arrow

नेपालको विषयमा भारतीय संसदमा आवाज उठाउँदै भारतीय दल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
386465139.jpeg
काठमाडौ । अघोषित नाकाबन्दीको कारण नेपालमा उत्पन्न मानवीय संकटको विषयमा बिहीबारबाट भारतको तल्लो सभा र राज्यसभामा कुरा उठाउने भएका छन ।  नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा भारतीय राष्ट्रबादी काग्रेसका महासचिव डीपी त्रिपाठीले भने,‘ भोलीबाट भारतमा तल्लो सभा र राज्यसभाको अधिवेशन सुरु हुँदैछ हामी त्यहाँ नेपालमा उत्पन्न समस्याको विषयमा विशेष कुरा उठाउँछौ ।’

उनले भाकपा (माक्र्सबादी), भाकपा (माले) र जनता दल यूनाईटेड विच नेपालको समस्या समाधानको विषयमा कुरा उठाउने निर्णय नै भईसकेको र काग्रेस आईसँग यो विषयमा कुराकानी भईरहेको भन्दै संसदमा नेपालको समस्यालाई जोडदार रुपमा उठाउने बताए ।  त्रिपाठीले नेपालमा जारी अघोषित नाकाबन्दी हटाउन, औषधीको अभावले उपचार गराउन नपाईरहेको समस्या तत्काल अन्त्य गर्न र नेपालमा ईन्धन लगायतका अत्यावश्यकीय बस्तु आपूर्तिमा अवरोध नगर्न भारत सरकारलाई सचेत गराउने बताए । 

नेपालमा परकोको समस्याले आफूहरुलाई पनि चिन्तित बनाएको भन्दै यो विषयमा संसदसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुराकानी गर्ने प्रतिबद्धता ब्यक्त गरे ।  उनले नेपालमा बनेको संविधानलाई भारतले स्विकार गर्नुको कुनै कारण नभएको भन्दै भारतले यसलाई स्विकार गर्नु पर्ने बताए । 

उनले नेपालमा जारी भएको संविधान आवश्यकता र परिस्थिति अनुसार संसोधन गर्दै अघि बढ्न सकिने भन्दै भारतसहित संसारमा कतै पनि संसोधन नगरी अगाडि बढ्न नसकेको उदाहारण प्रस्तुत गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ