प्रभाव रहेकोले त्यहाँ हमला जारी राख्ने बताउदै आएको छ । 
 
सोमबार मात्र पनि फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँग पेरिसमा गर्नुभएको भेटवार्तापछि सिरियामा हमला जारी राख्ने बताउनुभएको थियो । उहाँले सिरिया आतङ्ककारीको मूल थलोका रुपमा रहेको भनाई राख्नुभएको थियो । उहाँले आतङ्ककारीका विरुद्धको कारबाहीलाई जस्तोसुकै अवस्थामा पनि अघि बढाइने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ