arrow

भारतीय प्रहरीद्वारा नेपालीलाई गोली

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
इटहरी । सुनसरी जिल्लाको नेपाल–भारत सीमा हरिपुर–७ मा आज बिहान ६ बजे भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाउँदा चार नेपाली घाइते भएका छन् । घाइते हुनेमा अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव छन् ।
 
उनीहरुको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारार्थ ल्याइएको छ । भारतीय विहारबाट सामान लिएर सुनसरीतर्फ आउँदै गर्दा भारतीय सीमा सुरक्षा बल र स्थानीयवासीबीच भनाभन हुँदा गोली चलाइएको हो । अहिले सो क्षेत्र तनावग्रस्त छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ