arrow

स्याउ खेती गर्ने शाहीलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
Kalikot-hamrakura.jpg.jpeg
कालीकोट । कालिकोट चिल्खाया निवासी बिजा शाही राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारले पुरस्कृत भएका छन् । चिल्खाया ३ कामखेत निवासी शाहीलाई क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले २५ हजार रुपैयाँ नगद पुरस्कारबाट पुरस्कृत गरेको हो । यस अघि शाहीले जिल्लास्तरमा १० हजार राशिको पुरस्कार प्राप्त गरी सक्नु भएको छ । 
 
शाहीले प्राविधिक मापदण्डसहितको १ हजार ४ सय बोट स्याउ रोपेर बगैचा निर्माण गरी व्यवसायिक स्याउ खेती गरिरहेको जिल्ला कृषि बिकास कार्यालय कालीकोटका बरिष्ठ कृषि बिकास अधिकृत सुनिलकुमार सिहले जानकारी दिए । कालीकोटका व्यवसायिक कृषि पेशा अपनाएका किसान क्षेत्रीय स्तरको पुरस्कार पाउन जिल्लाकै गौरव भएको बताए ।  
 
५ कक्षासम्म अध्ययन गरेकी शाहीले स्याउको बगैचा व्यवस्थित रुपमा सञ्चालन गरेकी छन् । अहिले उनको बगैचामा २ हजार ३ सय ५० वोट रहेका छन् । १ हजार ३ सय वोट फलेका छन् । यसपाली पुरै स्याउ १० लाख रुपैयाको ठेक्कामा दिइसकिएको छ । स्याउबाट शाहीले वर्षेनी १० लाख रुपैया भन्दा बढी आम्दानी गर्ने गरेको बताइन् । 
 
शाही सहित सुर्खेतका उमेशकुमार पौडेल, जाजरकोटका सेते बुढा, दैलेखका विष्णुवहादुर शाही र बर्दियाका शर्मा चौधरी पुरस्कृत हुनु भएको छ । पुरस्कृत भएपछि कृषकहरुले आफूहरुले गरेको परिश्रमलाई मूल्याङ्कन गरिएको भन्दै खुसी व्यक्त गरेका छन् ।
 
 क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतमा भएको कार्यक्रमा उहाँहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कार प्रदान गदै क्षेत्रीय कृषि निर्देशक शीवनारायण चौधरीले कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सरकारले वर्षेनी राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गदै आएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ