arrow

विद्युतीय तारबार नगर्दा, जङ्गली जनावरले हिउँदेबाली सखाप पारे

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
417278464.jpeg
कावासोती । चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जङ्गली जनावरले नवलपरासी प्रसौनीका किसानले लगाएको बालीनाली नष्ट गरेको छ । हिउँदको समयमा लगाएका बाली एकसिङ्गे गैंडा र बँदेलले नष्ट गरेपछि किसान हैरान भएका छन् । मध्यवर्ती उपभोक्ता समितिले विद्युतीय तारबार नगर्दा जङ्गली जनावर गाउँ पसेका हुन् । गोसाइकुन्ड मध्यवर्ती उपभोक्ता समितिभित्रको क्षेत्रमा गैंडाको बाक्लो उपस्थिति रहेको छ । यस क्षेत्रमा ३२ एकसिङ्गे गैंडा रहेका छन् । 
 
मध्यवर्ती क्षेत्रसँग जोडिएको प्रसौनी– ८ र ९ वडाका बासिन्दाले लगाएको केरा, तोरी, आलु, गहुँ, बन्दागोभी, काउली, उखुबाली नष्ट गर्दा किसानले उत्पादन लिन नसक्ने अवस्थामा पुगेको अगुवा किसान विष्णु पाण्डेले बताउनुभयो । स्थानीय कमल पाण्डेको दुई बिघाहा क्षेत्रफलमा लगाएको केराखेती गैंडाले माडेर सखाप पारेको छ । दसै र तिहारका समयमा पसाएका केरा गैंडाले फेदबाटै ढालेपछि किसानले लगाएको लगानीसमेत नउठ्ने अवस्थामा पुगेको छ । 
 
चितवन राष्ट्रिय निकुञ्जभित्र प्रर्याप्त घाँसे मैदानको अभावमा गैंडा हरिणलगायतका जनवार चरनका लागि बाहिर निस्कदा किसानको बाली सखाप पार्ने गरेका हुन् । “आँगनमा भएको धानसमेत गैंडाले खाने गरेको छ” पाण्डेले भन्नुभयो । निकुञ्जका जनवारलाई सरकारले घाँसे मैदानको व्यवस्था गरे किसानले दुःख पाउनु नपर्ने उहाँको भनाइ छ । 
 
एकसय किसानको कम्तीमा पाँच कट्ठादेखि दुई बिगाहासम्मको खेती जङ्गली जनावरले नष्ट गरेको छ । यस पटकको केरा, तोरी र आलु खेतीलाई किसानले स्याहार्न नपाउने अवस्था सिर्जना भएको छ । निकुञ्जले त्यसको क्षतिपूर्ति दिनुपर्ने कृषकको माग छ । गोसाइकुन्ड मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष विफल थारुले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यक्रमबाट बालीको क्षतिपूर्ति दिलाउन आफूले पहले गर्ने बताउनुभयो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ