arrow

नाकाहरुमा झन् कडाइ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
369217240.jpeg
काठमाडौं। भारतीय पक्षले नेपालसँगको प्रमुख भन्सारनाकामा बिहीबार फेरि कडाइ गरेको छ। नेपालमा सामान आयात हुने प्रमुख भन्सारनाका वीरगन्ज, विराटनगर, भैरहवा, नेपालजन्ज र काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ बोकेका गाडी प्रवेश गरेका छैनन् ।
 
काँकडभिट्टा मेची भन्सार कार्यालयका सूचना अधिकृत दीपेन्द्र झाले दिएको जानकारी अनुसार बिहीबार साँझसम्म पेट्रोलियम पदार्थ बोकेका पाँचवटा ट्यांकर पानीट्यांकीसहित भारतीय भन्सार आइपुगेका छन् । मेची भन्सारबाट जम्मा ७५ वटा मालबाहक सवारी साधन प्रवेश गरेका छन्, जसमा आलु–प्याज, सिमेन्टका क्लिंकरजस्ता सामग्री मात्र थिए।
 
भारत पश्चिमबंगाल न्यू जलपागुडीस्थित डिपोमा ट्यांकर लिएर गएका नेपाली चालह महमद इब्राहिमले भने,‘सहचालकले १५ दिनसम्म तेल पाउने आशामा लजपाइगुडीमा ट्यांकर कुरेर बस्नुपर्यो ।’ नेपालका ट्यांकरका कारण त्यहाँ आवतजावत बन्द हुने अवस्था आएपछि मात्रै भारतीय आयल निगमले त्यहाँ रहेका ३५ वटा ट्यांकरलाई पेट्रोलियम पदार्थ लिएर जान अनुमति दिएको उनले बताए, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ