arrow

मधेस आन्दोलनको राप घटेन, लहानमा बस र कारमा आगजनी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1294287423.jpeg
लहान । तराईमा जारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन मत्थर भएको सरकारी जिकिर औपचारिकतामै सिमित भएको छ । मंगलबार मात्रै सरकारले मधेसमा नागरिक समाजको पहलमा आन्दोलन केही शालिन भएको जिकिर गरेको थियो । सरकारी उद्भोषको केही घण्टा नबित्दै लहान तनाबग्रस्त बन्यो । यस्तै, राति लहान मेनरोड पूर्व बसपार्क नजिक रात्रिबस र एक कारमा आगजनी भएको छ ।
 
आगो लगाउने समूह अज्ञात भनिए पनि आन्दोलनसंगै जोडिएकाहरुले  उक्त हर्कत गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।  ना ५ ख ९४४९ नम्बरको बस र ग १ च ५६३७ नम्बरको मारुती कारमा आगजनी भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । बस र कार बसपार्कमा रोकि राखिएका थिए । हाल सम्म घटनाको जिम्मा कसैले लिएका छैनन् । 
 
 
लहरो तान्दा पहरो खस्यो, ‘स्वास्थ्यकर्मी पिट्ने प्रहरी फस्यो’
 
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था पूर्ण रुपमा ठप्प भएका छन् । आइतबार अस्पतालमै प्रहरीले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको भन्दै अञ्चल अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय पछि अस्पतालमा उपचार गर्न आउने बिरामीको बिचल्ली भएको छ । 
 
सप्तरीको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा ग्रामीण भेगबाट  दैनिक पाँच सयदेखि एक हजार बिरामी उपचार गर्न आउने गरे पनि दुई दिनदेखि अस्पताल बन्द भएका कारण बिरामी रित्तो हात फर्किएका छन् । महँगो मूल्य तिरेर केही विरामीले निजी क्लिनिकमा उपचार गराइरहेका कुरुवाले बताए । 
 
अस्पतालका सम्पूर्ण सेवा ठप्प भएपछि आउने बिरामी थप उपचारका लागि धरान र विराटनगर जानका लागि एम्बुलेन्ससमेत पाउन नसकेको स्थानीयवासी हरि यादवले गुनासो गरे । स्वास्थ्यकर्मीले ल्याब, एक्स–रे, मात्र नभई केही निजी क्लिनिक समेत बन्द गरेका छन् । 
 
स्वास्थ्यकर्मीलाई अस्पतालको हाताभित्रै आइतबार कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न माग गरेर सेवा ठप्प पारेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट दीपा यादवले बताए ।  उनीहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षक र प्रहरी नायब उपरीक्षकलाई निलम्बन नगरेसम्म आन्दोलन फिर्ता नहुने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ