arrow

चालकको लापरवाहीले घरमै ट्रक पस्यो, आठ महिने बालिकाको मृत्यु

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
tru.jpg.jpeg
रत्ननगर । चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत चण्डिभज्ञ्याङको पाँचकिलोमा एक घरमा ट्रक पस्दा एक बालिकाको मृत्यु भएको छ । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ९६९९ नम्बरको ट्रक चण्डिभज्ञ्याङ गाविस–९ को पाँचकिलोमा अनियन्त्रित भई एउटा घरमा पसेको थियो । 
 
राति करिब १० बजेर ३० मिनेटको समयमा भएको उक्त दुर्घटनामा परी स्थानीय किसान गुरुङ की ८ महिनाकी छोरी किष्मा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 
 
गम्भीर अवस्थामा उद्धार गरिएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ