arrow

सुपाडी किसानहरुको उद्योग बाणिज्य महासंघ विरुद्धको आन्दोलनको स्वरुप परिवर्तन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1251404617.jpeg
काठमाडौ । उद्योग बाणिज्य महासंघले ठूलो आर्थिक चलखेलमा सेण्डिकेट लगाएको भन्दै रिले अनसनसहितको आन्दोलन गरिरहेका सुपारी उत्पादक किसानहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन । राष्ट्रिय सुपारी खेति प्रर्वद्धन एवम् कृषि विकास संघ, झापा, मेची सुपारी तथा फलफुल विकास सस्था झापा र फेयर नेपाल मोरङले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन उद्योग बाणिज्य महासंघ र सम्बन्धीत मन्त्रालयले समस्या समाधानको लागि छलफल गर्ने प्रतिबद्धतापछि आजबाट सुरु गर्ने भनि घोषणा गरिएको आमरण अनसनको कार्यक्रममा परिवर्तनको जानकारी दिएको हो । 
 
पत्रकार सम्मेलनमा  राष्ट्रिय सुपारी खेति प्रर्वद्धन एवम् कृषि विकास संघ, झापाका अध्यक्ष विष्णु शिवाकोटीले आमरण अनसनको स्थानमा अहिलेलाई महासंघ अगाडि सुरु भएको रिले अनसनलाई केही दिन जारी राख्ने स्पष्ट पारे । उनले आफूहरुको मागमा सुनवाई नभए आन्तरिक छलफलपछि आमरण अनसन फेरि सुरु गर्ने भन्दै अहिले मधेस आन्दोलनको कारण किसानहरु ईटहरीमै अडकिएकोले उनीहरु आएपछि फेरि सुरु गर्ने बताए । उनले सुपारी किसानहरुले  गतवर्ष नै महासंघले सेण्डिकेट तोडेर निकासीमा सहज बनाउने लिखित प्रतिबद्धता ब्यक्त गरे पनि यस पटक पनि अन्य चार सस्था निकासीको लागि तयार रहँदा रहँदै फेरि पुरानै प्रबृत्ति दोहर्याएर नेपाल सुपारी विकास सस्थालाई मात्र दिदा बाँकी किसानहरुको ९ हजार ७ सय ७२ मेट्रिक टन सुपाडी कुहिने अवस्थामा पुगेकोले आन्दोलनमा उत्रन बाध्य भएको स्पष्ट पारेका छन । 
 
पत्रकार सम्मेलनमा  अख्तियार र सर्वोच्च अदालतको आदेश विपरित महासंघका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरु भवानी राणा, दिनेश श्रेष्ठ र पूर्व अध्यक्ष चण्डीराज ढकालसहितकाले ठूलो आर्थिक प्रलोभनमा कार्यसमितिको बैठक नै नबोलाई एउटा सस्थालाई मात्र निकासीको अनुमतिपत्र दिएको आरोप लगाएको थियो । पत्रकार सम्मेलनमा मेची सुपारी तथा फलफुल विकास सस्था झापाका अध्यक्ष खड्गप्रसाद दाहालले किसानको उत्पादन कुहिने बातावरण बनाएर त्यसको ठाँउमा सुपारी तस्करी गर्ने योजना स्वरुप यस्तो काम भएको भन्दै महासंघले बास्तविक किसान र उत्पादक भन्दा पनि तस्करको सस्थाको रुपमा काम गरिरहेको आरोप लगाए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ