arrow

वित्तीय समावेशीता र भुक्तानी प्रणाली सुरक्षाबारे तीन दिने सेमिनार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
काठमाडौं । सूचना प्रविधि सुरक्षा आकस्मिक पहुँच समूह नेपाल (आइटीसर्ट–एनपी)ले ‘फाइनान्सियल इन्क्लुजन एण्ड पेमेन्ट सिस्टम सेक्युरिटी’ विषयक तीन दिने सेमिनार गर्ने  भएको छ ।  राजधानीमा विहिबारदेखि शनिबारसम्म चल्ने सेमिनारको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्ने कार्यक्रम छ । वित्तीय क्षेत्रमा प्रयोग भएका प्रविधि र त्यसको सुरक्षा प्रणालीका विषयमा सेमिनारमा छलफल हुने आइटीसर्ट–एनपीका अध्यक्ष राजनराज पन्तले बताए । 
 
‘सेमिनारमा वर्तमान पेमेन्ट सिस्टम र त्यसको पूर्वाधारका बारेमा विस्तृत छलफल र अन्र्तक्रिया गर्छौ’ पन्तले भने, –‘नेपालमा बैंक तथा वित्तीय संस्थाले प्रयोग गरिरहेको पछिल्ला प्रविधि र त्यसको सुरक्षा संवेदनशिलताको विषयमा विस्तृत छलफल गर्ने उद्धेश्यले तीन दिने वृहत सेमिनार आयोजना गरेका हौं ।’ 
 
सेमिनारमा इन्टेल सेक्युरिटीले कार्यपत्र प्रस्तुत गर्ने छ । त्यसैगरी, नेपाल राष्ट्र बैंक, विज्ञान मन्त्रालय अन्तर्गतको प्रामाणिकरणको कार्यालय लगायतले पनि प्रगति विवरण प्रस्तुत गर्नेछन् । सेमिनारमा बैंक तथा वित्तीय संस्थामा वर्तमान भुक्तानी प्रणालीमा प्रयोग भएको प्रविधि र त्यसको पूर्वाधार, सीटुजी र बिटुजी भुक्तानी प्रविधि, त्यसका सरोकारवालाले पाउने सुविधा, बैकिङ प्रविधि, क्यासलेश पेमेन्ट सिस्टम, एम–पेमेन्ट, कार्ड सर्भिस तथा फाइनान्सियल इन्क्लुजन र सुरक्षा विषयमा छलफल हुने आयोजकले बताएको छ । 
 
सेमिनारमा सहभागि हुनका लागि विद्यार्थीका लागि ५ हजार, प्रोफेशनलका लागि १५ हजार, कर्पोरेट हाउसका लागि २५ हजार शुल्क तोकिएको छ । सेमिनारमा ५० जना सहभागी हुने तय भएको आयोजकले बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ