arrow

छिन–छिनमै पराकम्पन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
266528886.jpeg
काठमाडौं । वैशाख १२ को गोरखा भूकम्प पछि पराकम्पन आउने क्रम अझै रोकिएको छैन । मध्यराति १२ बजेर ४२ मिनेटमा सिन्धुपाल्चोकको बरम्ची नजिकै केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
 
मंगलबार मात्रै चार रेक्टर स्केल माथिका २ पराकम्पन आएका छन् । साँझ पाँच बजे नुवाकोट केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्पन आएकामा फेरि ६ बजेर ९ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्पन आएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि, आइतबार म्याग्दी केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ