arrow

निगमका खड्कालाई उर्जामा लैजान ८ करोडको चलखेल ! प्रचण्डका स्वकीय सचिव चलखेलमा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1720493031.jpeg
काठमाडौं। पेट्रोलियम पदार्थमा अरबौं रुपैयाँको चलखेल गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई जोगाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव चुडामणी खड्का लागि परेका छन्। आपूर्तिमन्त्री गणेशमान पुन र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थाहै नदिईकन स्वकीय सचिव खड्काले आयल निगमका कार्यकारी निर्देशक खड्कालाई बचाउन लागिपरेका छन्। पछिल्लो समय विभिन्न ठाउँमा आर्थिक अनियमितताको आरोप लागेपछि निगमका खड्कालाई उर्जा मन्त्रालयमा सरुवा गर्ने हिसाबले प्रचण्डका स्वकीय सचिव चुडामणी खड्का सक्रिय भएको स्रोतको भनाई छ। आयल निगम डुबाउन सक्रिए भएका खड्कालाई उर्जामा लैजानका लागि प्रचण्डका स्वकीय सचिव खड्काले ८ करोड रुपैयाँको डिल गरेको स्रोतले बताएको छ। 
 
पछिल्लो समय प्रचण्डका स्वकीय सचिव खड्कालाई विभिन्न आर्थिक अनियमिताको आरोप लागेको छ। कहिले पेट्रोलियम पदार्थमा अनियमितता, कहिले आफ्ना साढुभाई (जिसी थरका) संग ठेक्कापट्टा, विभिन्न होटल व्यवसायीसंगको उठबस र शसस्त्र प्रहरीका प्रमुख कोषराज वन्तसंगको सम्बन्धका हिसाबले पनि खड्का निकै आलोचित बनेका छन्। पछिल्लो समय निगम डुबाउने खड्कालाई उर्जामा लैजान आर्थिक चलखेल गरेको आरोप उनीमाथी लागेको छ। साँझ पर्नसाथ प्रचण्ड निवासबाट बाहिरीने खड्का विभिन्न व्यवसायी, सरकारी अधिकारी र आयल निगमका अधिकारीसंग आर्थिक लेनदेनमा सक्रिय हुने गरेका छन्। उनी निकट स्रोतका अनुसार काठमाडौंको सामाखुसीमा उनले सुटुक्क घर जोडेका छन्। 
 
एकीकृत माओवादीका नेता तथा कार्यकर्ताबाट सम्बन्ध टुटाएका खड्कालाई कारबाहीका विषयमा पनि एकीकृत माओवादी भित्र छलफल शुरु भएको छ। नयाँ शक्तिमा लागेका डाक्टर बाबुराम भट्टराईको योजनामा प्रचण्डको सचिवालयमा ल्याइएको आरोप खेप्ने गरेका उनको अहिले पनि भट्टराई पत्नी हिसिला यमीसंग पनि कारोबार हुने गरेको बुझिएको छ। मोटो रकम बुझाएर सभासद् सांसद बनेका ल्यारक्याल लामाले बुझाएको ३५ लाख रुपैयाँ पनि खड्काले पार्टीका प्रभावशालीहरुसँग बाँडेर लिइएको त्यतिबेलै चर्चा थियो। पछिल्लो समय शसस्त्र प्रहरीका प्रमुख वन्त र आयल निगमका प्रमुख गोपालबहादुर खड्का चुडामणीका आम्दानीका स्रोत भएको माओवादी नेताहरुले बताउने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ