arrow

विद्युत् खपत कम गर्न प्राधिकरणको आग्रह

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1996025574.jpeg
भक्तपुर । इन्धन अभावका कारण विद्युत् खपत अत्यधिक बढेपछि लोड धान्न नसक्दा ठाउँठाउँका ट्रान्सफर्मर जल्न थालेका छन् । विशेषगरी साँझको समयमा उपभोक्ताले बढी विद्युत् खपत गर्दा ट्रान्सफर्मर र कालो तार जल्न थालेको भन्दै प्राधिकरणले आज विद्युत् खपत कम गर्न उपभोक्तालाई आग्रह गरेको हो । 
 
नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखा अन्तर्गतको क्षेत्रमा चारवटा र ठिमी शाखा अन्तर्गतको क्षेत्रमा दुईवटा ट्रान्सफर्मर जलेका छन् । विद्युत् प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले बिहानभन्दा साँझको समयमा विद्युत्को खपत बढी हुने भएकाले साँझ ट्रान्सफर्मर र कालो तारसमेत जल्ने गरेको बताउनुभयो । 
 
एकैपटक बढी विद्युत् खपत हुने भएपछि लोड धान्न नसक्दा ट्रान्सफर्मर जल्ने, फ्यूज जाने गरेको उहाँको भनाइ छ । यसले पटक-पटक बत्ती निभ्ने गरेकाले स्थानीयवासीले नियमित विद्युत् आपूर्तिको माग गर्दै प्राधिकरणमा आउने गरेका छन् । विशेष गरी भक्तपुरको व्यासी, कालीघाट, सूर्यबिनायक, सुन्दर बस्ती, सल्लाघारी, पाण्डुबजार, कटुञ्जे, खौमालगायत क्षेत्रमा विद्युत् बढी खपत हुँदा बत्ती निभिरहने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ