arrow

पहाडी र थारु समुदायलाई झगडा गराउन षडयन्त्र हुदैछ – नेता देउवा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1435769527.jpeg
टेकराज अवस्थी । मंसिर । नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले पहाडी र थारु समुदायलाई झगडा गराउन षडयन्त्र भईरहेको बताउनु भएको छ । सुदूरपश्चिम निर्माणको प्रमुख आधार , कृषि पर्यटन जडीबुटि तथा जलबिद्युतको विकास र बिस्तार भन्ने मूल उद्देश्यका साथ शुरु भएको सुदूरपश्चिमाञ्चल महोत्सव डडेल्धुरामा नेता देउवाले उक्त कुरा बताउनु भएको हो । 
उद्घाटन समारोहमा बोल्दै नेता देउवाले दशगजा क्षेत्र कसैको पेवा नभएकोले आन्दोलन गर्नु भन्दा आफना जायज मागहरुलाई बार्ताबाट छलफल गरेर समस्याको समाधान गर्न आफूहरु तयार रहेकोले जनतालाई दुख नदिन आग्रह गर्नु भयो । 
 
उद्घाटनका प्रमुख अतिथि नेता देउवाले भन्नु भयो सेती महाकालीको आफ्नै बिशेषता र संभावना भएकोले सुदूरपश्चिमलाई अखण्ड राख्दै सबैले एकजुट हुनु पर्ने धारणा राख्दै आफनो तर्फबाट सधै सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष भवानी राणा तथा सभाषद् ज्ञानु गैरेले पनि सुदूरपश्चिम संभावनाको खानी भएकोले समृद्ध नेपालको लागि संबिधानको सफल कार्यान्वयन र आर्थिक क्रियाकलापमा सक्रिय हुन सबैलाइृ आग्रह पनि गरेका थिए ।  
 
उद्योग बाणिज्य संघ डडेल्धुराले सदरमुकामको टुँडिखेलमा आयोजना गरेको यो दोश्रो महोत्सवमा बिभिन्न स्टल राखिएका छन भने घुम्ने चर्खा , मौतका कुवा ,जादुगर , साँस्कृतिक कार्यक्रम लगायत बिभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु महोत्सवका प्रमुख आकर्षण रहेका छन । २०६५ साल पछि आयोजना हुन लागेको दोश्रो महोत्सवमा लघुउद्यम विकास, पर्यटन ब्यापार र पश्चिम सेती जलबिद्युत परियोजनाको प्रचारप्रसार आदीका लागि आयोजना गरिएको प्रबद्र्धनात्मक कार्यक्रमहरुले सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पु¥याउने  विश्वास लिईएको छ । मंसिर ८देखि मंसिर १८ सम्म संचालन हुने महोत्सवमा लाखौं अवलोकनकर्ता आउने अपेक्षा राखिए पनि पुर्वी तराई बन्द र भाररतको अघोषित नाकाबन्दीका कारण कम अपेक्षाकृत हुन सक्ने अनुमान गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ