arrow

सरकारको फिलतोपनाले संकट अझ लम्बिदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
269945891.jpeg
काठमाडौं । मुलुकको अहिलेको संकट समाधानका लागि सरकारले के गर्छ भन्ने ठोस उपाय दिनु पर्नेमा यस्तो ठोस उपाय र मार्गचित्र स्वेतपत्रमा देख्न पाइएन । दिर्घकालमा के गर्छु भन्ने कुरा भन्दा पनि तत्कालमा के गर्छु भन्ने कुरा अहिले जनताको चासो र मुलुकको आवश्यकताको कुरा हो, तर स्वेतपत्रमा तत्काल के गर्छु भन्ने कुरा सरकारले भन्न सकेजस्तो मलाई लागेको छैन । 
 
दिर्घकालमा गर्छु भनेका कुरा पनि दिर्घकाल सम्म यो सरकार रहने हो की होइन भन्ने शंका प्रशस्त रहेकाले आफुले गर्नु नपर्ने भएकैले गफ मात्रै  दिएको होकी जस्तो देखिएको छ । तत्काल गर्छु भनेको केही नगन्य योजनाहरु पनि व्यवहारका लागु हुन्छ भन्ने कुनै आधार मैले देखेको छैन । राहत दिने कुरा आएको छ, तर कार्यान्व्यन होला की नहोला शंका नै छ । 
 
      अर्थविद् डा.जगदिशचन्द्र पोख्रेल 
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष
मानविय पक्ष त एउटा जटिल पक्ष भएकै छ, त्यस्तै अर्को खतरनाक पक्ष भनेको आर्थिक पक्ष हो । त्यो अहिले त्यति देखिएको छैन, अहिले नदेखिएपछि भित्र भित्र संकट गहिरिदै गएको छ र यस्को असर निकै धेरै बर्षपछि सम्म पर्दछ । नेपालका अधिकाँश उद्योगव्यवसायहरु बन्द छन् । तिनिहरु मध्ये अधिकाँश तराईमा छन, तिनीहरु पुरै बन्द भएका छन् । तत्काल खुल्ने र चल्ने छाँटकाँछ नै छैन । यस्ले अझ ठुलो संकट आउदैछ भन्ने संकेत प्रष्टसंग देखिएको छ । तर त्यसलाई पार लगाउने प्रष्टता भने भएन । 
 
भारतसंगको निर्भरता न्यूनीकरण गर्नका लागि विकल्प खोज्नु दिर्घकालिन कुरा ठिक होला, तर अहिलेको समस्या समाधान गरेपछि मात्रै हो त्यता लाग्ने हो । तत्काल समस्या समाधानको बाटो देखाउन नसक्दा स्वेतपत्रमा केही कुराहरु राम्रै हुदा पनि भाषण मात्रै हो की जस्तो हुन पुग्यो । 
 
तत्काल समाधानको उपाय तिर नलागेर सरकारले अहिले फितलोपन देखाइरहेको छ । सरकारका बस्नेहरुले समाधान गर्ने भन्दा पनि सस्तो लोकप्रियताका लागि चर्को कुरा मात्रै गरेका छन् । उनीहरुको व्यवहारले  त जति दिन बसि ठुलै कुरा गरेर विताउँ भने जस्तो देखाएको छ । समाधान होस् नहोस् लोकप्रिय कुरा नै गरौ, त्यसपछि जे सुके होस भन्ने मानसिकता सरकारी पक्षको पाइएको छ । 
 
मुलुक यस्तो संकटमा रहेका बेला सरकारले यस्तो गैरजिम्मेवार व्यवहार देखाउनु हुदैन । सयदिन सम्म त सरकार परिवर्तनको विषयमा कसैले प्रश्न उठाउदैन भन्ने बेला होईन अहिले । अरुबेला जस्तो समय अहिले नभएकाले सय दिनको त के सय मिनेट पनि पर्खेर बस्ने अवस्था छैन । 
 
त्यसैले जे भइरहेको छ ढिलो भइरहेको छ । छिटो समाधान खोज्नु पर्दछ, स्वेतपत्रमा छिटो समाधानको कुरा आउनु पर्दथ्यो, यसले मुलुकलाई अझ खतरा तर्फ लैजाने स्पष्ट भएको छ । (डा. पोखरेलले हाम्राकुरासंग गरेको कुराकानीमा आधारित) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ